Banner
व्यावसायिक वातावरण सुधार्न सरकारले गर्यो १३ वटा कानुनमा महत्त्वपूर्ण संशोधन
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सम्बन्धी तीन वटा अध्यादेश मार्फत एक साथ १३ वटा कानुन संशोधन गर्न सिफारिस गरेको छ।
सरकारले अर्थ सम्बन्धी तीनवटा अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको छ।
पहिलो, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश।
दोस्रो, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश।
तेस्रो, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश।हिलो अध्यादेश मार्फत ११ वटा, दोस्रोबाट एउटा र तेस्रोबाट एउटा कानुन संशोधन सिफारिस गरिएको हो।संशोधन सिफारिस गरिएका १३ वटा कानुनका विभिन्न दफा, उपदफा, खण्ड, उपखण्ड, अनुसूची, प्रतिबन्धात्मक वाक्यहरू लगायतमा संशोधन गरिएको छ। राष्ट्रपतिबाट स्वीकृत भएसँगै यी कानुन राजपत्रमा प्रकाशित हुनेछन्।
१. विदेशी विनियम (नियमित) गर्ने ऐन २०१९ को दुइटा दफामा १३ वटा नयाँ, थप तथा सट्टा व्यवस्थाः
यो ऐनका दफा २ मा खण्डहरू थपेर ‘विदेशी लगानी’ को परिभाषालाई थप फराकिलो बनाइएको छ। जसमा भनिएको छ —
- विदेशमा नभए पनि विदेशमा दर्ता भएका सीमित दायित्वको साझेदारी, फर्म, लगानी कोष, कम्पनी वा सीमित दायित्व रहने गरी संस्थापित यस्तै प्रकृतिको निकायको सेयरमा वा सेयर खरिदमा गरिएको लगानी।
- विदेशको धितोपत्र बजारमा सूचीकृत यस्ता कम्पनीको चुक्ता पुँजीको २० प्रतिशतसम्म सेयरमा वा सेयर खरिदमा गरिएको लगानी।
- विदेशमा रहँदा आर्जन गरेको रकम लगानी गर्दा यस्तो सीमा लागू नहुने।
- नेपालमा स्थापना भएको कम्पनी वा प्रतिष्ठानले विदेशमा आफ्नो शाखा वा सम्पर्क कार्यालय खोल्न वा दर्ता गर्न गरेको लगानी।
- नेपालमा स्थापित कम्पनी वा प्रतिष्ठानले विदेशमा रहेको बैंकको निक्षेप खातामा जम्मा गरेको रकम।
यही ऐनको दफा १० मा विदेशमा लगानी नियमन सम्बन्धी व्यवस्था छ। सो अनुसार विदेशमा लगानी गर्न पाउने उद्योगको सूची राखिएको छ।
- विदेशी लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ ले छुट दिएका उद्योग।
- औद्योगिक व्यवसाय ऐन बमोजिम सूचना प्रविधि उद्योग।
- नेपाली नागरिक आफू विदेशमा रहँदाको अवधिमा आर्जनबाट प्राप्त रकम।
- विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको व्यवस्था अनुसार प्राप्त विदेशी मुद्रा।
- नेपालमा स्थापित मुख्य कम्पनीको विदेशमा रहेको सहायक कम्पनीमा नेपालका स्थापित कम्पनीले नेपालमा बसोबास गर्ने नेपाली नागरिक कर्मचारीको हकमा समेत लागू हुने गरी सञ्चालन तथा कार्यान्वयन गरेको कर्मचारी सेयर बिक्री योजना अन्तर्गतको परिवर्तीय विदेशी मुद्रा विप्रेषण नहुने गरी प्राप्त गर्न र त्यस्तो सेयर आय गर्न पाउने।
- विदेशमा लगानी गर्ने व्यक्ति वा कम्पनीले पालना गर्नुपर्ने सर्त र सीमा नेपाल राष्ट्र बैंकले सार्वजनिक रूपमा सूचना प्रकाशन गर्ने।
२. राजस्व न्यायाधीकरण ऐन २०३१ मा एउटा संशोधनः
यो ऐनको दफा ९ को उपदफा १ मा ‘धरौटी नराखी’ भन्ने शब्द थियो। त्यसको साटो अहिले ‘धरौटी वा सर्त बिनाको मुद्दा अवधिसम्म अद्यावधिक हुन सक्ने बैंक जमानत नराखी’ भन्ने शब्द राखिएको छ। त्यस्तै पुनरावेदन गर्दा धरौटी राख्नुपर्ने सम्बन्धी व्यवस्था पनि गरिएको छ।
३. कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा दुइटा संशोधन तथा सुधारः
यो ऐनको दफा ३ को ‘क’ अन्तर्गतको उपदफा १ हटाइएको छ। जहाँ ‘नाफाखोर’ अन्तर्गत सय कडा २० रूपैयाँभन्दा बढी नाफा भएमा एक वर्ष कैद वा जरिवाना व्यवस्था गरिएको थियो। सोही अनुसार यस दफाको उपदफा २ पनि संशोधन गरिएको छ।
४. राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ मा १४ वटा संशोधन तथा नयाँ व्यवस्थाः
यसको दफा १२ मा ‘पक्राउ गरी’ को सट्टा ‘बाटो म्याद बाहेक २४ घण्टा’ भन्ने शब्दावली राखिएको छ। यसबाट कुनै राजस्व चुहावटको आशंका गरिएको अवस्थामा सम्बन्धित व्यक्ति आफै उपस्थित हुन पाउने व्यवस्था गरिएको हो।
दफा १३ मा भएको ‘बदनियतपूर्वक राजस्व छलेमा मुद्दा चलाइने’ विषयमा प्रतिबन्धात्मक वाक्य हटाइएको छ। तर यसो भन्नुको अर्थ, राजस्व छलेमा मुद्दा नचलाइने भनेको होइन, यस सम्बन्धी कारबाही अन्य प्रक्रियाबाट गर्ने भनिएको छ।
यो ऐनमा थप व्यवस्था गरी राजस्व छलीबाट आरोपित व्यक्ति तथा संस्थाले कानुन बमोजिमा जरिवाना तथा बिगो तिरेमा मुद्दा नचलाउन पनि सक्ने भनिएको छ। यसका लागि सरकारी वकिलको कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था छ। जरिवाना रकम भने बढाइएको छ।
त्यस्तै, आवश्यक प्रक्रिया अघि बढाउने समय पनि तोकिएको छ। मिलापत्र गर्न सक्ने व्यवस्था गरिएको छ। मुद्दा फिर्ता लिन सक्ने लगायतका नयाँ व्यवस्था गरिएको छ।
५. मध्यस्थता ऐन २०५५ मा आठ वटा संशोधन तथा नयाँ व्यवस्थाः
यसको संशोधनबाट द्रुत मध्यस्थता सम्बन्धी व्यवस्था गरिएको छ। मध्यस्थताले आधार लिएको प्रमाणमा पुनः परीक्षण गर्ननपर्ने व्यवस्था गरिएको छ।
अदालतको निर्णय कार्यान्वयन हुन नसकेको अवस्थामा म्याद नाघेको ३० दिनभित्र निवेदन दिन सक्ने र त्यस्तो निवेदनमा द्रुत मध्यस्थताबाट निर्णय भएको हकमा १५ दिन र अन्य निर्णयबाट ३० दिनभित्र कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिएको छ।
अदालतमा निवेदन दर्ता भएको कारणले मध्यस्थता निर्णय कार्यान्वयन गर्न बाधा नपुग्ने व्यवस्था पनि गरिएको छ।
६. कम्पनी ऐन २०६३ मा चार वटा संशोधन र ३५ वटा नयाँ थप व्यवस्थाः
- कम्पनी स्थापनाका लागि निवेदन दिनुपर्ने सम्बन्धी व्यवस्था गरिएको दफा ४ मा गैर आवासीय नेपाली नागरिकको प्रमाणपत्रको प्रतिलिपिलाई पनि मान्यता दिइएको छ।
- कम्पनी स्थापनापछि नगद बाहेकको कुनै सेयर खरिद, जारी वा हक प्राप्त गर्ने सक्ने सुविधा दिइएको छ।
- नगद बाहेकको सेयर बिक्री गर्दा साधारण सभाबाट पारित हुनुपर्ने व्यवस्था गरिएको छ।
- प्राविधिक ज्ञान हस्तान्तरणलाई समेत आधार मानेर सेयर निस्कासन गर्न सकिने सुविधा ल्याइएको छ।
- कर्मचारीलाई पारिश्रमिक भत्ता र सुविधाको सट्टा सेयर दिन सक्ने सुविधा ल्याइएको छ। जस अनुसार कर्मचारीको सेयर बिक्री सम्बन्धी नयाँ व्यवस्था राखिएको छ।
- कम्पनी रजिस्ट्रारको कार्यालयलाई कुनै पनि जरिवाना बुझाउन बाँकी रहेको अवस्थामा असार मसान्तभित्रको समय दिएर ९० प्रतिशत जरिवाना छुट व्यवस्था पनि गरिएको छ।
- कम्पनीको सञ्चालक पदमा नियुक्त हुन वा बहाल रहन नसक्ने व्यवस्था गरिएको छ। जसमा एउटा प्राइभेट कम्पनीको व्यक्ति समान उद्देश्य भएको अर्को कम्पनीमा सञ्चालक हुन सक्ने, मुख्य कम्पनीको व्यक्ति सहायक र सहायक कम्पनीको व्यक्ति मुख्य कम्पनीमा सञ्चालक हुन सक्ने, पब्लिक कम्पनीहरूमध्ये पनि बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीमा अर्को कम्पनीमा सञ्चालक रहन सक्ने लगायत व्यवस्था गरिएको छ।
७. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा एक संशोधन र एक नयाँ व्यवस्थाः
यो ऐनको संशोधनबाट बैंक तथा वित्तीय संस्थाले चल, अचल सम्पत्ति बाहेक परियोजना, अन्य प्रकारको जमानी राखेर पनि कर्जा दिन सक्ने व्यवस्था गरिएको छ। यसअघि परियोजना कर्जा दिने व्यवस्था थिएन।
त्यस्तै सार्वजनिक निजी साझेदारीका परियोजनामा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग गरिएको परियोजना विकास सम्झौतालाई आधार मानेर पनि ऋण दिन सकिने व्यवस्था गरिएको छ। यस्तो कर्जा समयमा नउठेमा बैंक तथा वित्तीय संस्थाले ‘स्टेप इन राइट’ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
८. विशेष आर्थिक क्षेत्र ऐन २०७३ मा पाँच वटा संशोधन र चार नयाँ व्यवस्थाः
यो ऐन संशोधन गरेर उद्योगको परिभाषा फराकिलो बनाइएको छ। यसबाट नयाँ लगानीलाई सेज (विशेष आर्थिक क्षेत्र) मा जाने बाटो खुल्नेछ। सेजमा जाने सम्झौता प्रक्रिया सरल बनाइएको छ। सर्तहरू घटाइएको छ। यस्ता क्षेत्रमा बनाइएका उद्योगको भवन सम्बन्धी जानकारी स्थानीय तहलाई दिनुपर्ने व्यवस्था थपिएको छ।
त्यस्तै, विशेष आर्थिक क्षेत्रमा रहेको जग्गा बाहेक अन्य सम्पत्ति राखेर ऋण लिन सक्ने व्यवस्था गरिएको छ।
९. विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा १४ वटा संशोधन र १२ वटा नयाँ व्यवस्थाः
यो ऐन संशोधनमा प्रविधि हस्तान्तरणको परिभाषा थप फराकिलो बनाइएको छ।
प्रविधि हस्तान्तरण भन्नाले व्यवस्थापन तथा प्राविधिक सेवा, सूचना प्रविधि, मार्केटिङ तथा मार्केट रिसर्च, वित्तीय, लेखा तथा लेखा परीक्षण, इन्जिनियरिङ, आउटसोर्सिङ, मानव संसाधन आउटसोर्सिङ, डिजिटल डेटा प्रोसेसिङ तथा डिजिटल डेटा माइग्रेसन, डिजाइन सेवा वा अन्य प्राविधिक सीप वा ज्ञान’ भनेर परिभाषा फराकिलो बनाइएको हो।
विशिष्ट लगानी कोषको इकाइमा गरिएको लगानीलाई पनि विदेशी लगानीको मान्यता दिइएको छ। अनुमति प्राप्त क्षेत्रमा विदेशी मुद्रा ल्याउन सहजीकरण गर्ने कानुनी व्यवस्था गरिएको छ।
लगानी कोषका इकाइ खरिद गरी नयाँ लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। विदेशी वित्तीय संस्थाबाट ऋण लिन सक्ने, परियोजना कर्जा लिन सक्ने, सम्पत्ती हस्तान्तरण गर्न सक्ने लगायत व्यवस्थाहरू गरिएको छ।
१०. सार्वजनिक निजी साझेदार ऐन २०७५ मा सात वटा संशोधन तथा नयाँ व्यवस्थाः
यो ऐन संशोधन गरी सल्लाहकार र विशेषज्ञ सेवा लिन सक्ने सुविधा तथा व्यवस्था थप गरिएको छ। स्वचालित विद्युतीय प्रणाली प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। त्यस्तै अव्यावहारिक देखिएका धेरै शब्दहरू परिमार्जन गरिएको छ।
११. औद्योगिक व्यवसाय ऐनमा २२ वटा संशोधन तथा नयाँ व्यवस्थाः
- यो ऐनमा दर्ता नगरी उद्योग सञ्चालन गरेको पाइएमा त्यस्तो उद्योग बन्द गराउने व्यवस्था थियो। संशोधन मार्फत एक वर्षको समय दिएर उद्योग दर्ता गर्ने समय दिइएको छ।
- सेवा प्रवाह दिनुपर्ने समय तोकिएको छ। उद्योग दर्ताका लागि निवेदन दिएको १५ दिनभित्र सरकारी सम्बन्धित अधिकारीले निर्णय लिनुपर्ने र निर्णय नलिएमा स्वतः त्यस्तो उद्योग दर्ता हुने व्यवस्था गरिएको छ।
- यो ऐनमा उद्योगले लाइसेन्स पाएपछि तोकिएको समयमा उद्योग दर्ता तथा सञ्चालन नगरे रद्द हुने व्यवस्था थियो। अब मुनासिव कारण भएमा म्याद थप गर्न सकिने व्यवस्था गरिएको छ।
- उद्योगको ठाउँ सार्न लाग्ने समय तथा झन्झट घटाइएको छ। यसअघि वातावरणीय परीक्षणका लागि छुट्टै स्वीकृति लिनुपर्ने र यो परीक्षण स्वीकृत भएपछि मात्रै सार्न पाइने व्यवस्था थियो। अब भने दुवै काम एक साथ गर्न सकिने व्यवस्था गरिएको हो।
- लाइसेन्स लिएर सञ्चालित उद्योग अर्को कम्पनीलाई बिक्री गर्न चाहेमा बिक्री गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। यसअघि त्यस्तो उद्योग बिक्री गर्दा पहिले उद्योग खारेज गर्ने र पछि नयाँ उद्योगका रूपमा दर्ता गर्ने व्यवस्था थियो।
- विदेशी वित्तीय संस्थाबाट ऋण लिन सकिने व्यवस्था थपिएको छ। वार्षिक पाँच करोड रूपैयाँभन्दा बढी सूचना-प्रविधिमैत्री उद्योगलाई सहुलियत दिन सक्ने व्यवस्था गरिएको छ।
- ५० करोड रूपैयाँभन्दा बढी लगानी भएका सबै उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा परिभाषित गरी सोही अनुसार सुविधा दिइने भएको छ।
- हदबन्दी भन्दा बढी जग्गा राख्न अनुमति पाएका उद्योगले ५० प्रतिशतसम्मको जग्गा विस्तृत परियोजना प्रतिवेदनका आधारमा धितो राखिए, तोकिएको क्षेत्रकै उद्योग विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ।
यसबाहेक यो ऐनमा परियोजना कर्जा लिन सकिने व्यवस्था तथा क्षमता अभिवृद्धिको परिभाषा गरिएको छ। ‘रूग्ण उद्योग’ भन्ने शब्दावली हटाइएको छ। उद्योग विभागको जिम्मेवारी बढाइएको छ। साविकको ऐन अनुसार मन्त्रालयबाट स्वीकृत गराइ जरिवाना लगाउने व्यवस्था भएकामा यस्तो जिम्मेवारी उद्योग विभागलाई दिइएको छ।
कृषि तथा वन पैदावारमा आधारिक उद्योगको सूचीमा कृषि प्रविधि तथा यान्त्रीकरण उद्योग पनि समावेश गरिएको छ। त्यस्तै कोष व्यवस्थापन, सम्पत्ति व्यवस्थापन उद्योग पनि सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
सेवा दिने निकायले छिटोछरितो काम गर्नुपर्ने, सम्बन्धित मुद्दामा मिलापत्र गर्न सकिने, कारबाही प्रक्रिया समयमै अघि बढाउनुपर्ने, आर्थिक मुद्दामा जेल सजायभन्दा बढी जरिवानालाई प्राथमिकता दिने जस्ता विषय समावेश गरिएको छ। त्यस्तै विभिन्न दफामा भएका अव्यावहारिक केही शब्दहरू हटाइएको छ।
त्यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश मार्फत ४० वटा नयाँ तथा संशोधित व्यवस्था गरिएको छ। मुख्यतया बजेट खर्च, स्रोत व्यवस्थापन तथा बजेट चक्रमा काम गर्ने मितिहरू तोक्ने तथा परिवर्तन गर्ने काम यो अध्यादेशबाट गरिएको छ।
निजीकरण ऐन २०५० लाई संशोधन गर्न सिफारिस गरिएको अध्यादेशबाट पनि ३० वटा नयाँ तथा थप व्यवस्था गरिएको छ। यो ऐन बमोजिमको समितिका काम कारबाहीलाई पुनः व्याख्या तथा परिस्कृत गरिएको छ। यस अन्तर्गत सरकारी लगानी सम्बन्धी व्यवस्थापन र प्राथमिकीकरण गर्नुपर्ने दायित्व यो समितिलाई दिइएको छ। सरकारी लगानी व्यवस्थापन गर्नुपर्ने प्रतिष्ठानको पहिचान गर्ने जिम्मेवारी पनि थपिएको छ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login