Banner
सासूले जबरजस्ती गर्भपतनको औषधि खुवाउँदा अस्पतालमा छट्पटाउँदै सनिसा
तीन वर्षको प्रेम सम्बन्धपछि विवाह गरेकी सप्तरीको हनुमानननगर कंकालिनी नगरपालिका–२ सकरदहीकी २० वर्षीया सनिशा खंग बुधबार बिहान अस्पतालको शय्यामा पीडाले छटपटाइरहेकी थिइन् । चार महिनाकी गर्भवती रहेकी सनिशालाई एकाबिहानै गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । उनकी सासू सोही ठाउँकी ४४ वर्षीया झुलफुलदेवी खंग र अर्का एक जनाले जबरजस्ती सनिशालाई गर्भवतनको औषधि खुवाएपछि पेटको दुखाईले अचेत अवस्थामा पुगेकी उनलाई छिमेकीको सहयोगमा अस्पतालसम्म ल्याइयो । तर, ढिलो भइसकेकोले सनिशाको गर्भमा रहेको बच्चा जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सक डा. दिलिपकुमार साहले बताए । ‘बिहान साढे ८ बजेतिर मृत अवस्थामा हामीले १७ हप्ताको बच्चा निकाल्यौं’, उनले भने ।
उनका पती २२ वर्षीय शिवजी खंग अढाई महिनादेखि सनिशाको सम्पर्कमा छैनन् । अस्पतालको २१ नम्बर शय्यामा छटपटाइरहेकी सनिशाले भनिन्, ‘प्रेमीले धोका दिँदा घर न घाटकी भइसकेकी छु, बच्चाको लागि बाँच्न खोजेको थिए तर त्यो पनि रहन दिएन ।’
उनले मंगलबार राति करिब ११ बजेतिर सासू झुलफुलदेवी र छिमेकी सासू पर्नेले जबरजस्ती गर्भपतनको औषधि खुवाएकी बताइन् । ‘दुवै जनाले औषधि खुवाएपछि मोबाइल पनि खोजिहाल्दा कसैसँग समयमा सम्पर्क पनि गर्न सकिनँ,’ उनले थपिन्, ‘जसोतसो गरेर तीन घण्टापछि घरबाट निस्किएर छिमेकीसँग सहयोग मागे, असाध्यै पेट दुखिरहँदा छिमेकीकै सहयोगमा अस्पतालसम्म आएँ, तर बच्चा जोगाउन नसक्दा मर्नु न बाच्नु भइरहेको छ ।’
एक वर्षअघि उनका प्रेमी शिवजीले नै जोडबल गरेपछि दुवै जनाले कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेका थिए । तत्काल अलग–अलग बसेर पढाई पूरा भएपछि सँगै बस्ने उनीहरुबीच सहमति थियो । तर, चैतको पहिलो साता शिवजीले सनिशालाई आफ्नै घरमा राख्ने भन्दै घर लगे पनि शिवजीका बुवा परमेश्वर खंग र आमा झुलफुलदेवीले उनलाई बुहारी स्वीकार गर्न तयार भएनन् ।

‘त्यहाँ हामी अलग–अलग सुत्यौं, ८/९ दिनसम्म त्यस्तै बसेँ,’ सनिशाले भनिन्, ‘पछि शिवजी आफ्नी दिदीकोमा दौलतपुर (विहार) जाने भएपछि मलाई पनि जान भन्यो, तबसम्म उनीहरुलाई म गर्भवती रहेको कुरा जानकारी भइसकेको थियो ।’
१२ दिन उनकी दिदीको ससुराली (दौलतपुर) मा बसेकी बताउँदै सनिशाले त्यहाँ पनि दिल्ली लगेर गर्भपतन गराउने योजना बनाएपछि त्यहाँबाट भागेर घर फर्किएको बताइन् । ‘चैत ११ गते राति फर्किँदा घरमा पस्नै दिएन अनि हनुमाननगर प्रहरी चौकीमा पुगेर ती सबै घटना बताए, अर्को दिन त्यहाँबाट जिल्ला प्रहरी कार्यालय पनि पुगे,’ उनले भनिन्, ‘चैत १२ गतेतिर प्रहरीमा कागज बन्यो र प्रहरीले शिवजीको घरमा बस्ने वातावरण बनाइदियो तर त्यसपछि शिवजी र उनका बुवाआमा घरमा ताल्चा नै लगादिएर हिँडिहालेछन्, प्रहरीले ताल्चा फुटाएर घरमा बसाए पनि उनीहरुले खाने कुरा सबै अन्यत्र नै सारिसकेका थिए ।’
तीन महिनाभन्दा बढी समयदेखि मागेरै गुजारा चलाउँदै आएकी सनिशालाई जबरजस्ती औषधि खुवाएर गर्भवतन गराउँदा उनी थप विच्चलीमा परेकी छन् । ‘मेरा बुवाआमाले अनुहार नै नहेर्ने कसम खाइसकेकाले त्यहाँ जाने ठाउँ नै रहेन,’ उनले थपिन्, ‘धोखेवाज पतिका कारण न उच्च कक्षासम्म पढ्न पाएँ, न कोहीँ आफ्नो रह्यो ।’ सनिशाले कक्षा १२ सम्म पढेर छाडेकी छन् ।
एसपी ढकेन्द्र खतिवडाले सनिशाका सासूससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । ‘गर्भपतनको औषधि कसैले खुवायो की आफैंले खाइन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ’, उनले भने ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login