Connect with us
Advertisement

यी हुन् सुन्दरहरैंचा नगरपालिकाको आठौँ नगरसभाबाट स्वीकृत मुख्य योजना तथा कार्यक्रमहरु

Published

on

विराटचोकः रातमा पनि झिलिमिली शहर, सुन्दरहरैँचाबासीको रहर’ नगर प्रमुख उज्यालो कार्यक्रम” अन्तर्गत नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी नगरका सबै वडामा सडक बत्ती जडान गरिने,

यस नगरपालिका क्षेत्रभित्र रही पत्रकारिता गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुको ५ लाख रुपैयाँको दुर्घटना बीमा तथा अक्षयकोष निर्माण गर्ने,

सुन्दरहरैँचा नगरपालिका वडा नं. ५ मा निर्माणाधीन सुविधासम्पन्न इलेक्ट्रिक शवदाह स्थल र पार्क निर्माण गरिने, सुन्दरहरैँचा नगरपालिकाको

वडा नं. १, ११ र १२ को उपयुक्त स्थानमा समेत सुविधासम्पन्न शवदाह स्थल निर्माण गरिने,

गछियामा नगरको गौरवको योजनाको रुपमा कोल्ड स्टोर निर्माण गरिने,

वडा नं. ५ मा अवस्थित नयाँ वृन्दावन गौशाला धार्मिक पर्यटकीय क्षेत्रलाई नेपालकै नमूना धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि

विश्वकै अग्लो गाईको मूर्ति निर्माण कार्यलाई निरन्तरता दिइने,

घरै बसी कमाइन्छ नोट, करेसाबारीमा रोपौँ कागती र खोर्सानीेको बोट नारालाई अघि सारी करेसाबारीमा तरकारी उत्पादन गर्न लगाइने,

कृषि पेशाको सम्मान, कृषकलाई अनुदानै अनुदान (पावर टिलर, मिक्क एनलाईजर, चिलिमे भ्याट मेसिन, काउ म्याट वितरण गरिने,

उप–प्रमुख आत्मनिर्भर कार्यक्रमअन्तर्गत कृषि पेशालाई सामाजिक प्रतिष्ठासहित आत्मनिर्भर पेशाको रुपमा स्थापित गर्दै उपयुक्त खेती गर्ने क्षेत्र पहिचानका लागि निःशुल्क माटो परीक्षणका लागि आ.ब. २०७८\०७९ देखि माटो परीक्षण प्रयोगशालाको स्थापना र सञ्चालन गरिने,

“हाम्रो भविष्यको पहिचान र आधार, बालबालिकाको अधिकारसहितको समग्र विकास” नारालाई आत्मसात गरी बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने,

विपन्न, सीमान्तकृत वर्गका नगरवासीलाई स्वास्थ्य बीमा गर्न प्रेरित गर्ने, स्वास्थ्य बीमाको लागि २ हजार ५ सय रुपैयाँ नगरपालिकाले योगदान गर्ने,

मेयरकप फुटबल प्रतियोगिता र उपमेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने,

सुकुनामा एमफिल कार्यक्रम सञ्चालन गरिने,

नगरपालिकाको सम्पूर्ण कर प्रशासनलाई ईपेमेण्ट प्रणालीमा लगिने,

सलकपुरमा नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण गरिने,

महिलाको रोगसँग उप(प्रमुख कार्यक्रम अन्तर्गत महिलाहरुको पाठेघरको मुखको क्यान्सर, आङ खस्ने र फिस्टुलाको समस्या बढ्दो रुपमा देखिएकाले सो सम्बन्धी विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने,

बुधबारेमा कृषि प्रयोजनका लागि नगर विकास कोष सँग सहकार्य गरी बहु–उपयोगी कृषि भवनको शिलान्यास तथा निर्माण गरिने,

विद्यार्थीसँग नगर(प्रमुख कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयबाट एसईई पास गरेका विद्यार्थीहरुलाई सामुदायिक र सुकुना बहुमुखी क्याम्पसमा कक्षा ११ को निःशुल्क भर्ना नगरपालिकाले गराउने,

