Banner
सुन्दरहरैंचाका जनप्रतिनिधिले यसरी आक्रोश पोखे पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीसमक्ष
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयलाई आज नेपाल स्कुल अफ अन्ट्रप्रनरसीपले १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्न आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा जनप्रतिनिधिले विश्वविद्यालयका प्रतिनिधिसमक्ष आक्रोश पोखेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुन्दरहरैंचाका प्रमुख शिवप्रसाद ढकाल र प्रदेश सांसद लोकप्रसाद संग्रौलाले विश्वविद्यालयका पदाधिकारीसमक्ष आक्रोश पोखेका हुन् । जनप्रतिनिधिले सहयोग गर्दागर्दै पनि विश्वविद्यालयका पदाधिकारीले गम्भीरतापूर्वक काम नगर्दा विश्वविद्यालयको अवस्था खराब हुँदै गएको जनप्रतिनिधिको भनाइ थियो ।
‘लामो रस्साकस्सीपछि विश्वविद्यालयमा पदाधिकारी नियुक्त हुनुभयो’ नगरप्रमुख ढकालले भने, ‘अब विश्वविद्यालय लम्किने मात्रै होइन चम्किन्छ भन्ने थियो । तर त्यस्तो भएन ।’ विश्वविद्यालयका पदाधिकारीले नै खासै चासो नदिएको उनले आरोप लगाए । कोरोनाको महामारीको पहिलो लहरमा विश्वविद्यालयले क्वारेन्टाइन निर्माणको लागि स्थान उपलब्ध गराएर सहयोग गरे पनि दोस्रो लहरमा अपेक्षाकृत सहयोग नपाइएको उनले बताए ।
‘विश्वविद्यालयमा कोभिड अस्पताल सञ्चालन गर्नुपर्छ भनेर बारम्बार म धाएँ । तर कतैबाट सहयोग नपाएपछि म आफैँ ‘ग्वाँ’ भएँ’, उनले अगाडि थपे, ‘कोभिड संक्रमितको उपचार पनि होस् र सहज क्वारेन्टाइन व्यवस्थापनमा जस्तो सहज उपचारमा पनि विश्वविद्यालयको नाम आओस् भन्ने नगरपालिकाको चाहना थियो । तर पदाधिकारीको असहयोगकै कारण बाध्य भएर हरैंचा अस्पताललाई स्तरोन्नति गरेर कोभिड अस्पताल व्यवस्थापन गर्नुपर्याे । यो संस्था स्वास्थ्य विज्ञ उत्पादन गर्ने कारखाना हो, तर कारखानामै विज्ञको हाहाकार किन हुन पुग्यो भन्ने मैले बुझ्न सकिनँ ।’
उपकुलपतिले शीघ्र निर्णय लिन सक्नुपर्ने नगर प्रमुख ढकालले बताए । अहिले विश्वविद्यालय आउने बाटो कालोपत्रे भएपछि बिरामी आउन धेरै सहज भएको बताउँदै नगरपालिकाले गर्ने सहयोग गर्न सधैँ तयार भएको उनले बताए । नगरपालिका आफैँ लागेर कोरोना संक्रमित नगरवासीको घरघरमा पुगेर औषधी वितरण गरेको, मध्यरातमा पनि अक्सिजनका सिलिण्डर संक्रमितका घरमा पुर्याएको बताउँदै यत्रो भौतिक संरचना हुँदा पनि विश्वविद्यालयमा आफूले सोचेअनुसार स्वास्थ्य सेवा दिने वातावरण बनाउन नसकेको उनको भनाइ थियो ।
प्रदेश सांसद लोकप्रसाद संग्रौलाले पनि विश्वविद्यालयले गति लिन नसक्नुमा पदाधिकारी मुख्य दोषी भएको बताए । पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल भनिए पनि अस्पताल जस्तो नभएको उनले बताए ।
‘यहाँ पिलोसम्म काटिँदैन’ संग्रौलाले भने, ‘अनि कसरी हो यो शिक्षण अस्पताल ?’ घरनजिक अस्पताल भए पनि उपचारको लागि अन्यत्र जानुपर्दा मन दुख्ने गरेको उनले सुनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा यादवराज कोइरालाले विश्वविद्यालय स्थापना हुँदा नै जनस्तरबाट सहयोग जुटाएर चलाइने भनिएको हुनाले सरकारले सहयोग गर्न नसकेको बताए । विश्वविद्यालयको प्रस्तावनामा रहेको जनस्तरबाट सञ्चालित भन्ने वाक्यांश नहटाएसम्म सरकारबाट सहयोग पाउने गाह्रो हुने कोइरालाको भनाइ थियो ।
उद्यमशीलताको तालीम दिने अन्ट्रनसीपले कोभिडको समयमा धेरै जना अक्सिजनको अभावमा छटपटिएको पाएपछि सहयोगी खोजेर सहयोग गरिएको दातासँग समन्वय गरेर स्वास्थ्य सामग्री ल्याएको नेपाल स्कुल अफ अन्ट्रप्रनरसीपका प्रणय समशेर राणाले बताए । यसै क्रममा सामाजिक सञ्जालमा रञ्जन ओझा तथा अस्पताल निर्देशक डा. विपेश आचार्यसँग समन्वय भइरहेको समयमा डा. आचार्य काठमाडौं पुगेर स्वास्थ्य सामग्री अति नै आवश्यक भएको बताएपछि हामीले १० थान स्वास्थ्य सामग्री दिने निर्णय गरेको राणाले जानकारी दिए ।
पूर्वाञ्चल विश्वविद्यालयलाई १० वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login