Banner
मनसुन भित्रिइसक्यो, अझै बनेनन् पहिरो र अग्निपीडितका घर
रास्कोट, कालिकोट) — पहिरोले घर बगाएको तीन वर्ष पुग्न लाग्दा पनि तिलागुफा-४ राँचुलीका टोपबहादुर शाहीको घर अझै बन्न सकेको छैन । सरकारले घर बनाइदिने आशामा रहेका टोपबहादुर दुई वर्षसम्म गाउँमै बसे । तर, कुनै छाँटकाँट नदेखेपछि हाल ४ छोरोछोरी सुर्खेतमा छाडेर ज्याला मजदुरीका लागि भारतको बेंग्लुरु छन् ।
ज्यालामजदुरी गरेर सुर्खेतमा रहेका छोराछोरीलाई खर्च पठाउँछु । सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका उनले कान्तिपुरसँग भने, ‘सरकारले ढाँट्यो मात्र ।’ कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतले राँचुली पुगेर पीडितका घर प्रदेश सरकारले बनाइदिने आश्वासन दिएको सुनाए ।
पहिरोले घर बगेपछि राँचुलीकै ६३ वर्षीया काली शाहीको परिवार छिमेकी धनरूप थापाको घरमा बस्न थालेको ३ वर्ष पुग्न लाग्यो । उनको घर बन्ने अझै सुरसार छैन । टोपबहादुर र कालीको जस्तै अवस्था राँचुलीकी रत्ना शाहीको छ । ‘बुढेसकालमा अर्काको गोठमा बसेकी छु,’ उनले भनिन्, ‘दुई छोरा पनि मसँग बस्दैनन् ।’
०७९ को पहिरोले घर भत्किएका जिल्लाका अधिकांश पीडितको घर बनेको छैन । घर बनाउने कार्यविधिअनुसार स्थानीय तहले काम नगर्दा पीडित मर्कामा परेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ नारायणप्रसाद भट्टराईले बताए । मापदण्डअनुसार स्थानीय तहले लगत राख्ने सिफारिस गर्ने र आफ्नो तर्फबाट लागत साझेदारी गर्नुपर्ने रकम पनि उपलब्ध नगराएको गुनासो छ । उनले भने, ‘जिल्लाभरको अवस्थाबारे सोधीखोजी गर्दैछौं ।’
त्यस्तै, गत वर्षको कात्तिक पहिलो साता आगालागीबाट क्षतिग्रस्त तिलागुफा-६ जुबिथा गाउँका ३ घरका २६ परिवार अझै अर्काको घरगोठमा बस्न बाध्य छन् । सरकार र संघसंस्थाले त्यति बेला केही खाद्यान्न र लत्ताकपडा दिएका थिए ।
०७७ साउन १२ गते रातिको पहिरोले पति जयबहादुर शाहीसहित ५ जना आफन्त गुमाएकी रास्कोट-१ की ४९ वर्षीया वृहस्पति शाहीका आँखा नरसाएको दिन छैन । पहिरोमा उनका पतिसहित दुई छोरा, एक छोरी र पाहुना आएकी भदैनी बेपत्ता भएका थिए ।
भारतको मुम्बईमा ज्यालामजदुरी गर्न गएका दुई छोरा भेट्न र ग्यास्ट्रिकको उपचार गर्न माघमा त्यता गएकी उनी पतिसहित ३ छोराछोरी पहिरोमा बेपत्ता भएपछि घर फर्किइन् । पहिरोमा आफन्त गुमाएको पीडासँगै गाँस र बासको समस्याले उनी थलिएकी छन् । ‘न खाने गाँस छ, न बस्ने बास,’ उनी भन्छिन्, ‘फेरि वर्षा सुरु भयो । बस्नकै चिन्ता हुन थालिसक्यो ।’
उनकी जेठी बुहारी गीताको माइती यही गाउँमा भएकाले उनीहरुका माइतीले दिएको जग्गामा उनी टिनको छाना बनाएर अस्थायी रूपमा बसिरहेकी छन् । चिसो भुइँ र टिनको छाप्रोमा हिउँद कटाउन उनको परिवारलाई कठिन छ । कर्णाली प्रदेश सरकाले बस्ने घर बनाइदिने आश्वासन दिए पनि कुनै सहयोग नगरेको उनले गुनासो पोखिन् । कर्णाली सरकारले पहिरोमा ज्यान गुमाएका नागरिकका लागि बनाइदिएको विपद् बिमा बापतको दुई लाख रुपैयाँ अझै पाएका छैनन् ।
पहिरोले घरबास गुमाएका यहाँका बासिन्दाको चिसोले बिचल्ली भएको छ । पहिरोले घर बगाएपछि पहिरोपीडित परिवार अरुको गोठ, टिनको छाप्रोमा बस्दै आएका छन् । ‘आजसम्म त जेनतेन दिन कटे,’ पलाता-४ कहरदेवका कपुरे दमाईले भने, ‘बर्खा लाग्यो कि पहिरोकै डर हुन्छ ।’
५१ गाउँबस्ती जोखिममा
कालीकोटको पहिरोले यहाँका ९ वटै स्थानीय तहका ५१ वटा बस्ती जोखिममा छन् । सबैभन्दा बढी नरहरिनाथका १३ बस्तीका ५ सय घर पहिरोको जोखिममा छन् ।
०७९ मा सबैभन्दा बढी तिलागुफाका नागरिकले ज्यान गुमाएका थिए । मलामी गएका राँचुलीका १३ जना पहिरोमा परेर बेपत्ता भए । टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्ला लगायतका बस्ती पहिरोको जोखिममै रहेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए ।
यहाँको रास्कोटका ११, सान्नीत्रिवेणीका ७, खाँडाचक्रका ७, शुभकालिकाका ३, महाबैका ५, पचालझरना र पलाताका ३/३ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख छ । ती बस्तीका नागरिकहरू बेलुकी पानी परेका बेला घरमा बस्न सक्ने अवस्था छैन । कतिपय पाल टाँगेर बस्ने गरेका छन् भने कतिपय आफन्तको घरमा सुत्न जाने गर्छन् ।
यहाँको जिल्ला विपद् व्यवस्थापन समितिले कालीकोटमा बाढी, पहिरो, खडेरी, भीरबाट ढुंगा खस्ने र चट्याङलाई प्रमुख विपद्को रुपमा लिएको सहायक प्रजिअ जनक शर्माले बताए । ‘विपद् कतिखेर आउँछ भन्ने त थाहा हुँदैन,’ उनले भने, ‘पूर्वतयारी गर्नसके क्षति कम गर्न सकिन्थ्यो ।’ खोज तथा उद्धार जनशक्ति र उपकरण, स्रोत साधन नहुँदा तत्काल राहत र उद्धारका काम गर्न कठिनाइ हुने गरेको उनले सुनाए ।
मनसुनजन्य विपद्बाट बच्न यहाँको जिल्ला प्रशासनले विपद् पूर्वतयारी तथा प्रतिकाकार्य योजना निर्माण गरेर प्रकाशन गरे पनि स्थानीय तहमा यस्ता योजना बनेका छैनन् । कतिपय स्थानीय तहमा विपद् कोष भए पनि परिचालनबारे स्पष्ट मापदण्ड नहुँदा रकम खर्च गर्न पनि कठिनाइ छ ।
खोज तथा उद्धार अभ्यास
कालीकोटमा विपद्बाट बच्न खोज तथा उद्धार नमुना अभ्यास गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा रेडक्रस, किर्डाक नेपाल, हुरेन्डेक, आएएनएफ, सहासलगायत विपद्को क्षेत्रमा काम गर्ने संघसंस्थाले सदरमुकाम मान्मसहित नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोटलगायतका स्थानीय तहमा नमुना अभ्यास गरेका हुन् । रेडक्रस, सशस्त्र प्रहरी र नेपाली सेनाले नमुना अभ्यासको सहजीकरण गरेको जिल्ला विपद् व्यस्थापन समितिका सदस्य प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताए ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login