सामाजिक सुरक्षा भत्तामा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई नगरपालिकाले थप रु १००० घरघरमा गएर दिने,

फरक क्षमता भएका व्यक्तिहरुसँग उप–प्रमुख कार्यक्रम सञ्चालन गरिने,

सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० मा अवस्थित ईन्द्रपुर खेल मैदानमा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान निर्माण गरिने,

सुन्दरहरैँचा–१ मा अवस्थित प्राथमिक स्वास्थ्य चौकी हरैँचामा कोभिड अस्पताल सञ्चालन गरिने,

यसै आर्थिक वर्षमा ७ करोडको लगानीमा हसिना सिमसारमा पूर्वाधार निर्माण गरिने,

बाघझोडा सिमसार पर्यटकीय क्षेत्रमा नगर गौरवको योजना सञ्चालन गरिने,

नगरका भौगोलिक, आर्थिक, शैक्षिकजस्ता सबै पक्षहरुलाई समेटिने गरी डिजिटल प्रोफाइल निर्माण गर्ने,

७० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने,

जग्गा प्लानिङ गर्दा नगरपालिकासँग अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिने,

सीमान्तकृत÷दलितका ५ जना छोरी जो प्राविधिक शिक्षा पढ्न इच्छुक रहन्छन् त्यस्ता छोरीहरुलाई नगरपालिकाले निःशुल्क रुपमा प्राविधिक शिक्षा पठनपाठन गराउने,

एक कृषक एक अनुदानको कार्यक्रम सञ्चालन गरिने,

पाँच पशु एक अनुदानको नीति अघि सारिने,

बालबालिकालाई संस्कार र सभ्यताको शिक्षा दिइने,

पूर्वाञ्चल विश्वविद्यालयलाई एम्बुलेन्स खरिद गरेर दिइने,

सुकुना मावि, साजीलाल मावि र सुकुना बहुुमुखी क्याम्पसलाई एक एक वटा बस खरीद गरी हस्तान्तरण गरिने,

प्राविधिक शिक्षा पठनपाठन गर्ने विद्यार्थीहरुका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानमा रिभवलिङ फण्डको व्यवस्था गरिने,

नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण भजन कीर्तन समूहहरुलाई निःशुल्क रुपमा वाद्यवादन सामग्री प्रदान गरिने,

शहरी शासकीय पूर्वाधार कार्यक्रमअन्तर्गत रु ७२ करोड रुपैयाँअन्तर्गत नगरका मुख्य ठूला योजनामा लगानी गर्ने,

सुन्दरहरैँचा नगरपालिका स्थायी ठेगाना भई कर्मथलो काठमाडौँ बनाई काठमाडौंमा नै बस्ने नगरवासीहरुलाई समेटी सुन्दरहरैँचा–काठमाडौं समाजसँग विभिन्न राय, सुझाव तथा सल्लाह लिने,

बालविकासका सहजकर्ताहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नगरपालिकाको तर्फबाट उपलब्ध गराउने,

इन्द्रपुर स्वास्थ्य चौकीमा ट्रमा सेन्टर निर्माण गर्ने,

वडा कार्यालय भवन नभएका वडाहरुमा जग्गा प्राप्ति गरी वडा कार्यालय भवन निर्माण गर्ने,

विराटचोकमा रहेको करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयको रुपमा स्तरोन्नति गर्नका लागि सम्बन्धित निकायसँग माग गर्ने,

सुन्दरहरैंचामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि सम्बन्धित निकायसँग माग गर्ने,

नगरपालिका तथा वडाको नागरिकस्तरबाट परीक्षण गर्न नगरस्तरीय तथा वडास्तरीय सार्वजनिक सुनुवाइ गर्ने,

नगरको डिजिटल प्रोफाइल निर्माण गरिने ।

 

सुन्दरहरैंचाको बजेट २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय, वडा नम्बर ७ र १० सम्मानित

Continue Reading

Facebook Comment

1 Comment

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक