अर्थ
मनकारी घरधनीः होटल व्यवसाय गर्नेलाई दिए २ महिनाको भाडा छुट
इटहरीः इटहरीको बसपार्कमा खोटाङ दिक्तेल होटल तथा गेस्ट हाउस चलाउने प्रताप राईलाई लकडाउनले समस्यामा पारेको थियो ।
लकडाउनका कारण गेस्ट हाउस पूर्ण रुपले प्रभावित भएको अवस्थामा लकडाउन अझै लम्बिन सक्ने अनुमान हुन थालेपछि घरभाडा कसरी तिर्ने भन्ने पीर उनलाई थियो । तर, यही बीचमा मनकारी घरधनीले २ महिनाको घरभाडा छुट दिने सुनाएपछि उनी औधी खुशी भए ।
भारतीय सेनाका अवकाशप्राप्त सैनिक गम्भीरजंग राईले आफ्नो घरमा होटल व्यवसाय गर्ने २ जना व्यवसायीलाई २ महिनाको भाडा छुट गरेका हुन् । भाडा छुट दिनुको कारण सोध्दा विपत् परेको बेलामा आफूले सकेको सहयोग गरेको उनले बताए ।
आफ्नो घरमा ०६८ सालदेखि होटल सञ्चालन गर्ने व्यक्तिलाई अहिले लकडाउनले समस्या परेको बेला सहयोग गर्ने मनसायले आफूले सहयोग गरेको उनको भनाइ छ । उनले ३ ओटा फ्ल्याट भाडामा लगाएका थिए । होटल सञ्चालकले आफूसँग भाडा छुटको प्रस्ताव नगरे पनि आफूले स्वतःस्फूर्त रुपमा छुट दिएको उनी बताउँछन् ।
‘दानजस्तो वा सहयोगजस्तो केही काम गरौँ भनेर हो’, टेलिफोन सम्पर्कमा घरधनी राईले भने, ‘मरेर त सबै गइने नै हो तर सकेको बेलामा आफूले सहयोग गरौँ भनेर छुट दिएको हो । आफूलाई परेको बेला पनि यस्तो सहयोग पाइएला भन्ने विचार आएर छुट दिएको हुँ ।’
अरु घरधनीलाई पनि भाडा छुट गर्नुपर्छ भनेर आफूले भनेको उनको भनाइ छ । ‘उनीहरु यही व्यवसायको भरमा छन् । यस्तो बेलामा उनीहरुलाई बाँच्न गाह्रो छ’ भनेर सल्लाह दिएको तर अरुले खासै सकारात्मक प्रतिक्रिया आफूलाई नदिएको उनको भनाइ छ । आफ्नो घरमा सञ्चालनमा रहेका २ ओटा होटलका सञ्चालकलाई चैत र बैशाख महिनाको घरभाडा छुट गरेको उनले बताए ।
यस्तो बेलामा सहयोग पाउँदा खुशी लागेको खोटाङ दिक्तेल होटल एण्ड गेस्ट हाउसका सञ्चालक प्रताप राईले बताए । ०६८ सालदेखि होटल व्यवसाय गरिरहेका राईले मासिक ३५ हजार रुपैयाँ भाडा तिर्दै आएका थिए । भाडा छुटको लागि आफूले अनुरोध नगरे पनि २ महिनाको भाडा छुट पाउँदा खुशी लागेको उनले टेलिफोन सम्पर्कमा सुनाए । संकटको बेलामा सबै घरधनीले व्यवसायीको पीरमर्का बुझेर व्यवसायीलाई सहुलियत दिनुपर्ने उनको भनाइ छ ।
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली संघले औपचारिक रुपमा घरधनीलाई भाडा छुट दिन अनुरोध नगरे पनि अनौपचारिक रुपमा भने अनुरोध गरिएको बताउँछन् । संकटको बेलामा सबै घरधनीले व्यवसायीलाई सहयोग गर्नुपर्छ भनेर भेटघाट तथा फोन सम्पर्कका क्रममा भनेको उनले बताए ।
२ महिनाको घरभाडा छुट दिने ती घरधनीको निर्णयको स्वागत गर्दै अध्यक्ष पराजुली अब भने अरु घरधनीले पनि बिस्तारै छुट दिने विश्वास आफूले लिएको बताउँछन् ।
Facebook Comment
Banner
इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन
इटहरी– इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’को उद्घाटन गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा गरिएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन र कार्यक्रमको डिजिटल ब्यानर क्लिक गरी उनले मेलाको समुद्घाटन गरेका थिए।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।उद्घाटन समारोहमा उद्योग मन्त्री दिपककुमार साह, मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि तथा कोशी प्रदेश सरकारका सांसदहरूको सहभागिता थियो।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।
आज दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।


Banner
इन्द्रपुर सहकारीको २६औँ साधारणसभा सम्पन्न, २७ करोड बढी पुँजी
मोरङको सुन्दरहरैँचा–९ स्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
इन्द्रपुर जेसीजको भवनमा संस्थाका अध्यक्ष गोपालप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं रहनुभएको थियो।
साधारणसभामा अध्यक्ष पौडेलले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार संस्थाको कुल पुँजी २७ करोड २१ लाख ९ हजार ८२२ रुपैयाँ रहेको छ भने कुल सम्पत्ति २७ करोड २९ लाख ९ हजार ८२२ रुपैयाँ पुगेको छ।
कार्यक्रममा नगरप्रमुख गुरागाईंले सहकारीका सदस्यहरू संस्थाको गतिविधि, लगानी तथा आर्थिक अवस्थाबारे नियमित रूपमा सचेत र जागरुक हुनुपर्ने बताउनुभयो। केही सहकारीमा समस्या देखिनुको एउटा कारण सञ्चालकलाई मात्रै जिम्मेवार ठानेर सदस्यहरूले संस्थाका गतिविधिप्रति पर्याप्त चासो नदिनु पनि रहेको उहाँले बताउनुभयो।
इन्द्रपुर सहकारीका सदस्यहरूले संस्थाको लगानी कहाँ र कस्तो अवस्थामा रहेको छ भन्नेबारे समय–समयमा जानकारी लिनुपर्नेमा उहाँले जोड दिनुभयो।
साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८३/०८४ का लागि कार्यक्रम तथा बजेट पारित गरेको छ।
उत्कृष्ट विद्यार्थी तथा सदस्य सम्मानित
साधारणसभाका अवसरमा संस्थाले विभिन्न विधामा सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
इन्द्रपुर सहकारी छात्रवृत्ति कोषमार्फत २०८२ सालको प्लस टु परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको हो।
सामुदायिक विद्यालयतर्फ जेसिका सुवेदी र बद्री सुवेदी तथा संस्थागत विद्यालयतर्फ प्रज्वल रेग्मी र शर्मिला कार्की पुरस्कृत भएका छन्।
यस्तै, असल ऋणीका रूपमा कमला घिमिरे, गोविन्दबहादुर कार्की, शोभा इजम र रुद्रप्रसाद ढकाल तथा असल बचतकर्ताका रूपमा दिपा न्यौपाने, खेमराज श्रेष्ठ, उर्मिला चौहान र शिवप्रसाद सुवेदीलाई सम्मान गरिएको छ।
अनुशासित शेयर सदस्यका रूपमा शान्ता आचार्यलाई सम्मान गरिएको छ। ज्येष्ठ सदस्यतर्फ मोहनबहादुर भण्डारी, प्रेमप्रसाद काफ्ले, वीरबहादुर खलाल, भीमप्रसाद ढकाल र यममाया थापा सम्मानित भएका छन्।
त्यसैगरी कनिष्ठ सदस्यका रूपमा अपेक्षा तिम्सिना तथा उत्कृष्ट कर्मचारीका रूपमा सविता ढकाललाई सम्मान गरिएको संस्थाले जनाएको छ।
साधारणसभामा लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक गंगाराम फुँयलले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संस्थाका सचिव सन्तोष वान्तवाले सञ्चालन गर्नुभएको थियो।
सुन्दरहरैँचाका अग्रणी सहकारी संस्थामध्ये रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारीले वित्तीय सेवा तथा सदस्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login