Banner
युक्रेन र अमेरिकाबीच भएको बहुचर्चित खनिज सम्झौता अमेरिकाका लागि किन यति महत्त्वपूर्ण छ ?
अमेरिका र युक्रेनबीच प्राकृतिक संशाधनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाले यसरबारे जानकारी दिएको हो ।
अमेरिकाको वित्त विभागले एक प्रेस वक्तव्य जारी गर्दै दुई देश ‘रिकन्स्ट्रक्सन इनभेस्टमेन्ट फन्ड’ बनाउन सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्- यो सम्झौताले अमेरिकालाई धेरै फाइदा हुनेछ ।
ट्रम्पले अगाडि भनेका छन्- बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिए । अब हामीले यस्तो सम्झौता गरेका छौँ कि यसबाट हामीलाई धेरै पैसा मिल्नेछ ।

ह्वाइटहाउसमा ट्रम्पको पुनरागमनपछि रुससँगको युद्धमा होमिएको युक्रेन दबाबमा आएको थियो । ह्वाइटहाउसमा बोलाएर ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हप्कीदप्कीको शैलीमा प्रस्तुत भएको भिडियो सार्वजनिक भएसँगै युक्रेन थप कमजोर भएको मानिएको थियो ।
उता ट्रम्प प्रशासनको नेतृत्वमा रहेको अमेरिकाको रुससँगको बढ्दो निकटले युक्रेनको चिन्ता थप बढाएको थियो । यद्यपि, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपको दर्बिलो साथ त पाएका थिए तर, त्यो रुसलाई रोक्न पर्याप्त छैन भन्ने उनले गहिरोगरी बुझेका थिए ।

यसका साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको सुधारिँदै गएको सम्बन्धले जेलेन्स्कीलाई थप चिन्तित बनाएको थियो । यही सम्बन्धलाई उपयोग गर्दै पुटिनले युक्रेनमाथि थप दबाब बढाउँदै जाँदा युक्रेन र अमेरिकाबीच पछिल्लो सम्झौता भएको हो ।
अमेरिकाका वित्तमन्त्री स्कट बेसेन्ट तथा युक्रेनका उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले बुधबार सम्झौतामा हस्ताक्षर गरेको बीबीसीले समाचार प्रकाशित गरेको छ ।
युक्रेनको दुर्लभ खनिजसम्म अमेरिकही पहुँच सुनिश्चित गर्न किएभ र वासिङ्टनबीच केही महिनादेखि सम्झौताको विषयमा कुराकानी भइरहेको थियो । त्यसैको जगमा बुधबार सम्झौतामा भएको हो ।

बेसेन्टले एक भिडियो सन्देश जारी गर्दै यो सम्झौताले अमेरिकालाई युक्रेनसँग लगानी गर्ने अधिकार दिने उल्लेख गरेका छन् । बेसेन्टले यो सम्झौताले युक्रेनलाई हुने फाइदाहरूबारे पनि सुनाए । उनले यो सम्झौताले युक्रेनमा लगानीको वातावरण बनाउने र युक्रेनको आर्थिक सुधारलाई गति दिने पनि दावी गरेका छ्न् ।
यो सम्झौतासँगै अमेरिकाले युक्रेनको दुर्लभ खनिजमा पहुँच पाएको छ । अब यी दुई देश मिलेर युक्रेनमा रहेको त्यस्तो खनिज निकालेर त्यसको उपयोग गर्नेछन् ।
युक्रेनमा लिथियम, टाइटेनियम, युरेनियम जस्ता महत्त्वपूर्ण खनिज रहेको बताइएको छ । यी खनिजको उपयोग ब्याट्री, हवाईजहाज तथा परमाणु ऊर्जाजस्ता महत्त्वपूर्ण वस्तुहरू बनाउन उपयोग गर्न सकिन्छ ।
सम्झौताअनुसार दुवै देशले पैसा जुटाउनेछन् जसले खनिज निकाल्ने काम सुरु हुनेछ । यसले अमेरिकाले जरुरी खनिज पाउनेछ भने युक्रेनले आर्थिक मद्दत ।

रुससँगको युद्धका कारण कमजोर बनेको आफ्नो अर्थव्यवस्थामा यो सम्झौताले सुधार ल्याउने विश्वासमा युक्रेन छ । उता अमेरिका भने खनिजलगायतका संशाधनमा चीनलगायतका देशमाथिको निर्भरता घटाउन यो अवसरको खोजीमा थियो ।
युक्रेनसँग कम्तिमा २० यस्ता खनिज भण्डार भएको बताइएको छ जसमा अमेरिकाका लागि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ ।
तर, रुससँगको युद्धका कारण दबाबमा परेको युक्रेनलाई अमेरिकाले सम्झौताको नयाँ मस्यौदा पठायो त्यसलाई केही युक्रेनी सांसदहरूले ‘लिक’ गराएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । मिडिया रिपोर्टहरूमा जनाइएअनुसार उक्त मस्यौदामा दुर्लभ खनिजसम्म मात्र सीमित नरहेर ग्यास तथा तेलको स्रोत पनि सामेल थियो ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login