Banner
म्यानमार भूकम्प : नेपाली नागरिक सुरक्षित, १८ नेपालीभाषीको मृत्यु
२८ चैत, नेपिताउ (बर्मा) । दुई साता अघि म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ३ हजार ५९१ पुगेको छ ।
म्यानमारको परराष्ट्र मन्त्रालयका अधिकारी वाई ल्वीनले दिएको जानकारी, बुधबार रातिसम्म भूकम्पमा परेर ४ हजार ८१४ जनाको मृत्यु भएको छ भने १४८ जना सम्पर्कविहीन छन् । ४९ हजार ८५७ घरमा क्षति पुगेको छ भने ५ लाख २४ हजार ६२४ जना प्रभावित भएका छन् ।
मृत्यु हुनेमध्ये १८ जना बर्माका नेपालीभाषी नागरिक रहेको म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले अनलाइनखबरलाई बताए । ‘म्यानमारमा करिब २ लाख नेपालीभाषी छन्, उनीहरू झण्डै १५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएको इतिहास छ’, उनले भने, ‘उहाँहरूमध्ये १८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अरू केही घाइते र बेपत्ता हुनुहुन्छ ।’ उनका अनुसार, भूकम्पपछि २५० जना नेपालीभाषी नागरिक विस्थापित भएका छन् । उनीहरूका लागि त्यहाँका नेपालीभाषीको संगठन ‘अखिल म्यानमार देशीय गोर्खा हिन्दु धार्मिक संघ’ले अस्थायी बसोबासको व्यवस्था गरेको छ ।
‘भूकम्पबाट घरविहीन हुनुभएकाहरूलाई यो संस्थाले नियमित खाना खुवाएर आश्रय दिइरहेको छ, भूकम्पबाट अति प्रभावित माण्डले क्षेत्रमा यो सहयोग भइरहेको हो’, घिमिरेले सुनाए, ‘उहाँहरूसँग नेपाली दूतावासको तर्फबाट पनि कुराकानी गरेका थियौं, दूतावासको उपस्थितिले पनि दुःखमा मल्हमपट्टी हुन्छ भन्ने हिसाबले त्यहाँ जाने तयारी गरेका छौं ।’
नेपाली दूतावासको तर्फबाट राहत सामग्री लिएर त्यहाँ जान लागेको उनले बताएका छन् । म्यानमारस्थित नेपाली दूतावासका अनुसार, त्यहाँ ५० जना नेपाली नागरिक बसोबास गर्छन् ।
‘तर, उहाँहरू यांगौनमा बसोबास गर्दै आउनुभएकाले त्यति धेरै क्षति भएन, हाम्रो दूतावास पनि त्यहीँ छ’, राजदूत घिमिरेले थपे, ‘नेपाली नागरिकहरूमध्ये कतिपय यूएन एजेन्सी, कतिपय बैंकिङ क्षेत्र त कतिपय व्यवसाय गरेर बसिरहनु भएको छ ।’
उल्लेखनीय क्षति नभए पनि यांगौनमा निकै लामो समयसम्म भूकम्पको झट्का महसुस भएको घिमिरले बताए । ‘हामी दूतावासमै थियौं, दिउँसो भएकाले धेरै मानिसहरू घरबाहिरै थिए’, उनले भने, ‘त्यसक्रममा झण्डै एक मिनेट जत्ति नै जोडले हल्लाएको महसुस गरेको थिएँ ।’
लामो समयसम्म हल्लाउँदा क्षति धेरै भएको उनले सुनाए । ‘दिउँसो १२ः५५ बजेको समय थियो, धेरै मानिसहरू दिउँसो बाहिरै थिए’, घिमिरेले भने, ‘तर, रमदान लगायत धार्मिक विषयहरू जोडिएकाले कतिपयको सामूहिक प्रार्थना गरेको ठाउँमा मृत्यु भएको विवरण छ ।’
त्यहाँको परराष्ट्र मन्त्रालयका ल्वीनले दिएको विवरणअनुसार, भूकम्पमा परेर ३ हजार ८२ बौद्ध भवनहरूमा क्षति पुगेको छ भने १०७ मस्जिद र अरू धर्मका २८७ भवनहरू क्षतिग्रस्त भएको छ ।
म्यानमारका अधिकारीहरूका अनुसार, यो भूकम्पको केन्द्रविन्दु म्यानमारको सागाइङ शाहरको उत्तरपश्चिमतर्फ १६ किलोमिटर दुरीमा थियो । म्यानमारको माण्डलेबाट नजिकै पर्ने यो स्थानमा १५ लाख मानिसहरूको बसोबास थियो ।
यो केन्द्रविन्दु राजधानी नेपिताउबाट करिब २०० किलोमिटरको दुरीमा पर्छ । त्यहाँका अधिकारीहरुका अनुसार, भूकम्प गएको १४ दिनसम्ममा १०४ वटा पराकम्पहरू गइसकेका छन् ।
म्यानमारमा चुनावी विवादलाई लिएर चार वर्ष अघि सैन्य ‘कू’ गर्दै त्यहाँको सेनाले सत्ता हातमा लिएको थियो ।
प्रजातान्त्रिक नेतृ आङ साङ सुकीको दल नेश्नल लिग फर डेमोक्रेसीले दुई तिहाइभन्दा धेरै सिटमा जित हात पारेपछि सैनिक समर्थन पाएको दल युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टीले धाँधलीको आरोप लगाएको थियो ।
यो मामलापछि सेनाले सुकीलाई घरबाटै गिरफ्तार गरेको थियो भने एक वर्षसम्मलाई संकटकाल घोषणा गरेको थियो । त्योसँगै राजधानीमा केही हप्तासम्म टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको थियो । यस्तोमा म्यानमारका सेना प्रमुख मिन आङ हलिङ्गले आफ्नै नेतृत्वमा सरकार गठन गरेका थिए ।
सत्ता हातमा लिएपछि लामो समयसम्म जनप्रदर्शन व्यहोरेको सैनिक सरकारलाई अहिले आन्तरिक विद्रोह पनि टाउको दुखाइको विषय बनिरहेको छ । जननिर्वाचित सरकारलाई हटाएर सत्ता कब्जामा लिने सेनाको कदमपछि आन्तरिक विद्रोह थप चर्किएको छ ।
अहिले प्रजातन्त्रवादी समूह, विद्यार्थी, विभिन्न जातीय सशस्त्र समूहले अधिकांश प्रदेशमा सशस्त्र प्रतिरोध गरिरहेका छन् । कोचिन, कारेन, शान लगायतका राज्यहरूमा ती समूहको प्रभाव अझ बढी भएको अधिकारीहरू बताउँछन् । यस्तोमा ३५ सय बढीको मृत्यु हुने गरी भूकम्प गएपछि सैनिक सरकार थप दबाबमा परेको छ र भूकम्पपछिको उद्दार तथा राहतका लागि अन्तर्राष्ट्रिय सहयोग आह्वान गरेको छ ।
यसअघि सन् २००८ मा चक्रवात आँधी आउँदा सत्ता चलाइरहेका सैनिक जनरलहरूले आपतकालीन सहायतालाई रोक लगाउँदै बचेकाहरुलाई ‘चकलेट बार’को जरुरी नभएको भन्दै ‘जनता खाल्डोका भ्यागुता र माछा खाएर पनि बाँच्न सक्छन्’ भन्दै रुखो टिप्पणी गरेका थिए । त्यसैले यसपटक उनीहरुले सहयोगको आह्वान गर्दा कतिपयले आश्चर्य मानेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
सरकारले तत्काललाई विद्रोहीसँग युद्धविरामको घोषणा गरेको छ । तर, विद्रोही भएको क्षेत्रलाई लक्षित गरेर विपद् प्रतिकार्य चलिरहेका बेला समेत हवाई कारबाही भएको विवरण आएका छन् । यस्तोमा राहत तथा उद्धारमा खटिएकाहरूले भूकम्पपछिको प्रतिकार्य समेत ढिलासुस्ती भएको जिकिर गरिरहेका छन् ।
मंगलबार म्यानमारको राजधानी नेपिताउमा पुग्दा त्यहाँ अधिकांश भवनहरू भत्किएका थिए । न्यपिताउ अन्तर्राष्ट्रिय विमानस्थलभित्रका संरचनाहरु पनि चर्किएका देखिन्थे । यो त्यही विमानस्थल हो, जहाँ दुई साताअघि गएको भूकम्पमा परेर एयर ट्राफिक कन्ट्रोल (एटीसी) टावरका ५ जना सरकारी अधिकारी मारिएका थिए ।
रनवेसँगै त्यहाँ रहेका दुई वटा विमानमा पनि भूकम्पले क्षति पुर्याएको थियो । ६ दिनअघि मात्र यो विमानस्थल सञ्चालनमा आएको थियो ।
दुई सातापछि बुधबार यो विमानस्थलमा पुग्दा राति त्यही चौरमा सैनिकहरु सुतिरहेका देखिन्थे भने विमानस्थल बाहिर सडक आसपास नागरिकहरु टेन्ट टाँगेर बसेका थिए । यस्तोमा बेलाबेला परिरहने झरीले उनीहरुलाई झन्झट थपिरहेको महसुस गर्न सकिन्थ्यो ।
म्यानमारको पीडामा नेपालको मल्हम
म्यानमारले सहयोगको आह्वान गरेपछि भारत, चीन, बेलायत लगायतका मुलुकले सहायता घोषणा गरेका छन् ।
भारतले ‘अपरेशन ब्रह्मा’ घोषणा गर्दै ८० सदस्यीय प्रकोप प्रतिरक्षा टोली पठाएको छ भने दुई जहाजमार्फत ४० टन राहत सामग्री पठाएको जनाएको छ । ६० शय्याको फिल्ड अस्पताल निर्माण गर्न १२० जना चिकित्साकर्मी पनि पठाएको छ ।
नेपालले पनि बुधबार २६.९७ टन राहत सामग्री हस्तान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयका दक्षिण पूर्व एसिया तथा प्रशान्त विभागका प्रमुख तापस अधिकारी नेतृत्वको टोलीले नेपिताउ विमानस्थलमा म्यानमारका कूटनीतिक अधिकारीहरुलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।
सहसचिव अधिकारीले मित्र राष्ट्रमा दुःख परेको अवस्थामा नेपाल पनि म्यानमार र त्यहाँका जनताको साथमा छ भन्ने सन्देश स्वरुप मानवीय सहयोग गरिएको बताए ।
यसअघि भूकम्पबाट क्षतिग्रस्त म्यानमारलाई सरकारले आवश्यक परेका सामग्रीहरुको सूची माग गरेको थियो । म्यानमारले उपलब्ध गराएको सूची अनुसार खाद्यान्न, औषधिसहित आवश्यक राहत सामग्री लिएर टोली म्यानमार प्रस्थान गरेको थियो ।
नेपालले पठाएको सहयोगमा खाद्य पदार्थ, पकाउन चाहिने भाँडाकुँडा, औषधि, ब्लड ट्रान्सफ्युजन सेट, टेन्ट लगायत पनि समावेश छन् । नेपाली सेनाको मेडिकल टोलीले समेत यसअघि नै म्यानमार पुगेर काम गरिरहेको छ ।
‘बुधबारसम्म नेपाली सेनाले १३ सय बढी भूकम्प पीडित र अरु विरामीको उपचार गरिरहेको छ’, राजदूत घिमिरेले भने, ‘तीमध्ये केही मेजर अपरेशनहरु पनि छन् ।’
म्यानमारस्थित दूतावासले नेपाली सेनाले काम गरिरहेको जिल्ला अस्पतालको व्यवस्थापन टिमसँग समेत भेटेर त्यहाँको स्थितिबारे जानकारी लिएको थियो ।
नेपालमा २०७२ सालमा गएको भूकम्पमा पनि म्यानमारले मानवीय सहायता प्रदान गरेको थियो ।
नेपाल–म्यानमार जोड्ने कडीः नेपालीभाषी र बौद्ध धर्म
नेपाल र म्यानमारबीच जनस्तरमै सम्बन्ध रहँदै आएको छ । जानकारहरुका अनुसार, यी दुई देशको सम्बन्धलाई बलियो बनाउने कडी त्यहाँ रहेका नेपालीभाषी र बौद्ध धर्म हो ।
म्यानमारमा झण्डै १५० वर्ष अघिदेखि नेपालीभाषीको बसोबास रहँदै आएको छ । ब्रिटिस शासनका बेला थुप्रै नेपाली गुर्खा बसाइँ सरेर बर्मा (अहिले म्यानमार) पुगेका थिए ।
दोस्रो विश्वयुद्धमा समेत सामेल ती नेपालीहरु सन् १९४८ मा बर्माले स्वतन्त्रता प्राप्त गरेपछि बर्मेली सेनामा समेत सामेल भएको इतिहास छ । यसरी बर्मा पुगेका नेपालीको संख्या अहिले झण्डै १० लाख पुग्न लागेको भनिन्छ ।
बर्मामा रहेका परिवारका कतिपय आफन्तहरु अझै पनि नेपालमा समेत रहेको जानकारहरु बताउँछन् । राजदूत घिमिरे भन्छन्, ‘भूकम्प गएका बेला नेपालबाट धेरै फोन गरेर यहाँको अवस्थाबारे जानकारी माग्नुभएको थियो, यो त्यही ऐतिहासिक सम्बन्धको कडी हो ।’
दुई देशको सम्बन्धलाई जोड्ने अर्को कडी भनेको बौद्ध धर्म हो । सन् २०१४ को जनगणना अनुसार, म्यानमारको कुल जनसंख्यामध्ये ८७.९ प्रतिशत बौद्ध धर्मावलम्बी छन् ।
‘यो पृष्ठभूमिमा बर्सेनि सयौँ म्यानमारी जनता तीर्थयात्रीका रुपमा नेपाल आएर लुम्बिनी जाने गर्छन्’, घिमिरेले थपे, ‘यी दुई मुख्य आधारमा हाम्रो मिश्रित सम्बन्धलाई अझ प्रगाढ बनाउन व्यापार, व्यवसाय, पर्यटन प्रवर्द्धनदेखि हरेक गतिविधिमा नेपाली दूतावास र नेपालीभाषी समुदाय मिलेर काम गरिरहेका छौँ ।’
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login