Banner
सुरुवातमा १०२ अंक बढेको सेयर बजार अन्त्यमा २२ अंकमा खुम्चियो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांकले आजको कारोबारको सुरुवातमा बलियो उछाल देखाए पनि अन्त्यसम्म आइपुग्दा तीव्र रूपमा खुम्चिएको छ।
कारोबार सुरु भएको तीन मिनेटमै नेप्से १०२ अंक अर्थात् करिब ४ प्रतिशतले बढ्दै २,६७५ अंक पुगेको थियो। यो वृद्धि सीमाना नाघेपछि बजारमा सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भयो।
तर बजार खुलेपछि लगानीकर्ताको बिक्री चाप बढेपछि वृद्धि क्रमशः घट्दै गयो।
अन्ततः कारोबार सकिँदा नेप्से २२.५९ अंकले मात्र बढ्दै २,५८२ अंकमा बन्द भयो।
कारोबार विवरण
आज दिनभर ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको ५ अर्ब ७६ करोडको तुलनामा केही कम हो।
कुल २ सय कम्पनीको मूल्य बढ्दा, ४१ कम्पनीको घटेको र १० कम्पनीको मूल्य स्थिर रहेको छ।
व्यापार समूह बाहेक सबै सूचकहरू बढेका छन्।
व्यापार समूह १.४८ प्रतिशतले घटेको हो भने बाँकी समूहहरू यसप्रकार छन् –
-
बैंकिङ: +१.०७%
-
विकास बैंक: +१.०८%
-
फाइनान्स: +१.२३%
-
हाइड्रोपावर: +०.९५%
-
लगानी: +१.६१%
-
जीवन बीमा: +१.३०%
-
उत्पादन तथा प्रशोधन: +१.०३%
-
माइक्रोफाइनान्स: +०.९५%
-
निर्जीवन बीमा: +०.९३%
-
होटल तथा पर्यटन: +०.९२%
-
अन्य: +०.२३%
बढ्ने र घट्ने कम्पनीहरू
सबैभन्दा धेरै वृद्धि विन्ध्यबासिनी हाइड्रोपावरको भएको छ, जसको मूल्य ८.२१% ले बढेको हो।
त्यसैगरी एसियन हाइड्रोपावर (+५.५४%) र कर्पोरेट डेभलपमेन्ट बैंक (+४.१५%) पनि शीर्ष गेनर बने।
त्यस्तै थ्रीस्टार हाइड्रोपावरको मूल्य ९.०९% ले घट्दै शीर्ष लूजरमा पर्यो।
भूगोल इनर्जी (-५.४३%) र आत्मनिर्भर लघुवित्त (-३.३७%) पनि घट्ने सूचीमा छन्।
आज धेरै कारोबार भएका कम्पनीहरूमा शिवम् सिमेन्ट, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र हिमालयन डिस्टिलरी क्रमशः शीर्ष स्थानमा रहे
नेपाल राष्ट्र बैंकले अघिल्लो दिन मात्रै व्यक्तिगत सेयर कर्जाको सीमा हटाउने निर्णय गरेको थियो।
पहिले व्यक्तिले अधिकतम २५ करोड रुपैयाँसम्म मात्र सेयर कर्जा लिन पाउने व्यवस्था थियो, जुन अब हटाइएको छ।
साथै, बैंक तथा वित्तीय संस्थाले सेयर खरिद–बिक्रीमा सहजता ल्याउने र दीर्घकालीन लगानी गर्न पाउने गरी नयाँ सहजीकरण नीति लागू गरेको छ।
यी निर्णयले बजारमा प्रारम्भिक उत्साह ल्याएको भए पनि पहिलो सर्किट ब्रेकपछि लाभ सुरक्षित गर्न खोज्ने लगानीकर्ताहरूको बिक्री चाप बढेपछि बजारको वृद्धि सीमित रह्यो।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login