Banner
सुन्दरहरैंचाका ८ ओटा सहकारी मर्ज हुँदै, असोजदेखि एकीकृत कारोबार हुने
विराटचोकः सुन्दरहरैंचाका ८ ओटा सहकारी मर्ज हुने भएका छन् । ती सहकारीका सञ्चालक समितिका अध्यक्षहरुले आज औपचारिक कार्यक्रम गरी संस्थाबीच मर्ज गर्न सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा विभिन्न २४ ओटा बुँदामा हस्ताक्षर भएको हो । एकीकृत भएपछि सो सहकारीको नाम कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था रहने भएको छ । एकीकृत कारोबार भने असोज १ गतेदेखि हुने भएको छ ।
हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार नारायणप्रसाद श्रेष्ठले सहकारी मर्ज हुनु सकारात्मक पक्ष भएको बताउँदै व्यवस्थापन पक्षमा अब ध्यान पुर्याउनुपर्ने बताए । अब धेरै शेयर सदस्य भएको संस्था हुनाले सबै शेयर सदस्यको भावना बुझी काम गर्नुपर्ने अवस्था आएको र सो काम चुनौतीपूर्ण हुन सक्ने उनको भनाइ थियो ।

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार प्रेमप्रसाद भट्टराईले आदिकवि भानुभक्त आचार्यले भाषिक एकीकरण गरेको स्मरण गर्दै भानुभक्त आचार्यको जन्मदिनमा मर्ज भएर बन्ने नयाँ संस्थाले सबै शेयर सदस्यबीच मजबुत एकीकरणको काम गर्न सकोस् भन्ने कामना गरे ।
साना किसान कृषि सहकारी संस्था दुलारीका अध्यक्ष अजम्बर राईले मर्जपछि बनेको सहकारी नमूना बन्न सकोस् भन्ने कामना गरे । न्यु नमूना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोला भट्टराईले पनि आफ्नो धारणा राखेका थिए ।

८ ओटा सहकारी संस्थामध्ये सबैभन्दा धेरै शेयर सदस्य भएको सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहाल एकीकृत संस्थाको अध्यक्ष हुने भएका छन् । १७ सदस्यीय सञ्चालक समितिमा ५ सय भन्दा कम शेयर सदस्य हुने संस्थाबाट १ जना सदस्य छानिने भएका छन् । १ हजारसम्म शेयर सदस्य हुने संस्थाबाट २ जना, २ हजारसम्म शेयर सदस्य हुने संस्थाबाट ३ जना र २ हजारभन्दा बढी शेयर सदस्य हुने संस्थाबाट ४ जना शेयर सदस्यले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने भएका छन् ।
सहमतिपत्रमा सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहाल, गछिया बचत तथा ऋण सहकारी संस्थाका अध्ययक्ष अर्जुंनराज अधिकारी, गुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भक्ति ढकाल, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पोखरेल, न्यू नमुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र पौडेल, पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्रकृष्ण श्रेष्ठ, घरआँगन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश उप्रेती र प्रारम्भ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष झमक कार्कीले हस्ताक्षर गरेका छन् ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login