Connect with us
Advertisement

सामाजिक सञ्जालमा धेरै अभ्यस्त हुँदा युवाको सुनौलो मौका गुम्ने खतराः मेयर ढकाल

Published

on

विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिकामा लोक सेवा तयारी कक्षा सम्पन्न भएको छ । इष्ट नेपाल टेक्निकल कलेजको आयोजना तथा सुन्दरहरैचा नगरपालिकाको आर्थिक सहयोगमा १ महिनासम्म चलेको लोक सेवा तयारी कक्षा शनिबार सम्पन्न भएको हो ।

महिलाहरूका लागि लक्षित सो तयारी कक्षामा नगरका ३५ जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।

उनीहरूलाई लोकसेवाको पहिलो पत्रको तयारीको बारेमा ज्ञान प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष सुजन पोख्रेलले बताए ।

समापन कार्यक्रममा प्रमुख अतिथि रहेका नगरप्रमुख शिवप्रसाद ढकालले सहभागीलाई आफ्ना अनुभव प्रदान गर्दै युवा अवस्थाको समयलाई सही ढङ्गले उपयोग गर्नुपर्ने बताए । सहभागीलाई थप तालीम दिनुपर्ने भए त्यसको लागि बजेट विनियोजन गर्न आफू तयार रहेको पनि उनले बताए ।

अहिलेका युवा पुस्ता सामाजिक सञ्जालमा धेरै अभ्यस्त हुँदा राम्रा गन्तव्य मर्दै जाने भएकाले समयमै भविष्य निर्धारणका लागि लाग्न उनले अनुरोध गरेका थिए । अहिलेका युवा पुस्तको धेरै सुनौलो मौका गुम्दै जाने उनको तर्क थियो । नकारात्मक सोचलाई सधैंका लाई बन्द गर्न पनि उनले सुझाव दिए । राज्यले कानुनी रूपमा महिलाका लागि आरक्षणको व्यवस्था गरे पनि त्यो अझै चित्तबुझ्दो नभएको उनको भनाइ थियो ।

कार्यक्रममा उपप्रमुख धनमाया तामाङले तयारी कक्षामा सिकेको सिपको उपयोग गर्दै सिकाइलाई निरन्तरता दिन जोड दिइन् । जीवनमा समस्या धेरै भए पनि यसबाट भाग्नुभन्दा अगाडि बढेर जान उनले आग्रह गरिन् । सरकारी जागिरे जीवन यापनमा महिलालाई यो कार्यक्रम कोसेढुङ्गा साबित हुने उनको भनाइ थियो ।

सहभागी प्रशिक्षार्थी मनिता खवासले २ वर्ष अगाडि कलेज पढ्दै गर्दा खरिदारको परीक्षा दिए पनि नाम निकाल्न नसकेकोमा अब आफूमा आँट आएको बताइन् । प्रश्न पढ्न नै धेरै समय लाग्ने गरेको तथा किताब पढ्नका लागि मात्र पढ्ने गरे पनि तयारी कक्षामा बसेपछि सटिक र सूत्रबद्ध तरिकाले पढ्दा बुझिँदो रहेछ भन्ने आफूले बुझेको उनले बताइन् ।

सहभागी ज्ञानु घिमिरेले धेरै समय कक्षा लिन नसके पनि पढ्ने तरिका र परीक्षा दिँदा र परीक्षाको तयारी गर्दा ध्यानदिनुपर्ने कुराका बारेमा जानकारी भएको बताइन् । आफूले पढ्दा भन्दा अरुले पढेको सुनेरै ज्ञान हासिल गर्न सकिने उनको भनाइ थियो ।

प्रशिक्षार्थी पूजा खवासले किताबी ज्ञानभन्दा तयारी कक्षामा सिकेको ज्ञानको उपयोग गर्न सके लोक सेवा पास गर्न सकिने बताइन् । तयारी कक्षाले आफूमा ऊर्जा भरिएकाले सफलता लिएरै छाड्ने लक्ष्य रहेको उनले सुनाइन् ।

एक महिने तयारी कक्षामा सामान्य ज्ञान, बौद्धिक प्रश्न र संविधानका बारेमा जानकारी गराइएको आयोजकले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक