Connect with us
Advertisement

यी हुन् सुन्दरहरैंचामा वडाध्यक्ष पदका उम्मेद्वारहरु

Published

on

विराटचोकः यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सुन्दरहरैंचाका १२ वटा वडामा ७१ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । विभिन्न दल र स्वतन्त्र गरी सो सङ्ख्यामा उम्मेद्वारी परेको हो ।
सबैभन्दा कम उम्मेद्वारी वडा नम्बर २ र ६ मा ४ – ४ जनाले दिएका छन् । वडा नम्बर ४, ५ र १२ मा ५–५ जनाले उम्मेद्वारी दिएका छन् । वडा नम्बर ९ मा ६ जनाले र बाँकी वडामा ७ जनाको दरले उम्मेद्वारी दिएका छन् ।
वडाध्यक्षमा उम्मेद्वारी दिनेमा जना महिला उम्मेद्वार रहेका छन् ।

यी हुन् सुन्दरहरैंचाका १२ वडामा उम्मेद्वारी दिने ७१ जना उम्मेद्वारहरुः

वडा नम्बर १ (वर्णानुक्रमअनुसार)
१. इन्द्रप्रसाद भट्टराई नेकपा एमाले
२. गोमा अधिकारी नेकपा माओवादी केन्द्र
३. नवराज मास्के राष्ट्रिय प्रजातन्त्र पार्टी
४. राम विश्वास खवास नेपाली कांग्रेस
५. रेवतीकुमार तिम्सिना स्वतन्त्र
६. विन्देश्वर साह स्वतन्त्र
७. सुरेशकुमार श्रेष्ठ नेकपा एकीकृत समाजवादी

वडा नम्बर २ (वर्णानुक्रमअनुसार)
१. झरीलाल थारु नेकपा एमाले
२. विवश प्रधान नेपाली कांग्रेस
३. महेशलाल माझी नेकपा माओवादी केन्द्र
४. विनोदकुमार ढकाल राप्रपा

वडा नम्बर ३ (वर्णानुक्रमअनुसार)
१. किरणबहादुर राई नेकपा माओवादी केन्द्र
२. केन्द्रदीप पोखरेल नेपाली कांग्रेस
३. टीकाराम शर्मा राष्ट्रिय प्रजातन्त्र पार्टी
४. तिलक परियार नेकपा एकीकृत समाजवादी
५. मुकेशकुमार उराउ जनता समाजवादी पार्टी
६. विदुरप्रसाद ढुङ्गाना नेकपा एमाले
७. शंकरप्रसाद दाहाल स्वतन्त्र

वडा नम्बर ४ (वर्णानुक्रमअनुसार)
१. कैलाश बस्नेत नेपाली कांग्रेस
२. टीकाराम दाहाल नेकपा माओवादी केन्द्र
३. नरेन्द्रकुमार चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी
४. नारायण श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी एमाले
५. भवानीप्रसाद पौडेल विवेकशील साझा

वडा नम्बर ५ (वर्णानुक्रमअनुसार)
१. उदय फुयल राष्ट्रिय प्रजातन्त्र पार्टी
२. गणेश चौधरी नेकपा एमाले
३. नेत्रकुमार विश्वकर्मा जनता समाजवादी पार्टी
४. रामप्रसाद रिजाल नेपाली कांग्रेस
५. श्यामबहादुर कार्की विवेकशील साझा

वडा नम्बर ६ (वर्णानुक्रमअनुसार)
१. जीवनकुमार राई नेकपा एमाले
२. मानबहादुर श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी
३. शंकर देवान जनता समाजवादी पार्टी
४. सन्तोष लिङ्देन नेपाली कांग्रेस

वडा नम्बर ७ (वर्णानुक्रमअनुसार)
१. चैतन्यप्रसाद सिटौला नेपाली कांग्रेस
२. पोष्टकुमार श्रेष्ठ नेकपा एमाले
३. भुवन सिंह मगर स्वतन्त्र
४. मिलन लुइँटेल नेकपा माओवादी केन्द्र
५. लीलादेवी लुइँटेल नेकपा एकीकृत समाजवादी
६. लीलाप्रसाद पोखरेल विवेकशील साझा
७. हीरा भट्टराई राप्रपा

वडा नम्बर ८ (वर्णानुक्रमअनुसार)
१. खेमप्रसाद न्यौपाने नेकपा एमाले
२. गजेन्द्र भट्टराई नेपाली कांग्रेस
३. गणेशबहादुर महत राप्रपा
४. चन्द्रलाल ढकाल नेकपा एकीकृत समाजवादी
५. जनक खत्री स्वतन्त्र
६. पीताम्बर दाहाल स्वतन्त्र
७. रोहित चौधरी नेकपा माओवादी केन्द्र

वडा नम्बर ९ (वर्णानुक्रमअनुसार)
१. जयप्रसाद सिटौला स्वतन्त्र
२. पुष्पबहादुर भुजेल नेकपा एमाले
३. प्रकाश श्रेष्ठ नेपाली कांग्रेस
४. बमबहादुर विश्वकर्मा राष्ट्रिय प्रजातन्त्र पार्टी
५. महेन्द्रकुमार राई नेकपा एकीकृत समाजवादी
६. लीलाबहादुर कार्की नेकपा माओवादी केन्द्र

वडा नम्बर १० (वर्णानुक्रमअनुसार)
१. गीतबहादुर सोडारी नेपाली कांग्रेस
२. गीतामणि दाहाल राष्ट्रिय प्रजातन्त्र पार्टी
३. जीतबहादुर थापा स्वतन्त्र
४. टेकबहादुर सार्की नेकपा माओवादी केन्द्र
५. बलबहादुर राई मंगोल नेशनल अर्गनाइजेशन
६. राजकुमार राई नेकपा एमाले
७. विजय राई नेकपा एकीकृत समाजवादी

वडा नम्बर ११ (वर्णानुक्रमअनुसार)
१. विकास बजगाईँ स्वतन्त्र
२. महेन्द्र लिम्बू नेकपा एकीकृत समाजवादी
३. राजेन्द्र राय राष्ट्रिय प्रजातन्त्र पार्टी
४. वासुदेव घिमिरे विवेकशील साझा
५. बिसनलाल चौधरी माझी नेकपा एमाले
६. सुरतकुमारी चौधरी थारु नेकपा माओवादी केन्द्र
७. हरिबहादुर बस्नेत नेपाली कांग्रेस

वडा नम्बर १२ (वर्णानुक्रमअनुसार)
१. इन्द्रबहादुर तामाङ नेकपा एकीकृत समाजवादी
२. भोलानाथ खतिवडा नेकपा माओवादी केन्द्र
३. मनिष मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी
४. रोशनप्रसाद ढकाल नेकपा एमाले
५. सुजु थापा नेपाली कांग्रेस

८ जनाले उपमेयरमा उम्मेद्वारी दिँदा ३ जना पुरुष, मेयरमा महिलाले दिएनन् उम्मेद्वारी, अधिकारीको उम्मेद्वारी दर्ता नै भएन

सुन्दरहरैंचामा ३१३ जनाले दिए उम्मेद्वारी, सबैभन्दा धेरै वडा नम्बर ३ मा २८ जना उम्मेद्वार

यी हुन् सुन्दरहरैंचाको मेयरमा उम्मेद्वारी दिने ११ जना

सुन्दरहरैंचाको प्रमुख पदमा पुराना ६ दलले दिएनन् उम्मेद्वारी, ३ नयाँ दल थपिए

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक