Connect with us
Advertisement

महिला सेवा समाजले गर्याे ज्येष्ठ नागरिकलाई सम्मान

Published

on

विराटचोकः मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा रहेको महिला सेवा समाजले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला प्रमुख अतिथि तथा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिविप्रसाद ढकाल विशिष्ट अतिथि रहेका थिए । नेपाली काङ्ग्रेस सुन्दरहरैँचा नगर सभापति कृष्णबहादुर लिम्बू, नेपाल महिला संघ क्षेत्रीय सभापति कमलादेवी अधिकारी, नेपाल महिला संघकी मुना गजुरेल र अनिता ज्ञवाली, सहकारीकर्मी श्यामकुमार आचार्य, समाजसेवी कृष्णप्रसाद बास्तोला, हरि पौडेल, कृष्ण लामिछानेलगायत उपस्थित थिए ।

प्रमुख सङ्ग्रौलाले संस्थाले आयोजना गरेका हरेक कार्यक्रममा आफूले सक्ने जुनसुकै सहयोग गर्न पछि नपर्ने बताए । महिला समाजकै शक्ति भएकाले महिलाले हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका अवलम्बन गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

नगरप्रमुख शिवप्रसाद ढकालले संस्थाले गर्ने हरेक गतिविधिमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । समाजकै निम्ति हरपल लागिपरेका हरेक संघ संस्थालाई सहयोग गरेको उनको भनाइ थियो । विभिन्न सीपमूलक तालीम, गोष्ठी, अन्तरक्रिया आदि गतिविधि गरेर समाजमा परिणाम देखिने गरी काम गर्न र नगरभरी एउटा छुट्टै पहिचान कायम गर्दै उत्कृष्ट संस्थाका रूपमा संस्था देखा पर्न सकोस् भनी उनले शुभकामना दिए ।

महिला नेतृ मुना गजुरेलले समाजमा महिलाको अहम भूमिका र नेतृत्व अपरिहार्य भएको उल्लेख गर्दै हरेक संघ संस्थामा महिला स्वयं जागरुक भएर अगाडि बढ्न सक्नुपर्ने बताइन् ।

महिला नेतृ कमलादेवी अधिकारीले महिलाले चाहे असम्भव केही नभएको बताउँदै महिलाबाट मात्रै राष्ट्रहित र विकास सम्पन्न हुने बताइन् । नारी सृष्टिकर्ता भएकाले नारीको उपस्थितिबिनाको समाजको कल्पनै गर्न नसकिने उनको भनाइ थियो ।

कार्यक्रममा सहकारीकर्मी श्यामकुमार आचार्यले पनि आफ्नो धारणा राखेका थिए ।

संस्थाकी अध्यक्ष मञ्जु रेग्मीले सबै महिला साथीहरूको सहयोगमा धेरै दुःखले संस्था स्थापना गरेको स्मरण गर्दै समाजसेवाका क्षेत्रमा रातदिन नभनी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नगरभरी परिणाम देखिने गरी महिलाका क्षेत्रमा काम गर्न आफू तयार रहेको उनको भनाइ थियो । आफू व्यक्तिगत भन्दा पनि समाजका निम्ति हरपल सोच्ने भावना र रूचिबाट अभिप्रेरित भएकी हुनाले आफ्नो जीवन नै समाजका निम्ति अर्पण गरेको उनले बताइन् ।

कार्यक्रममा सो समाजका १० जना ज्येष्ठ नागरिकलाई खादा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक