Banner
सामुदायिक विद्यालय नभएको वडा नम्बर १२ मा सुकुना माविको बिस्तारित कक्षा, कक्षा ५ सम्म पढाइ हुने
विराटचोकः सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून भइरहेको अवस्थामा सुकुना माध्यमिक विद्यालयको बिस्तारित कक्षा सञ्चालन हुने भएको छ । यससँगै सामुदायिक विद्यालय नभएको सुन्दरहरैंचाको वडा नम्बर १२ मा सामुदायिक विद्यालय बन्ने पक्का भएको छ ।
अन्य वडामा सामुदायिक विद्यालय भए पनि यो वडामा सामुदायिक विद्यालय थिएन । सुकुना माध्यमिक विद्यालयको जग्गामा नगरपालिका र वडा कार्यालयको बजेटबाट बन्ने भवनको शुक्रबार नगरप्रमुख शिवप्रसाद ढकाल र उपप्रमुख धनमाया तामाङले संयुक्त रुपमा शिलान्यास गरे ।
शिलान्यास कार्यक्रममा बोल्दै सुकुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले सामुदायिक विद्यालय समाजकोे सम्पत्ति भएकाले यसलाई प्रभावकारी र गुणस्तरीय बनाउन सुकुनाको विस्तारित शाखाको रुपमा निर्माण गरी आधारभूत तहसम्मको पढाइ सञ्चालन गरिने बताए ।
सुकुना क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद अधिकारीले निर्माणकार्य समयमै सम्पन्न गरी नगरको नमूना विद्यालयको रुपमा विकास गरी आवासीय विद्यालय बनाउनुपर्नेमा जोड दिए ।

वडा नम्बर १० का अध्यक्ष राजेन्द्रबहादुर थापाले विद्यालय निर्माण गर्दा इतिहासका धरोहरलाई सम्झनुपर्ने बताउँदै विद्यालय सञ्चालनसँगै आधारभूत कक्षाका विद्यार्थीलाई राजमार्ग उत्तर जानुपर्ने बाध्यता हट्ने बताए ।
वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले वडामा सामुदायिक विद्यालय नभएको अवस्थामा आफूले नगरपालिकामा जोडदार कुरा उठाएर विद्यालयको निर्माणका लागि यो अवस्थासम्म ल्याएको बताए ।
६ कोठाको २ तले भवन निर्माणका लागि १ करोड ४ लाख लागत इस्टिमेट भएकोमा चालु आर्थिक वर्षमा ३० लाख विनियोजन भई कार्य शुरु भएको उनले बताए । १ वर्षमा निर्माण सम्पन्न हुुने गरी काम गरिने उनले जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख तामाङले आम नागरिक सचेत बनाउने विद्यालयको यो वडामा खाँचो भएको अवस्थामा निर्माण कार्य शुरु हुनु सुखद भएको बताइन् ।
नगरप्रमुख ढकालले ७ वटा विद्यालय मर्ज भइसकेको नगरमा यो विद्यालय सञ्चालन भएपछि वडामा आधारभूत विद्यालयको आवश्यकताको माग पूरा हुने बताए । सुन्दरहरैंचाको सुकुना, साजीलाल, शिक्षा निकेतन जस्ता सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढिरहेको उनले बताए ।
आगामी आर्थिक वर्षमा वडा नम्बर १२ मा संकलन हुने राजस्वको आधा रकम सोही विद्यालय निर्माणमा लगानी गर्ने उद्घोष नगरप्रमुख ढकालले गरेका छन् । विद्यालयलाई डिठ्ठा स्वर्गीय रत्नबहादुर खड्काले जग्गा दान गरेका थिए । उनले दान दिएको १० कठ्ठा जग्गामा विद्यालयको भवन बन्न लागेको हो ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login