Connect with us
Advertisement

मधेशको बजेट विवाद : २९४ पृष्ठको योजना संसद् छलेर ल्याएको प्रतिपक्षको आरोप

Published

on

मधेश प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल नहुँदै (आज) सोमबार पारित गराउने तयारी छ। बजेटको त्रुटिमाथि छानबिन गर्न बनेको कार्यदलमा मतभेद देखिएपछि भंग भइसकेको छ । छानबिन कार्यदलमा रहेका प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले सरकारले संसद् छलेर ५ अर्बभन्दा बढीको योजना ल्याएको आरोप लगाएका छन्।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलका अनुसार सरकारले संसद्‌मा प्रस्तुत गरेको बजेट पुस्तिका ४६१ पृष्ठको मात्र थियो। तर, पीएलआइएमएसमा ७५५ पृष्ठसहितको योजना लक भएको छ। त्यसअधारमा सरकारले २९४ पृष्ठको योजना संसद् छलेर ल्याएको सांसद कनिशको आरोप छ ।

‘कार्यदलले अर्थ मन्त्रालयको कर्मचारीसँग पीएलआइएमएसमा लक भएको र संसद् छलेर ल्याएको २९४ पृष्ठमा कति योजना छ ? कति रकम बराबरको छ ? माग गर्दा दिइएन,’ उनले भने,‘सरकारले छानबिन नहोस् भनेर सुरुदेखि लागेको थियो। कर्मचारीलाई पनि त्यही अनुसारको निर्देशन दिएको छ ।’

उनका अनुसार कार्यदलले रेडबुकमा भए/नभएको योजनामाथि छलफल गरेको थियो । प्रतिपक्ष दलका सांसदहरुले रेडबुकमा नभएको योजनाहरु खारेज गर्न माग गर्दा सत्तापक्षका सांसदहरुले नमानेपछि कार्यदल भंग भएको छ । ‘सरकारले बजेट आफ्नो हिसाबले बनाउँछन् । त्यसमा हाम्रो केही छैन,’उनले भने,‘तर, संसद्लाई छलेर ल्याउनु भएन। यो सांसद्संग मात्रै होइन, जनतासंगको धोका हो ।’

राप्रपाका सांसद कञ्चन विच्छाले सरकारले चोरबाटो अपनाएको बताइन् । सरकारको नियत सुरुवातदेखि नै शंकास्पद देखिएको उनको भनाइ छ । ‘सुरुमा सरकारले कार्यदल नै बनाउन चाहेन। बनाएपछि जोमाथि आरोप छ, उसैलाई कार्यदलमा राखियो,’ उनले भनिन्,‘प्रतिपक्षको खबरदारीपछि सरकार ब्याक त भयो । तर, निष्पक्ष रुपमा काम गर्न दिएन। बहुमतको दम्भ देखायो ।’

जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक रामअशिष यादवले आजको बैठक बहिष्कार गर्ने तयारी भइरहेको बताए । ‘सरकारले बहुमतको आडमा प्रतिपक्षलाई हेप्न खोजेको छ । हामी शान्तिपुर्ण रुपमा विरोधको तयारी गरिरहेका छौं । तर, सरकारले प्रहरी प्रशासन अहिलेदेखि राखेर तर्साउन खोजेको छ,’ उनले भने,‘सरकारले कानूनलाई धज्जी उडाएर, जनताको राजस्वको दुरुपयोग गरेर बजेट ल्याएको छ । र, त्यही बजेट पास गराउन चाहेको छ ।’

प्रतिपक्षले निरन्तर प्रदेश सभा बैठक अवरुद्ध गरेपछि सरकारले गत शुक्रबार सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो । त्यसमा सत्तापक्षबाट भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यदलमा राखेपछि प्रतिपक्षले अवरुद्ध गर्दै आएको थियो । त्यसपछि कार्यदल संयोजक सभामुख मण्डलले राजीनामा दिएपछि उपसभामुख नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाइएको थियो । उक्त कार्यदलमा उपसभामुख संयोजक, सत्तापक्षको सात र प्रतिपक्षको ६ जना सांसद रहेको थियो ।

उपसभामुख बबिता राउत ईशरको संयोजक, कार्यदलको सदस्यहरुमा मो. समीर, शारदा देवी थापा, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रामअशिष यादव, कनिष पटेल, जवाहरलाल कुशवाहा, विमला अन्सारी तरन्नम, कञ्चन विच्छा, उर्मिला देवी सिंह रहेका थिए ।

आज (सोमबार) विहान ८ बजे नै प्रदेशसभा बैठक आहृवान गरिएको थयो । तथापी ९ बजेर ४५ मिनेट सम्म बैठक सुरु भएको छैन् । आज मधेश प्रदेशसभामा विनियोजन विधेयक अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गर्ने, आर्थिक विधेयकमाथि प्रस्ताव गरियोस भने पेश गर्ने, आर्थिक विधेयकमाथि छलफलमा उठेको प्रश्नको जवाफ दिने र आर्थिक विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक