Banner
माओवादी केन्द्रद्वारा जिल्ला तथा पालिका र जनवर्गीय संगठनमा जिम्मेवारी हेरफेर
विराटनगरः नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश समितिले केही जिल्लामा जिल्ला सह इन्चार्जहरु, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको छ ।
कार्यविभाजन अनुसार भोजपुर जिल्ला समन्वय समितिको सहइन्चार्जमा राजेश खतिवडा, धनकुटा सहइन्चार्जमा डिल्लीराम राई, सुनसरी सहइन्चार्जमा योगेन्द्रप्रसाद मण्डललाई जिम्मेवारी दिइएको छ । यस्तै सुनसरीको संयोजकको जिम्मेवारी भने सुरेन्द्र मेहतालाई दिइएको छ । उदयपुर निर्वाचन क्षेत्रीय समन्वय समितिको संयोजकमा भगवती खनाललाई मनोनयन गरिएको छ ।
माओवादीले जनवर्गीय संगठनहरूको जिम्मेवारी पनि तोकेको छ । वाइसिएल प्रदेशको इन्चार्जमा कुलप्रसाद साम्बा, सहइन्चार्जमा जीवन आचार्य, आदिवासी जनजाति महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा मुक्साहाङ मेन्याङ्बो, सहइन्चार्जमा नारायण बुर्जामगर, पेशागत महासंघ, नेपाल र सम्बद्ध संगठनको इन्चार्जमा सुशीला घिमिरे, सहइन्चार्जमा कल्पना कार्की, अखिल नेपाल टे«ड युनियन महासंघ र सम्बद्ध संगठनहरुको इन्चार्जमा हेम कार्की, सहइन्चार्जमा भुपाल सापकोटा, भानु मैनाली, ओपेन्द्र राय तथा उद्योग व्यवसायिक संगठन र सम्बद्ध संगठनहरुको इन्चार्जमा टंक गिरी र सहइन्चार्जमा द्रोणप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ ।
जनसांस्कृतिक महासंघको इन्चार्जमा शम्भु राई, नेपाल कानुन व्यवसायी संगठनको इन्चार्जमा मोहनबहादुर खत्री, दलित मुक्ति संगठनको इन्चार्जमा खेम सुन्दास र सहइन्चार्जमा धनमाया विक तथा विशाल रसाइली तोकिएका छन् ।
प्रोग्रेसिप इन्जिनियरिङ एसोसिएसन नेपालको इन्चार्जमा वीरेन्द्र बस्नेत, अखिल क्रान्तिकारीको इन्चार्जमा अइन्द्रविक्रम बेघा, खेलकुद महासंघको इन्चार्जमा राजु आचार्य र सहइन्चार्जमा थामबहादुर राई, प्रेस संगठन नेपालको इन्चार्जमा शिवकुमार डाँगी र सहइन्चार्जमा भेषकुमारी राउतलाई जिम्मेवारी दिइएको छ ।
उता, अखिल नेपाल किसान महासंघको इन्चार्जमा केपी बराल र सहइन्चार्जमा सुरेन्द्र मेहता तथा चुडामणि बराल, महिला संघ क्रान्तिकारीको इन्चार्जमा होमकुमारी खापुङ र सहइन्चार्जमा गीता तिमल्सिना र करुणा ढुंगेल, भूमिहीन सुकुम्बासीको इन्चार्जमा लालबहादुर सुस्लिङ र सहइन्चार्जमा कल्पना कार्की चयन भएका छन् ।
नेपाल बुद्धिजीवि संगठनको इन्चार्ज अमरसिंह थापा र नेपाल मुस्लिम संगठनको इन्चार्ज मो.जाकिर हुसेनलाई तोकिएको छ ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login