Connect with us
Advertisement

सरकारले तोकेभन्दा आधा मूल्यमा पनि धान किन्दैनन् व्यापारी

Published

on

काठमाडौँ — चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा (न्यूनतम समर्थन मूल्य) तोकेको छ । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको हो ।

सरकारले चैते धानको समर्थन मूल्य समयमै तोके पनि किसानले बिक्री गर्दा मूल्य पाएका छैनन् । किसानले धान बिक्री गर्दा प्रतिक्विन्टल १६ देखि १७ सय रुपैयाँ मात्रै पाएका छन् । व्यापारीले खरिद नगरे सरकार आफैंले किन्ने दाबी गरे पनि प्रतिबद्धताअनुसार भएको छैन । जसले गर्दा किसानले आफूहरू समस्यामा परेको गुनासो गरेका छन् । ‘सरकारले तोकेको न्यूनतम समर्थन मूल्यबारे जानकार थियौं, तर धान बिक्री गर्दा प्रतिमन (४० किलो) को ६ सयदेखि साढे ६ सय रुपैयाँ मात्रै पाएका छौं,’ झापाका

किसान नेत्रप्रसाद अधिकारीले भने, ‘अहिलेको मूल्यले लागत पनि उठेन । अब त खेत बाँझो राखे पनि भयो ।’ सस्तोमा धान पाएपछि व्यापारीहरू घरमै किन्न आउने गरेको उनको भनाइ छ ।

झापाकै किसान टीकाराम लिम्बूले पनि धान प्रतिमन ६ सय रुपैयाँमा बिक्री भएको जनाए ।

गत वर्षको तुलनामा धानको मूल्य आधाले घटेको उनको गुनासो छ ।

‘अहिले प्रतिमन ६ सय रुपैयाँ चले पनि मूल्य घटेर ५ सयमा झर्ने चर्चा छ,’ उनले भने, ‘यस्तो अवस्थामा धान बेच्ने कि के गर्ने, अन्योल छ । धान बिक्री गर्दा लागत उठ्दैन, बिक्री नगरौं मौज्दात राख्ने ठाउँ छैन ।’ सरकारले चैते धान खरिद नगर्दा किसानले मूल्य नपाएको उनको भनाइ छ ।

गत वर्षको तुलनामा सरकारले यसपालि चैते धानको खरिद मूल्य बढाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा तोकेकामा अहिले बढाएर प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा कायम गरेको छ । तर मूल्य तोक्नेबाहेक केही नगरेको किसानको गुनासो छ ।

‘एकतर्फ चैते धानको अत्यन्त न्यून मूल्यमा खरिदबिक्री भइराखेको छ । अर्कोतर्फ धान बिक्री नभएर कुहिने अवस्थामा पनि पुगेको छ । सरकारले मूल्य तोकेर मात्र छाडिदिँदा किसानको बिगोज भएको छ,’ अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालले भनिन्, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान किन्नुपर्ने हो, तर तयारी मात्रै गर्‍यो, धान किनेन, जसले गर्दा किसानले मूल्य पाएनन् । किसानहरू कौडीको भाउमा बिक्री गर्न बाध्य भए ।’

औपचारिकताका आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिने तर खरिद गर्ने व्यवस्था नगरी किसानलाई झुक्याउने, हतोत्साही र निराश बनाउने काम भएको उनले बताइन् । महासंघले चैते धान तोकिएको मूल्यमा खरिद गर्न र निर्धारित मूल्यभन्दा कम मूल्यमा बिक्री गरिएको धानको समर्थन मूल्य बराबरको रकम किसानले प्राप्त गर्ने गरी शोधभर्ना दिनसमेत माग गरेको छ । ‘सरकारले धान खरिदमा ढिलासुस्ती, बहानाबाजी गर्ने र निर्धारित मूल्य बराबरको शोधभर्ना भुक्तानी नदिए धान उत्पादक किसान कडा कदम उठाउन बाध्य हुनेछन्,’ भुसालले भनिन् ।

चैत धानमा मूल्य नपाएको अवस्थामा सरकारले यही धानमार्फत चामलमा आत्मनिर्भर हुने घोषणा गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी चैते धान खेती प्रवर्द्धन गर्ने सरकारको तयारी छ । त्यसका लागि तराई र भित्री मधेशका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन योजना छ । यसबाट थप १२ लाख टन धान उत्पादन हुने अनुमान छ ।

कृषि मन्त्रालयका अनुसार चैत धान १ लाख २० हजार हेक्टरमा खेती गरिन्छ । चैत धानको उत्पादकत्व प्रतिहेक्टर ५ टन छ । वर्षको ५ लाख टन उत्पादन हुन्छ । तर उत्पादनले बजार, मूल्य पाएको छैन । धान उत्पादन बढाउन र किसान प्रोत्साहन गर्न सरकारले पहिलो प्राथमिकता धान किन्नुपर्ने नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले जनाए । तर पूर्वी जिल्लामा किसान समस्यामा परेको उनले जनाए । ‘झापा, मोरङ, सुनसरीसँगै चितवनका किसानले पनि मूल्य नपाएको गुनासो आएको छ,’ उनले भने, ‘किसानले चैते धान राम्रो उत्पादन गरेका छन्, तर मूल्य पाएका छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तत्काल खरिदको व्यवस्था गर्नुपर्छ ।’

चैते धान खरिदको योजनामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जनाए । ‘चैत धानमा बढी भिजेको हुन्छ, त्यसलाई सुकाउनुपर्‍यो, खाद्यसँग त्यो सुविधा छैन । धानको माग पनि न्यून छ, चिउरा मात्रै बनाउने हो,’ आचार्यले भने, ‘यद्यपि चैते धान खरिदको सन्दर्भमा मन्त्रालय, संघसंस्थाहरूसँग छलफल भइरहेको छ ।’

चैते धान भिजेकै कारण व्यापारीकै मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको आचार्यको भनाइ छ । ‘बर्खे धानको हकमा भने बजार (व्यापारी) को माग बढी हुन्छ । मूल्य पनि बढी पर्छ । किसानले पनि सरकारभन्दा व्यापारीलाई बिक्री गर्न खोज्छन्,’ उनले भने, ‘त्यही कारण ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यमा जम्मा १ लाख २० हजार क्विन्टल धान खरिद भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक