Banner
सुन्दरहरैंचाका २१ वटा होटल तथा खाजाघरको अनुगमन गर्दा १० वटा देखिए उत्तम
विराटचोकः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा मोरङको सुन्दरहरैंचाका २१ वटा होटल तथा खाजाघरको अनुगमन भएको छ । अनुगमनका क्रममा १० वटा होटलले २ तारा अंकित उत्तम वर्गको खाद्य स्वच्छता मापक स्टीकर पाएका छन् ।
अनुगमनका क्रममा अधिकांश होटलका कुक, वेटर तथा अन्य कर्मचारीले मास्क, पञ्जा, एप्रोन आदि नलगाएको पाइएको कार्यालय प्रमुख राजकुमार रिजालले बताए । केही होटलमा त्यस्ता सामग्री नै नभएको वा काम नलाग्ने अवस्थामा भएको तथा कतिपय होटलमा भएका सामग्री प्रयोग नगरिएको पाइएको उनले बताए ।

केही होटलमा पुरानो चपिङ बोर्डको प्रयोग, मैलो एप्रोन वा टाबेलको प्रयोग भएको तथा सरसफाइमा ध्यान दिएको नपाइएको पनि उनले बताए ।
भान्सा व्यवस्थापनमा ध्यान नदिएको, फ्रिजमा शाकाहारी र मासुजन्य खाद्यपदार्थ पनि एकै ठाउँमा राखिएको पाइएको, पकाएको र काँचो खाद्य पदार्थ पनि एकै ठाउँमा राखिएको पाइएको तथा ढकनबिनाको डस्बिन प्रयोग गरिएको पाइएको खाद्य अधिकृत काशीनाथ घिमिरेले बताए । कतिपय होटललाई स्तर सुधार्न ७ दिनको समयसीमा दिइएको उनले जानकारी दिए ।
अनुगमन टोलीले केही होटलमा मिति सकिएका खाद्य पदार्थ फेला पारी नष्ट गरेको थियो । त्यसरी फेला पारेको म्याद गुज्रिएको माउण्टेन ड्यु, स्प्राइट, कोक, आँटा तथा मैदालगायतका खाद्य सामग्री अनुगमन टोलीले नष्ट गरेको थियो ।
अनुगमनका क्रममा नयाँ होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरी स्तरीकरण प्रमाणपत्र दिइनुका साथै पुराना होटल तथा रेष्टुरेन्टको स्तरीकरण नवीकरण गरिएको थियो । त्यस क्रममा ८ वटा नयाँ होटलको स्तरीकरण गरिएको तथा अन्य १३ वटाको स्तरीकरण नवीकरण गरिएको कार्यालयका शङ्कर न्यौपानेले बताए ।
लकडाउन र कोरोना संक्रमणको जोखिमको त्रासका कारण लामो समय अनुगमन नभएकाले लकडाउनपछि पहिलो पटक सुन्दरहरैंचाबाट अनुगमन शुरु गरिएको कार्यालयले जनाएको छ । अनुगमनलाई निरन्तरता दिइने कार्यालय प्रमुख रिजालले बताए ।

लकडाउनका कारण होटल बन्द रहेकाले र खर्च धान्न समस्या भएकाले होटल व्यवसायी मारमा परेको अनुगमन गरिएका होटलका सञ्चालकले बताए । कतिपय खाद्य तथा पेय पदार्थ आफूहरु नभएको बेलामा डिलरले ल्याइदिने र त्यस्तो अवस्थामा म्याद गुज्रिएका वा उपभोग्य मिति सकिन लागेका सामान पनि ल्याइदिने गरेको पाइएको व्यवसायीको गुनासो थियो ।
अनुगमन टोलीमा कार्यालयका तर्फबाट राजकुमार रिजाल, काशीनाथ घिमिरे तथा शङ्कर न्यौपाने सहभागी थिए । स्थानीय खाद्य स्वच्छता समूहका संयोजक सुमन बानियाँ र सदस्यद्वय गणेश खड्का तथा बाबुराम भट्टराई र सञ्चारकर्मी सम्मिलित टोलीले अनुगमन गरेको थियो ।
सोमबार विराटचोक र खोर्सानेका मोनालिसा, सन्ध्या, सिजलिङ फायर, सिर्जना, चौतारी, स्वाद, कफी क्लब, गोर्खा किचन, सेभेन क्याफे, डाक्ट डेभिड क्याफे र प्लानेट लाउन्जको अनुगमन भएको थियो ।
मंगलबार गोकुलम रिसोर्ट, गोकर्ण रिसोर्ट, भरोसा बीबी क्यु, आँगन फास्टफुड, श्रेष्ठ होटल एण्ड लज, होटल योजना, जिङ्को रेष्टुरेन्ट, दौँतरी रेष्ट्रो, रातो भाले टु रेस्टुरेन्ट र सिसा लाउन्जको अनुगमन भएको थियो ।
अनुगमन टोलीले खाद्य स्वच्छताको आधारमा अनुगमन गरी १० वटालाई उत्तम, ६ वटालाई सन्तोषजनक, एउटालाई सामान्य स्तरको स्टिकर दिएको थियो । ४ वटा होटलले भने न्यूनतम मापदण्ड नपुगेका कारण स्टीकर पाएनन् । ९० भन्दा बढी अङ्क आउँदा पाउने क वर्गको अर्थात् अत्युत्तम स्टीकर भने कुनै पनि होटलले पाएनन् ।

Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: इटहरीका १९ होटल अनुगमन गर्दा एउटा अति उत्तम - निष्पक्षखबर