Banner
सांसद ओझाले गरे २ करोड ३० लाखमा बन्ने सामुदायिक भवनकाे शिलान्यास
विराटचोकः सामुदायिक भवन प्रदेश सरकारको बजेटमा सुन्दरहरैचा नगरपालिका वाडा नम्बर ११ स्थित शुक्रबारेमा बन्ने भएको छ ।
प्रदेश सांसद राजकुमार ओझाको हातबाट मक्करधन सामुदायिक भवनको बुधबार विधिवत् शिलान्यास भएको छ । प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयको दुई करोड तीस लाख बजेटले सुन्दरहरैंचा ११ शुक्रबारेमा उक्त सुविधासम्पन्न भवन बन्न लागेको हो ।
रमेश खड्काको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा प्रमुख अतिथी सांसद ओझा, विशेष अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल, उपमेयर धना तामाङ, सहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख रामसुवर्ण चौधरी अतिथिहरु वडाध्यक्षहरु विशनलाल चौधरी, रोशन ढकाल, उधोग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाईंलगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद ओझाले निर्वाचनको समय वाहेक फरक बिचारधारा बोकेका राजनीतिक पार्टीहरु मिलेर विकासको निम्ति हातेमालोका साथ अघि बढ्नुपर्ने बताए । आफ्नो क्षेत्रभित्र संचालन हुने योजनाहरुमा यदि कसैले धाकधम्की दिएर चन्दा असुल्ने तथा गुण्डागर्दी गर्ने दुस्प्रयास गरेमा आफुलाई भन्न समेत आव्हान गरेका छन् । सामुदायिक भवनको निर्माणमा कुनैपनी कमजोरी नगर्न र मजवुत एवम् गुणस्तरिय बनाउन ठेकेदार कम्पनीको ध्यानाकर्षण समेत गराए । भवन निर्माणकोलागी ३ कठ्ठा जग्गा स्थानीय शोभितमान श्रेष्ठले निःशुल्क दिएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै सुन्दरहरैंचाका नगरप्रमुख ढकालले माननीय ओझाको पहलमा प्रदेश सरकारद्वारा नगरमा निर्माण हुन लागेको वृहत् सामुदायिक भवन प्रती खुशी व्यक्त गरे । उक्त भवन निर्माणमा सहरी विकास डिभिजन कार्यालयलाई आवश्यक परे नगरपालिकाले प्राविधिक तथा अन्य सहयोग गर्ने समेत व्यक्त गरे ।

सामुदायिक भवन निर्माण हुने कुराले शुक्रबारेका जनता निकै हर्सित बनेका छन् । भवन बने पश्चात् सामाजिक कार्यक्रम गर्नका लागी ठुलो सहयोग पुग्ने र एकता समेत वृद्धि हुने स्थानीय यूवा समाजसेवी जय चौधरी वताउँछन् । स्वागत मन्तव्यमा बोल्दै शुक्रबारेका समाजसेवी मोहनलाल श्रेष्ठले यत्ति ठुलो बजेटमा समाजले मागेको सामुदायिक भवन निर्माण हुनलागेकोमा धन्यवाद समेत दिएका छन् ।
गत जेठ नौ गते लक्ष्मीमाता पि.एण्ड.जि. जेभी भद्रपुर झापासँग एक करोड पचास लाख छब्बीस हजार लागतमा ठेक्का सम्झौता भएको उक्त योजनाको एक बर्ष भित्र काम सक्ने सहमति भएको छ । निर्माण कार्यको रेखदेख एवम् अनुगमन प्रदेश सरकार सहरी विकास तथा भवन कार्यालय विराटनगरले गर्ने सांसद ओझाका स्वकिय सचिव मिलन घिमिरेले जानकारी दिए ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login