Banner
सुन्दरहरैंचाको छैटौं नगरसभामा नगर सदस्यका यस्ता आए गुनासा र सुझाव
विराटचोकः सुन्दरहरैँचाको छैटौं नगरसभाका क्रममा नगरसदस्यले विभिन्न प्रश्न उठाएका छन् । ती प्रश्नको मेयर शिवप्रसाद ढकाल र उपमेयर धनमाया तामाङले जवाफ दिएका छन् । खोला कटानदेखि लक्षित वर्गका लागि छुट्याइने बजेटको विषयमा नगर सदस्यले प्रश्न उठाएका थिए । नगर सदस्यले उठाएका प्रश्न र उनीहरुले दिएका सुझाव यसप्रकार छन्ः
दिलीपप्रसाद दाहाल, वडा सदस्य वडा नम्बर १२
सर्पदंश उपचार केन्द्रको लागि सधैं बजेट मात्रै छुट्याउने काम गर्नुहुँदैन ।
विनियोजित बजेट कुनकुन शीर्षकमा खर्च भएको छ भन्ने जानकारी हुनुपर्छ ।
आदिवासी, जनजातिको लागि बजेटको सदुपयोग हुनुपर्याे ।
कृष्णप्रसाद चापागाईं, वडा सदस्य वडा नम्बर ६
खोला कटानको विषयलाई प्राथमिकता दिनुपर्याे ।
वडा नम्बर ६ को वडा कार्यालय भवनको मर्मत हुनुपर्याे ।
विष्णुप्रसाद घिमिरे, वडा सदस्य वडा नम्बर ७
न्यायिक समितिको भूमिका प्रभावकारी हुनुपर्याे ।
डम्बरबहादुर थापा, वडा सदस्य वडा नम्बर ८
विकास निर्माणका लागि उपभोक्ता समिति गठन गरेपछि त्यहाँ आवश्यक सामग्री उपभोक्ता समितिलाई नै खरीद गर्न दिने व्यवस्था गर्नुपर्याे ।
योजना सम्झौता गर्न आउँदा कुन शाखामा जाने र के के प्रक्रिया पूरा गर्नुपर्छ भन्ने बारेमा योजना, लेखालगायतका शाखामा बडापत्र राखिनुपर्याे ।
भुवनसिंह मगर, वडा सदस्य, वडा नम्बर ७
विद्युतीय शवदाहगृह गछिया खोलामा पनि बनाउनुपर्छ ।
खोला तटबन्धनमा दीर्घकालीन योजना बनाउनुपर्छ ।
शंकर खड्का, वडा सदस्य, वडा नम्बर ९
नगरभित्र रिङ रोड बनाउन प्राथमिकता दिनुपर्छ ।
टुनाकुमारी बिक, वडा सदस्य, वडा नम्बर ६
नगरपालिकाको सीमा प्रारम्भ हुने स्थानमा पूर्वपश्चिम राजमार्गमा जातीय छुवाछुतमुक्त नगरपालिका भनी होडिङ बोर्ड राखिनुपर्छ ।
छुवाछुत अपराध हो भन्ने भाव झल्कने होडिङ बोर्ड सबै नगरपालिकामा राखिनुपर्छ ।
महिला उद्यमीलाई व्यवसायमा कर छुट दिनुपर्छ ।
पर्शुराम घिमिरे, वडा सदस्य, वडा नम्बर ५
इटहरी उपमहानगरपालिकाले शेरा खोलालाई बुढी खोलामा मिसाएपछि सुन्दरहरैंचामा कटान र डुबानको समस्या बढेकाले इटहरी उपमहानगरसँग यस विषयमा ध्यानाकर्षण गराउनुपर्छ ।
वडा नम्बर ५ का केही नगरवासीको नक्सा सुन्दरहरैंचामा देखिए पनि उनीहरु कानुनी रुपमा इटहरीका नगरवासी भएकाले सो समस्या समाधान गर्न पहल गर्नुपर्छ ।
संगीता सापकोटा, वडा सदस्य, वडा नम्बर ५
नयाँ वृन्दावन गौशालामा गाईको प्रतिमा निर्माणको काम रोकिनुहुँदैन ।
वडा नम्बर ५ को भवन निर्माणमा ध्यान दिनुपर्याे ।
सीप सिकेका महिलाको सीपको कदर गर्नुपर्छ ।
न्यायिक समिति हरेक वडामा पनि पुग्ने व्यवस्था गर्नुपर्याे ।
उमेश राई, वडा सदस्य, वडा नम्बर ८
नगरभित्रै हरेक खेलका खेलाडी उत्पादन गर्ने नीति लिनुपर्याे ।
म्यादी प्रहरी भर्ना गर्दा पूर्व सेना र प्रहरी होइन, बेरोजगार युवालाई भर्ना गर्नुपर्याे ।
प्रमिला अछामी, वडा सदस्य, वडा नम्बर १२
खेलकुद विकास समिति गठन गर्नुपर्याे ।
नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्नका लागि पहल गर्नुपर्याे ।
रबिन दाहाल, वडा सदस्य, वडा नम्बर ४
डम्पिङ साइटको व्यवस्थापनमा ध्यान दिनुपर्याे
सिटी सफारीलाई पटके कर होइन, एकमुष्ट रकम लिने व्यवस्था गर्नुपर्याे ।
कृषिमा बजेट बढाउनुपर्याे ।
दिवा खाजा कार्यक्रमको बजेट कटौती गर्न भएन ।
बाल विकास शिक्षिका तथा महिला स्वास्थ्य स्वयम्सेविकाको तलबभक्ताको उचित व्यवस्था गर्नुपर्ने ।
सार्वजनिक शौचालय किन साबिक कोशीहरैंचामा मात्रै बनेका हुन्, साबिक सुन्दरदुलारीमा कहिले बन्छन्, प्रष्ट पार्नुपर्याे ।
झरीलाल थारु, वडा सदस्य, वडा नम्बर २
बीउ वितरण तथा किसानका समस्या समाधानमा ध्यान दिनुपर्याे ।
जेसीबीको प्रयोग सबै वडाले सही ढंगले उपयोग गर्न पाउनुपर्याे ।
वडा सदस्यलाई इन्धन सुविधा उपलब्ध गराउनुपर्याे ।
देवीमाया चौधरी, वडा सदस्य, वडा नम्बर २
योजना तर्जुमा गर्दा वडा सदस्यको पनि राय लिनुपर्छ ।
वडाध्यक्षले एकलौटी निर्णय गर्नु हुँदैन ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login