Banner
सुन्दरहरैंचा गाईजात्रा विशेष
आज गाईजात्रा पर्व देशभर मनाइँदैछ । विशेषगरी काठमाडौं उपत्यका र नेवार जातिको बढी बसोबास भएको क्षेत्रमा गाईजात्रा मनाउने गरिन्छ । पछिल्लो समय गाईजात्रालाई विकृति र विसंगतिमाथि व्यङ्ग्य प्रस्तुत गर्ने पर्वका रुपमा पनि लिन थालिएको छ । यसपटक कोरोना भाइरसको संक्रमणको त्रासका कारण गाईजात्राको अवसरमा हास्यव्यङ्ग्यात्मक कार्यक्रम औपचारिक रुपमा खुला स्थानमा हुन पाएनन् ।
यसै क्रममा यस अनलाइनले पनि सुन्दरहरैंचामा देखिएका विकृति र विसंगतिमाथि प्रहार गर्ने प्रयास गरेको छ ।
मेयर शिवप्रसाद ढकाल
नेकपाको बहुमतका बीचमा सबलाई रिझाई काम गर्नु परेको छ ।
मैले जस्तो समन्वय गरी कुन स्थानीय तहको प्रमुखले काम गरेको छ ?
कार्यपालिका बैठकमा त एक पटक आच्छुआच्छु नै पार्छन् ।
बैठक नसकिँदै हस्ताक्षर गर्न उनीहरु नै कलम अघि सार्छन् ।
ढुक्क छु जबसम्म आफू अनुकूल समाचार लेख्छन् महानगरका पत्रकार ।
यहाँको प्रेसलाई फकाइफुस्ल्याई विराटनगरकासँग गर्छु सधैँ व्यवहार ।
उपमेयर, धनमाया तामाङ
उपमेयर भनेर नाक फुलाउन बाहेक छैन कुनै दम
नेकपाको बहुमत भए नि आफूलाई साथ दिने कम
भ्रष्टाचारलाई पर फ्याँक्ने सोच राख्ने परेँ मान्छे
भन्न थाले मलाई नै पो यही हो भ्रष्टाचारीको भान्छे

लेखा अधिकृत, शेखर ढकाल
बन्धु परे मेयर मेरा उल्टै सिकाउँछन् नीति
यस्तै पारा रहिरहे अझै बिग्रँदै जाला थिति
राम्रै काम गर्दा पनि मन पराउँदैनन् सितिमिति
गन्न थाल्छु म पनि पो अब सरुवा हुने मिति
रोशन ढकाल, वडाध्यक्ष
सुनको भाउ नि बढ्दैछ, बढ्दैछ मेरो दाउ पनि
प्रशासन चलाउन सिक्दैछु, चिन्दैछु कर्मचारी पनि
अब आउने चुनावमा मेयर बन्ने सपना पाल्या छु
त्यही भएर तटस्थ भई आफ्ना पाइला चाल्या छु

तारा ढकाल घिमिरे,
काम छैन आफ्नो केही उपमेयरसँगै डुल्ने हो
कुरा काट्ने काटिरहून्, उद्घाटनतिरै भुल्ने हो
उद्घाटनतिरै जान पाए उतै पाइन्छ बरु सानोतिनो मान
फरक विशेषता पनि छ झोला भिरीभिरी रोप्न सक्छु धान
नवराज चापागाईं, अध्यक्ष उद्योग वाणिज्य संघ
उद्योग वाणिज्य संघ पेवा नै भयो अब अधिवेशन किन गर्नु
सुन्दरदुलारी उवा संघलाई मर्ज गरी आफू किन पछि पर्नु
उद्योगीको नेतामा भन्दा राजनीतितिर बढ्न थाल्यो चाख
एक पटक मेयर भएर फिर्ता गर्नु छ गुमेको आफ्नो साख
लक्ष्मी श्रेष्ठ, प्रधानाध्यापक, सुकुना मावि
शिक्षकको काम होइन अनुशासनमा बस्ने, अरुलाई अनुशासनमा बसाउने हो
विद्यालय वरपर जंकफुड र सूर्तिजन्य पदार्थ नबेच भन्ने हो, आफूले कार्यकक्षमै चपाउने हो
यसै पनि ठूलो स्कुल हो तह लगाउन सबैलाई सक्दिनँ म
१८ घण्टा रजनीगन्धा चपाउँछु छोड्न चाहिँ सक्दिनँ म

भोलेश्वर दुलाल, व्यवसायी
सोझो नठान मलाई मेरो नाम छ भोला भनेर
सातो जाँदा कसले फर्काउला कोला कोला भनेर
मेयरलाई पनि नचाइदिन सक्ने मेरो ह्याउ छ
अर्काे पटकको चुनावमा मेयर हुने दाउ छ
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: चार मुक्तक (गाईजात्रा विशेष) - निष्पक्षखबर