Connect with us
Advertisement

समसामयिक सामान्यज्ञान प्रश्नोत्तर

Published

on

१ वि.सं. २०७७ असोज ३ गते संविधान दिवसको अवसरमा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) मानपदवी कस्लाइ प्रदान गरिने भएको छ ?


∙ डा. सन्दुक रुइत

२ राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन कहिले भएको थियो ?


∙ २०७७ भाद्र २ गते

३ शिखर‚ द्रविड र मुगल शैलीको सम्मिश्रण भई बनेको नेपालको पृथक मन्दिर भनेर कुनलाई मानिन्छ ?


∙ पाटनको कृष्ण मन्दिर

४ निजामती सेवा दिवस २०७७ को नारा के थियो ?
∙ स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन

५ ‘UEFA Champions League 2020’ को फुटबल च्याम्पियन क्लब कुन हो ?


∙ बायर्न म्युनिख

६ वर्ल्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको ‘ग्लोबल लिडर्स अवार्ड -२०२०’ बाट सम्मानित हुने नेपाली को हुन् ?
∙ प्रदीप परियार

७ विश्व नवप्रवर्तन सूचकाङ्क २०२० (ग्लोबल इनोभेसन इन्डेक्स 2020) मा नेपाल कुन स्थानमा रहेको छ ?
∙ ९५ औं

८ अटवारी पर्व मुख्यत कुन जातीरसमुदायले मनाउने चलन छ ?
∙ थारु

९ नेपालमा कोरोना भाइरस संक्रमित पहिलो पटक कहिले भेटिएको थियो ?
∙ २०७६ माघ १० गते

१० हिमचितुवा उपनामले विश्वचर्चित पर्वतारोही आङरीता शेर्पा को निधन कहिले भयो ?


∙ २०७७ असोज ५ गते

१२ WHO ले नोवेल कोरोना भाइरस संक्रमणलाइ लिएर विश्वमा ‘स्वास्थ्य सङ्कटकाल र विश्वव्यापी महामारी’का रुपमा कहिले घोषणा गर्यो ?
∙ क्रमशः २०२० जनवरी ३० र मार्च ११

१३ वि.सं. २०७६ सालको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरिने भएको छ ?
∙ सङ्गीतकार शान्ति ठटाल (उनी नेपाली चलचित्र क्षेत्रको पहिलो महिला सङ्गीतकार हुन् । उनले परालको आगो चलचित्रमा सङ्गीत भरेकी थिइन् )

१४ पन्ध्रौं योजना (आव २०७६र७७(२०८०र८१) ले आर्थिक वृद्धिदरको लक्ष्य कति प्रतिशत राखेको छ ?
∙ १०.३ प्रतिशत

१५ जापानमा सन् २०२० सेप्टेम्बर १६ मा नियुक्त भएका नयाँ प्रधानमन्त्री योशिहिदे सुगा कुन पार्टीका नेता हुन ?
∙ लिवरल डेमोक्रेटिक पार्टी

१६ डा. डिल्लिरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०७७ कस्लाइ प्रदान गरियो ?
∙ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र

१७ आशियानको ३६ औं शिखर सम्मेलन सन् 2020 जुन महिनामा कुन देशमा भर्चुअल रुपमा सम्पन्न भएको थियो ?
∙ भियतनाम

१८ नेपालको अद्यावधिक नयाँ नक्सा सहितको निशान छाप प्रतिनिधिसभाबाट कहिले सर्वसम्मतले पारित भएको थियो ?
∙ २०७७ जेठ ३१ गते

१९ सार्कका नयाँ महासचिवका रुपमा सन् २०२० मार्च १ मा कुन देशका को नियुक्त भए ?

∙ श्रीलंकाका एसला विराकुन

२० विश्व वातावरण दिवश 2020 जुन 5 को नारा के थियो ?
∙ Time for Nature

२१ आव २०७७/०७८ का लागि जम्मा विनियोजित बजेट रकम कति हो ?
∙  रु. १४ खर्ब ७४ अर्ब ६४ करोड

२२ कोभिड(१९ विरुद्ध अग्रपंक्तिमा खटिएका संसारका उत्कृष्ट ५ महिलाहरुको सूचीमा पर्न सफल नेपाली चिकित्सक को हुन् ?
∙ डा. रुना झा

२३ कोभिड(१९ को परीक्षण गर्ने विधि PCR र RDT  को पुरा रुप के हो ?
∙ Polymerase Chain Reaction र Rapid Diagnostic Test

२४ इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन कहिले भएको हो ?
∙ सन् २०२० फेब्रुअरी २५

२५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुन् ?

कुशल मल्ल

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक