Banner
विश्वविद्यालयका पदाधिकारीको सुरक्षा गर्न सुन्दरहरैंचाका सबै दल प्रतिबद्ध, विश्वविद्यालय सरोकार समाजले बुझायो ध्यानाकर्षणपत्र
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयमा पछिल्लो समयमा भएका गतिविधिको निन्दा गर्दै सुन्दरहरैंचाका राजनीतिक दलले पार्टीभन्दा विश्वविद्यालयको हितअनुकूलका काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाको कार्यकक्षमा विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेल, शिक्षा सेवा आयोगका अध्यक्ष महेशराज दाहाल, अस्पताल निर्देशक विपेश आचार्य, डीनहरुलगायतको उपस्थितिमा आफ्नो भनाइ राख्ने सुन्दरहरैंचामा क्रियाशील राजनीतिक दलका नेताले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले विश्वविद्यालयका उपकुलपति कोइरालालाई ध्यानाकर्षणपत्र बुझाउने क्रममा दलहरुले विश्वविद्यालयको विकासको लागि एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा एमालेका नगर अध्यक्ष मातृकाबाबु ढकाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष महेश आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश कमिटी सदस्य प्रेमलाल चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सचिव गीतानिधि दाहाललगायतले आफ्नो भनाइ राखेका थिए ।

उता, पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले सेवा आयोगका अध्यक्ष प्रा. डा. महेशराज दाहालमाथि कालो मोसो दलेर दुर्व्यवहार गर्नेको पहिचान गरी कारवाही गर्न माग गरेको छ ।
समाजका अध्यक्ष सञ्जीव रोकाहाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विद्यार्थी संगठनले कर्मचारी भर्नाको विषयमा विभिन्न माग राखी आन्दोलन गर्नुले उनीहरुको नियत स्पष्ट हुने जनाउँदै विश्वविद्यालयको बदनाम गराउने यस्तो कार्यमा संलग्नलाई कारवाही गर्न माग गरिएको छ ।

यस्तो छ ज्ञापनपत्रको पूर्ण पाठः
पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाज,
मोरङ नेपाल
मिति २०८०\०३\१०
श्रीमान् उपकुलपति ज्यु
पुर्वाञ्चल बिस्वबिध्यालय
केन्द्रीय कार्यालय
सुन्दरहरैचा मोरंग
बिसय ध्यानाकर्सण गराइएको बारे ।
पुर्वाञ्चल बिस्वबिध्यालय सरोकार समाजले बिगतमा बिस्वबिध्यालयको केन्द्रिय कार्यालय गोठगाउ मोरंग बाट संचालन गर्न बिभिन्न राजनैतिक दल तथा सरकार को ध्यानाकर्सण गराउन पटक पटक पहलकदमी लिएको सर्वाबिधितै छ । बिगतमा यस बिस्वबिध्यालयमा देखिएका विभिन्न खालका अराजकता लाइ स्पस्ट बाहिर ल्याई दोषीहरुलाई कारबाही गरि यस बिस्वबिध्यालय लाइ व्यवस्थित र मर्यादित तथा बिस्वासनिय केन्द्रको रुपमा बिकास गर्न हामीले संस्थागतरुपमै पहलकदमी गरेका थियो। बिस्वबिध्यालयको ऐन संसोधन गरि केन्द्रिय कार्यालय अहिले गोठगाउमा संचालित छ भने बिस्वबिध्यालय मा मेडिकल कलेज संचालन प्रक्रियामा रहेता पनि मुर्त रुप लिन सकेको छैन । यसै बीच यहि २०८०÷०२÷२९ गते बिहान बिस्वबिध्यालय सेवा आयोगका अध्यक्ष्य प्रा डा महेसराज दाहाल माथि वहाको निवासमा केहि आपराधिक मनोब्रिती बोकेका व्यक्तिहरुद्वारा तालिबानी सैलिमा गरिएको दुर्व्यवाहार प्रति हाम्रो गम्भीर ध्यानाकर्सण भएको छ । उक्त घटना लगत्तै सम्बन्धित प्रसासन लाइ सम्पर्क गरि दोषीलाई तत्काल पक्राउ गर्न तथा घ टनाको गम्भीर छानबिन गरि दोषी लाइ कानुनको दायरामा ल्याउन हामीले सम्बन्धित निकायमा पटक पटक सम्पर्क गरेका थियौ । घटना घटेको यतिका दिन सम्म सम्पुर्ण दोषी हरु पक्राउ गर्न नसक्नु र उनीहरुको सम्रक्ष्यक तथा योजनाकार हरुको स्पस्ट किटान गर्न नसक्नु दुखपूर्ण कुरा हो । नियोजित र योजनाबद्द घटाइएको यस प्रकारका घटना लाइ सामान्य रुपमा बुझे दुस्प्रयास कोहि कसैको नहोस हामि खवरदारी गर्न चाहन्छौ । बिस्वबिध्यालय संचालन गर्न आवस्यक कर्मचारी को आवस्यकता को पहिचान र भर्ना प्रक्रिया विधिसम्मत गर्न सेवा आयोगको गठन गरिएको हो । सेवा आयोगलाई राजनैतिक दबाब दिएर आफु अनुकुल भर्ति केन्द्र बनाउन कसैले पहल लिने बिसय हैन। त्यसमाथि बिद्यार्थी संगठन हरुले बिस्वबिध्यालायाको कर्मचारी भर्ना प्रक्रिया माथि आफ्नो माग राखी आन्दोलन गर्नु ले ति बिद्यार्थी संगठन वा संस्था हरुको नियत स्पस्ट हुन्छ । यो बिल्कुल प्राज्ञिक तथा बिस्वबिध्यालयको आवस्यकताको बिसय हो । यस बिस्वबिध्यालय संचालनको दौरान मा यस्ता घटना घट्नु बिस्वबिध्यालय बदनाम गराउने खेल मात्र हो । बिस्वबिध्यालय मा हुने अमर्यादित गतिबिधि हरुलाई तत्काल नियन्त्रण गरि बिधि र पद्दतिमा बिस्वबिध्यालय लाइ संचालन गर्न हामि उपकुलपति ज्यु मार्फत सम्पुर्ण बिस्वबिध्यालयको ध्यानाकर्सण गराउदछौ । बिस्वबिध्यालय संग प्रत्यक्ष्य सरोकार राख्ने नागरिक समाज संग छलफल र समन्वयमा यस्ता गलत प्रविती को अन्त्य गर्न मद्दत पुग्दछ । आपराधिक प्रविती को कुनै दल हुदैन कुनै बिचार ले संरक्षित हुन सक्दैन । हामि यस बिस्वबिध्यालय लाइ सुन्दर सैक्षिक फूलबारीको रुपमा बिकास गर्न चाहन्छौ। बिस्वबिध्यालयमा मेडिकल कलेज संचालन लाइ मुर्त रुप दिन अझ प्रभावकारी अगुवाइको हामि अपेक्ष्या गर्दछौ । अन्त्यमा सेवा आयोगका अध्यक्ष्य माथि भएको दुर्व्यवाहार मा संलग्न हरुलाई हदै सम्मको कारबाही गर्न प्रसासन र नेपाल सरकार लाइ थप दबाबका साथ अगाडि बढ्न तपाइलाइ ध्यानाकर्सण सहित अनुरोध गर्दछौ । बिस्वबिध्यालयमा कार्यारत कर्मचारी तथा पदाधिकारीहरु सुरक्षित हुने बातावरण ड्ड मिलाउन हामि सबैले पहलकदमी लिनु पर्दछ । बिस्वबिध्यालय लाइ सहज संचालन गर्न र सम्मानित थलोका रुपमा बिकास गर्न सरोकार समाज सदैव तत्पर रहेको पुन जानकारी गराउदछौ ।
सन्जिब रोकाहा
अध्यक्ष

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login