Connect with us
Advertisement

सामाजिक सञ्जालहरुदेखि चिया पसलसम्म आइपीओकै चर्चा, बैंकमा सेयर भर्नेको भीड

Published

on

इशारा कोइराला
‘आइपीओ भर्नु भयो त ?’
‘आइपीओ नभर्ने त कुरै भएन । मैले त  छोराछोरी, श्रीमती सबैको डिम्याट एकाउन्ट खोलेर आइपीओ भरे ।’
‘मैले पनि आमाबुबा सबैको नाममा आइपीओ भरे ।’ 
यो पुरानो बानेश्वरको एउटा चिया पसलमा भएको सम्वाद हो । चिया पसलको यो सम्वादले आइपीओको चर्चा सामान्य व्यक्तिहरुमाझ पनि उत्तिकै हुने गरेको देखिएको छ । विशेषगरी दोस्रो बजार बुलिस हुँदै गएपछि चोक–गल्ली अनि चिया पसल जताततै यस्ता गफ चल्ने गर्छ । सेयर बजारको चर्चा हुन थाल्छ । यो समग्र पुँजी बजारको लागि राम्रो पक्ष पनि हो ।

bank_3_1_18_2021_7_50_12.jpg

चिया पसलमा मात्रै होइन पछिल्लो समय आइपीओको चर्चा सामाजिक सञ्जालहरुमा निकै बढी हुने गरेको छ । पहिले सेयर बजारसँग सम्बिन्धित रहेर सञ्चालन भएका फेसबुक ग्रुपहरुमा मात्र सेयर बजारको बारेमा चर्चा हुने गरेकोमा अहिले त्यो चर्चा ‘ट्रोल’ निर्माण गर्ने ग्रुपहरुमा पनि हुने गरेको छ । यसैको उदाहरण स्वरुपः युवाहरु माझ लोकप्रिय रहेको ‘रुटिङ् अफ नेपाल बन्द’लाई लिन सकिन्छ ।

फेसबुकमा २१ लाखभन्दा बढीले लाइक गरेको यस पेजले केही समय पहिलेसम्म सेयर बजारलाई लिए कुनै पोष्ट नगरेकोमा पछिल्लो समय दैनिक जस्तो सेयर बजार त्यसमा पनि आइपीओसँग सम्बन्धित भएर एउटा पोष्ट गर्ने गरेको छ । यो त एउटा फेसबुकको उदाहरण ग्रुप मात्रै हो यो बाहेक श्रीमती संगठन लगायतका फेसबुक ग्रुपमा पनि आइपीओको चर्चा हुने गरेको छ ।

सामाजिक सञ्जालका अरु माध्यमहरु ‘टुइटर’, ‘इन्ष्ट्राग्राम’ मा आइपीओको बारेमा प्रसस्त पोष्टहरु देख्न सकिन्छ । पछिल्लो समय लोकप्रिय बन्दै आएको ‘टिकटक’मा पनि आइपीओको बारेमा विभिन्न प्रयोगकर्ताले भिडियो बनाएर पोष्ट गर्ने गरेका छन् भने त्यो पोष्टमा लाखौं लाइक र कमेन्ट आउने गरेका छन् । यसले पछिल्लो समय आइपीओमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

बैंकमा सेयर भर्नेको भीड 

शुक्रबार माघ २ गतेदेखि आइपीओ खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आवेदन दिन बैंकमा लगानीकर्ताको भीड लागेको छ । लगानीकर्ताले मेरो सेयर सफ्टवेयरमार्फत घरबाटै सेयर आवेदन दिन सक्ने भए पनि बैंकमा पनि आम लगानीकर्ताको उत्तिकै भीड लाग्ने गरेको छ । यसको कारण भनेको पछिल्लो समय ै डिम्याट खाता खोलेकाले मेरो सेयरको सबै प्रक्रिया पूरा गर्न नभ्याएर हो भने, केही लगानीकर्ता मेरो सेयर सफ्टवेयर चलाउन नजानेर पनि बैंकमा अस्वामार्फत सेयर भर्न गएका हुन् ।

सिद्धार्थ बैंक गोंगवु शाखामा भेटिएका तनहुँका सूर्यनाथ वाग्ले मेरो सेयर सफ्टवेयरका लागि बैंकमा आवेदन दिएकाले अहिले सी आस्वामार्फत नै बैंकमा आएर इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा आवेदन दिएको बताउँछन् । बैंकका कर्मचारी पनि पछिल्लो समय डिम्याट खाता, मेरो सेयर र सीआरएन नम्बर लिन बैंकमा सेवाग्राहीको भीड लाग्ने गरेको बताउँछन् ।

झन् आइपीओ खुल्दा सी अस्वामार्फत सेयर भर्ने लगानीकर्ताको बिहानदेखि नै भीड लाग्ने गरेको कृषि विकास बैंक महाराजगञ्ज शाखामा काम गर्ने एक कर्मचारी बताउँछिन् । उनले भनिन्,‘अहिले बैंकमा अधिकांश सेवाग्राही डिम्याट खाता, मेरो सेयर र सीआरएन नम्बर लिन आउने गर्नुभएको छ । आइपीओ खुलेको बेला बैंकमा आएर सेयर भर्ने लगानीकर्ता पनि पछिल्लो समय बढेको छ ।’
दैनिक १७ हजार भन्दा बढीले खोल्छन् डिम्याट खाता
सीडीएसको पछिल्लो तथ्यांक अनुसार दैनिक औषतमा १७ हजार जनाभन्दा बढीले डिम्याट खाता खोल्ने गरेका छन् । केहि महिनायता यसरी दैनिक रुपमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ह्वातै बढेको सीडीएसको तथ्यांकमा उल्लेख छ । सीडीएसको पछिल्लो तथ्यांक माघ ५ गते सोमबारसम्म डिम्याट अकाउन्ट खोल्नेको संख्या २५ लाख ८२ हजार १०४ जना रहेका छन् ।

गत शुक्रबारसम्म यो संख्या २५ लाख ३४५ जना मात्र थियो । यसरी हेर्दा २ दिनमा डिम्याट खाता खोल्नेको संख्या भारीमात्रामा वृद्धि भएको देखिन्छ । यता, दैनिक रुपमा मेरो सेयर सुविधा लिनेको संख्या औषतमा १३ हजार भन्दा बढी रहेको सीडीएसले जनाएको छ ।

आखिर, आइपीओमा यति धेरै आकर्षण किन ?
पछिल्लो समय आइपीओमा ह्वातै आकर्षण बढ्नुको मुख्य कारण भनेको दोस्रो बजारमा सेयरको भाउ बढ्दै जानु नै हो । दोस्रो बजार सुधार हुँदै जाँदा प्राथमिक बजारमा पनि लगानीकर्ताको चाप वृद्धि हुने गर्छ । पछिल्लो समय आइपीओ खुला गरेर दोस्रो बजारमा सूचीकृत भएका सबै कम्पनीको सेयरबाट लगानीकर्ताले राम्रो नाफा प्राप्त गरेका छन् । यसबीचमा सबैभन्दा धेरै आकर्षण र नाफा नेपाल पुनर्बिमा कम्पनीले बनाएको देखिन्छ । यस कम्पनीको सेयर भाउ निकै छोटो समयमा अत्याधिक वृद्धि भएको छ ।

यसबीचमा प्रायः सबै कम्पनीको सेयर भाउ वृद्धि भएको छ । यस्तै, लक डाउनका कारण मानिसको प्रविधिसँग निकटता बढेको देखिन्छ । यसले पनि आइपीओमा लगानी गर्न थप सहज बनाएको छ । सथै, सधै व्यस्त हुने मानिसले लक डाउनमा मिलेको फुर्सदका बेला सेयर बजार सम्बन्धी अध्ययन गर्न पाएकाले पनि यसतर्फ आकर्षण बढाउन सहयोग पुगेको जानकारहरु बताउँछन् ।

यसको अलावा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो (८ अर्ब रुपैयाँ) बराबरको आइपीओ जारी गरेकले पनि यसमा लगानीकर्ताको आकर्षण बढ्न गएको हो । यो आइपीओ भर्न निकै नयाँ आवेदकहरु थपिएका सरोकारवालाहरुको भनाई छ ।

अझै प्राथमिक सेयर बजारमा पहुँच बढाउन आवश्यक
प्राथमिक बजारमा सेयर आवेदन दिनेको संख्या बढिरहेको भए पनि अझै यो पर्याप्त देखिएको छैन । कुल जनसंख्याको अत्यन्त न्यून हिस्सामात्र आइपीओ बजारमा आएको पाइन्छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म २५ लाख ८२ हजार १०४ जनाले डिम्याट एकाउन्ट खोलेका छन् । करिब ३ करोड जनसंख्यालाई आधार मान्ने हो भने यो संख्या ज्यादै कम हो ।

एउटा व्यक्तिले २ वटासम्म डिम्याट खोल्ने पाउने व्यवस्था भएकाले पनि यो संख्या उच्च देखिएको हो । तथापि, प्राथमिक बजारको ज्ञान र पहुँच आभावका कारण पनि अझै आइपीओ आवेदन दिनेको कम रहेको हो । यसलाई सरोकारवाला निकायले स्वीकार गरेर वित्तीय शिक्षा र पहुँचको वृद्धि गर्न आवश्यक देखिन्छ । – नेपाली पैसाबाट

शेयर बजारको हालसम्मकै ठूलो आईपीओ खुल्यो, डिम्याट खोल्ने सबैले आवेदन दिए पनि ३० कित्ता पर्ने

चन्द्रागिरिको आइपीओ भर्ने सबैलाई केवलकारको टिकटमा २५ प्रतिशत छुट

चन्द्रागिरि हिल्सको आईपीओमा रेकर्ड ब्रेक, साढे १२ लाखभन्दा बढीले गरे आवेदन

सन् २०२०ः नेपाली शेयर बजारमा रेकर्डै रेकर्ड

उतारचढावका बीच नेप्सेमा झिनो सुधार, कारोबार रकममा नेपाल लाइफले गर्याे रेकर्ड ब्रेक

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक