Connect with us
Advertisement

सरकारको प्रथामिकतामा परेन बूढीगंगा जलविद्युत् आयोजना

Published

on

अछाम — सरकारी बेवास्ता, अछामबाट प्रतिनिधित्व गर्ने र जिल्लाका नेतृत्वकर्ता चुपचाप रहनु र विदेशी दाताले आयोजनालाई आफू अनुकूल बनाउन विभिन्न बहानामा सम्झौता अस्वीकार गर्दा बूढीगंगा जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । आयोजना निर्माणको अध्ययन करिब ३० वर्ष अगाडिबाट सुरु भएको थियो  ।

साँफेबगर नगरपालिका– १० मा रहेको आयोजनाबाट २० मेगावट विद्युत उत्पादनका लागि खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानीमा निर्माणका लागि अघि बढाइएको हो । राजधानी काठमाडौंबाट करिब ९ सय किलोमिटरमा रहेको यो आयोजनाले लोडसेडिङ घटाउन र लोडसेडिङ घटाउन देशको विद्युत उत्पादन क्षमता वृद्धि गरी नेपालको सामाजिक र आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको आयोजना प्रमुख सुरेन्द्र घिमिरेले बताए ।

उनका अनुसार तोकिएको मापदण्ड अनुसार २०२५ भित्र अनुमानित लागतमा सम्पन्न गर्ने उद्येश्य राखेको आयोजना हालसम्म ठेक्का पक्रियामासमेत जान सकेको छैन । आयोजनाका अनुसार बूढीगंगादेखि कैलालीको पहलमानपुर ९ सय ८५ किलोमिटर सम्म १३२ केभी प्रसारण लाइनको विकास गरी बिजुली निकालिने छ ।

‘कम्युनिटी सर्पोटको काम मात्र भइरहेको छ । आयोजनाको ठेक्काको लागि सूचना निकाल्ने , मुल्यांकन गर्ने काम भइसकेको छ । तर सम्झौता भइसकेको छ्रैन’ उनले भने ,‘ सम्झौता गर्दा दाताबाट पूर्वसहमती गर्नु पर्ने हुन्छ । त्यसका लागि सबै कागजात पठाइसकेका छौं । तर अहिलेसम्म कुनै रेस्पोन्स आएको छैन ।’ मुआब्जा वितरणमा ढिलाई , ढीपीआर समयमा नबन्नु र विभिन्न कारणले भएको ढिलासुस्तिले आयोजनाको काम अगाडि बढ्न नसकेको उनले बताए । ‘ आयोजना प्रमुख भएर आएकको एक महिना मात्र भयो । वस्तुस्थिती बुझेर व्यवस्थापन गर्न लागेका छौं । यहाँको नेतृत्वसँग पनि सहकार्य गरिरहेका छौं ।’ उनले भने ।

आयोजनाका अनुसार इञ्जिनियरिङ डिजाइन प्रतिवेदन र वातावरण प्रभाव अध्ययन (इआइए) स्वीकृत भइसकेको छ । प्रसारण लाइनका लागि आइइई प्रतिवेदन पनि स्वीकृत भइसकेको छ । तर कतार र साउदी अरबले गर्ने ऋण लगानी आयोजनाको लागि अपुग हुने भएकाले अन्य बजेट व्यवस्थापन गर्नको लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकिएको छ । तर मन्त्रालयले स्रोत सुनिश्चतता गर्न सकेको छैन ।

ऋण लगानी गरेका देशबाट आउने रकमबाहेक अन्य रकम नेपाल सरकारले व्यवस्था गर्ने सम्झौता अनुसार अपुग रकमको बारे अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको भएपनि अहिलेसम्म कुनै ठोस जवाफ नआएको आयोजना प्रमुख घिमिरले बताए । ‘सबै खालका मुल्यांकन र अध्ययन गरिसकेका छौं । ठेक्का गर्ने सूचना पनि जारि गरिसकेका छौं । तर अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता गर्नेबारे कुनै जानकारी आएको छैन ’ उनले भने ,‘मन्त्रालयले स्रोत व्यवस्थापन गर्न सक्ने गरि बजेट सुनिश्चत गरेको भए सबै कानुनी पक्रिया पुरा गरेर निर्माण कम्पनीलाई ठेक्का सम्झौता गर्न बोलाउन सकिन्थ्यो ।’

उनका अनुसार पहिले काठमाडौंमा मुख्य कार्यालय रहेकोमा गत वर्षबाट सबै जनशक्ति अछाम केन्द्रीत भएको छ । ‘अहिले आयोजनाका सामान्य कामहरु कम्युनिटी सर्पोट , बाटो र्ममत , सडक निर्माण र कार्यालयका आन्तरिक कामहरु गरिरहेका छौं’ उनले भने ,‘ ठेक्का पक्रियामा गएर निर्माण सुरु नै हुन सकेको छैन । सक्रियाताका साथ काम गर्न पनि पाएका छैनौं ।’

आयोजनाको निर्माण विकासको लागि २०१४ जुन १८ तारीखमा साउदि फण्ड फर अरब डेभलप्मेन्टसँग ६ अर्ब नेपाली रुपैँयाको रिण सम्झौता भइसकेको छ । २०७२ असाढ १४ गते सम्झौता भइ ०७३ पुसमा डिपिआर तयार पार्ने जिम्मा पाएका अष्ट्रेलीयन कम्पनी स्मेक इन्टरनेश्नल प्राइभेट लिमिटेड र नेपालको कम्पनि उदय कन्सल्टेन्सीले करिब १ वर्ष अघि मात्रै डीपीआर तयार पारेको हो । करिब १९ करोड ९१ लाख ३३ हजार नेपाली रुपैँया लागतमा आयोजनाको डिपिआर तयार भएको छ ।

सरकार आफैंले निर्माण गर्ने २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत आयोजनाको निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो । सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मुल्यांकन अध्ययन अनुसार अनुमानित कुल लागत नेपाली मुद्रामा करिव १० अर्ब रहेको छ ।

आयोजना अनुसार इन्जिनियरिङ्ग डिजाइन र वातावरणीय प्रभाव मुल्यांकन अध्ययन गरी आयोजनाको निर्माण विकासको लागि २०१४ जुन १८ तारीखमा साउदि फण्ड फर अरब डेभलप्मेन्टसँग ६ अर्ब नेपाली रुपैँयाको रिण सम्झौता भएको थियो भने २०१२ जुलाई ४ तारीखमा कुवेत फण्ड फर अरब इकोनोमिक डेभलपमेन्टसँग ५ मिलियन कुवेती दिनार (नेपाली रुपैया १.८ अर्ब) रिण सम्झौता भइसकेको छ । बाँकी रकम नेपाल सरकारले बेहोर्ने उक्त रिण सम्झौतामा उल्लेख गरीएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक