Banner
मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी पाठ्यक्रम’ लागू
पूर्वी नवलपरासीस्थित मध्यविन्दु नगरपालिकाले आधारभूत तहमा ‘हाम्रो खुसी पाठ्यक्रम’ लागू गरी पठनपाठन सुरु गरेको छ ।
भारतको दिल्लीमा सञ्चालन भइरहेको खुसी पाठ्यक्रम नेपालका विद्यालयमा पनि लागू गर्ने कार्य प्रारम्भ गर्ने मध्यविन्दु पहिलो नगरपालिका बनेको हो । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार दिएको छ । सोहीअनुसार स्थानीय पाठ्यक्रमकै रूपमा ‘हाम्रो खुसी पाठ्यक्रम’ लागू गरिएको मेयर भीमलाल अधिकारीले जानकारी दिए ।
२०८१ साउनदेखि कक्षा १ देखि ८ सम्म लागू गरिएको सो पाठ्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकमा व्यवहारिक र सकारात्मक प्रभाव परेको उनले बताए । मानव मूल्य मान्यता, व्यवहार, प्रकृति, संस्कार, संस्कृति, आनीबानी आदिलाई समेटेर पाठ्यक्रम तयार पारिएको छ ।
नगरपालिकाभित्र सामुदायिक र निजी गरी ६५ वटा विद्यालयमा पहिलो घण्टीमा हरेक दिन ३० मिनेट सो विषयको पठनपाठन हुने गरेको छ । गण्डकी प्रदेश सरकारले पनि सो पाठ्यक्रमलाई नवपरिवर्तन कार्यक्रममा समेटेको छ । २०८१ भदौको पहिलो साता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पाठ्यक्रमको शुभारम्भ गरेकी थिइन् ।
मध्यविन्दुले सो पाठ्यक्रम लागू गरेपछि कास्की, स्याङ्जालगायत जिल्लाका स्थानीय तहहरूले पनि ‘हाम्रो खुसी पाठ्यक्रम’प्रति चासो देखाएका छन् । असल, सजग, नैतिकवान र इमानदार नागरिक तयार पार्ने उद्देश्यले सो पाठ्यक्रम लागू गरिएको मेयर अधिकारीले बताए ।
विद्यार्थीका लागि भने ‘हाम्रो खुसी पाठ्यक्रम’को पाठ्यपुस्तक छैन । शिक्षकका लागि पाठ्यक्रमअनुसार हाते पुस्तक तयार पारिएको छ । विद्यालयमा सो विषय पठनपाठन गराउन स्रोत शिक्षक चयन गरिएका छन् ।
शिक्षा महाशाखाका प्रमुख उपसचिव पद्मराज आचार्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार स्थानीय पाठ्यक्रमकै रूपमा ‘हाम्रो खुसी पाठ्यक्रम’ तय गरिएको जनाए । बालबालिकामा ज्ञान, सीप, मानव मूल्य मान्यता, बानी, व्यवहार, आचरण परिवर्तन तथा सकारात्मक सोचको विकास गर्न पाठ्यक्रमले सहयोग पुर्याउने उनले बताए । सो विषयको परीक्षा र मूल्याङ्कन भने नहुने व्यवस्था गरिएको छ ।
नगरपालिकाले पाठ्यक्रम कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्न पाठ्यक्रम विकास तथा अनुसन्धान केन्द्रसमेत स्थापना गरेको छ । कक्षा १ देखि ८ सम्मका बालबालिकामा सकारात्मक प्रभाव परेको भन्दै कक्षा ९–१० मा पनि लागू गर्न विद्यार्थी र अभिभावकले माग गरेका छन् भन्ने ‘हाम्रो खुसी पाठ्यक्रम’ कार्यक्रम संयोजक लक्ष्मी पाण्डेले बताइन् ।
यसअघि नगरपालिकाले ‘हाम्रो मध्यविन्दु’ स्थानीय पाठ्यक्रम लागू गरे पनि त्यसको पूरकका रूपमा ‘हाम्रो खुसी’ पाठ्यक्रम लागू गरिएको जनाइएको छ । देशभरका स्थानीय तहहरूले आफू अनुकूल स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्दै आएका छन् ।
Facebook Comment
Banner
एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
एनपीएलका अघिल्ला दुई संस्करणमा पोखराले सुदूरपश्चिमसँग दुवै खेल गुमाएको थियो । आजको खेलमा पोखरा इतिहास बदल्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम भने पोखरालाई हराएर आफ्नो यात्रा अघि बढाउने योजनामा छ ।
सुदूरपश्चिमको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । अन्य खेलाडीहरुमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दिपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल रहेका छन् ।
यस्तै विदेशी खेलाडीहरुमाशेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन छन् ।
यसैगरी, पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेलले सम्काल्ने छन् । अन्य खेलाडीहरुमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य छन् ।
यस्तै, शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनन्जय लक्षण रहेका छन् ।
आठ टोली सहभागि प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login