Banner
स्पार्क एड्भेञ्चर सम्पन्न, यस्तो रह्यो सहभागी कलाकारको प्रतिक्रिया
काठमाडौंः दोलखा र रामेछापको सिमानामा पर्ने सैलुङमा स्पार्क एडभेञ्चर २०२३ सम्पन्न भएको छ । शैलुङको पर्यटन प्रवर्द्धनका लागि स्पार्क कारले आयोजना गरेको तीन दिने कार्यक्रममा दर्जन बढी कलाकारहरू सहभागी थिए ।
सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक एवम् पर्यटकीय क्षेत्र हो । यस्तै, सैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ हो । प्रकृति र पर्यावरणको उत्तम सङ्गम रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण रहेको छ ।
सय वटा थुम्काहरू मिलेर बनेको शैलुङमा फराकिला हिमशृङ्खला, आकर्षक सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति, रैथाने परिकार, चौँरी गोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिएका छन् ।
कलाकारहरूमध्ये धेरैजसोले आफू शैलुङमा पहिलो पटक आएको अनुभव सेयर गरे । उनीहरूले पहिलो पटक शैलुङ आउँदा निकै गर्व लागेको समेत सुनाए । स्पार्क कारको यस कार्यक्रमलाई उनीहरूले निरन्तरताको शुभकामना समेत दिए । कलाकारहरूले पहिलो पटक क्याम्पिङ टेन्टको मज्जा लिएको समेत सुनाए ।
विजय लामा, क्याप्टेन तथा कलाकार
शैलुङ निकै नै रमाउन पायौँ । यस किसिमको कार्यक्रमले मुलुकको पर्यटन एवम् आर्थिक रूपान्तरणमा उल्लेख्य सहयोग पुग्छ । स्पार्क कारको यस किसिमको काम आफैँमा साहसिक हो भन्ने मलाई लाग्छ ।
साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ’वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष रूपमा स्थलगत अवलोकन गरें । यस ठाउँका कारण स्थानीयको भविष्य उज्ज्वल बन्ने सम्भावना देखेँ । अब स्थानीय सरकारले यस ठाउँको प्रवर्द्धन र विकास गर्न सक्नुपर्छ ।
निखिल उप्रेती, एक्सन स्टार
तीर्थ त्यत्तिकै तीर्थ भएको हुँदैन । त्यहाँ जाँदा मानिसको शारीरिक र मानसिक रूपमा स्वस्थ हुने भएर पनि त्यस ठाउँ तीर्थस्थल बनाइएको हुन्छ । शैलुङ बुद्धले टेकेको ठाउँका रूपमा पनि महत्वपूर्ण छ । मैले यस ठाउँमा आउँदा निकै आनन्दित महसुस गरें ।
प्रेमराजा महत, लोक गायक
नेपालको पर्यटकीय हिसाबले निकै सुन्दर स्थानका रूपमा शैलुङ रहेछ भन्ने थाहा पायौँ । शैलुङकै विशेषता समेटेर मैले गीत लेख्ने सोच बनाएको छु । यहाँबाट जता हेर्यो उतै सुन्दर लाग्छ । स्वर्गको टुक्रा नै हो जस्तो लाग्छ शैलुङ ।
यसकुमार, गायक
जहाँतहाँ सहज तरिकाले पुग्न सम्भव छैन । नेपालको यति सुन्दर ठाउँमा सहजै गएर घुम्न सकिएको छैन, त्यसको माध्यम बनेर स्पार्क पार्क आउनु मेरो विचारमा यो नेपालमै पहिलो हो । यसरी २०० जना हाराहारीमा टिम बनाएर पिकनिक जस्तै सबैसँग खुसी साटासाट गरेर नजिक हुने कार्य भएको छ, जसको निरन्तरता हुनुपर्छ । समयलाई मैले जितेँ, भिटामिन नै पाएँ भन्ने फिल भएको छ । यहाँ आइसकेपछि म केही यहीँसँग सम्बन्धित रचना गर्ने वा गाउने काम गर्छु भन्ने सोच आएको छ । अब प्रकृतिसँग सम्बन्धित गीत बनाउँछु भन्ने सोच आएको छ ।
सन्दीप क्षेत्री, कमेडियन
प्रकृतिसँग नजिक हुन पाइयो । भौगोलिक हिसाबले यो विकट ठाउँ रहेछ । केही आधारभूत चीजहरू जस्तैः शौचालय अलिक राम्रो भइदिएको भए झनै राम्रो हुने रहेछ । विभिन्न मुलुकहरूमा घुम्न गएका थियौँ । भर्जिनियाँको गुफामा एक पटक छिरेको थिएँ । गुफा प्राकृतिक नै थियो तर त्यहाँ सुविधा सम्पन्न थियो । त्यसरी एक्सेस दिनुपर्छ । प्रकृतिलाई नै तुलना गर्ने हो भने यहाँ आधारभूत चीजहरूको विकास हुँदा कति सुन्दर हुन्थ्यो । हामीले धेरै राम्रो चीज पाएका छौँ, तर त्यसको उजागर गर्न भने सकिरहेका छैनौँ ।
बुद्धिसागर, लेखक
शैलुङ बसाइ निकै नै रोचक रह्यो । यस ठाउँमा पहिलो पटक आएको हुँ । काठमाडौँबाट नजिकैको दूरीमा रहेको यो ठाउँ निकै नै विशेष रहेछ । भुईंकुहिरो आयो, काठमाडौँमा ५५,५६ सालतिर भुइँकुहिरो देखिन्थ्यो, अहिले छैन । यहाँ भुइँकुहिरो देखेपछि म नोष्टाल्जिक बन्न पुगेँ । केही न केही लेखिरहने व्यक्ति भएकाले म यहाँ देखेका कथा तथा परिवेशहरूले कहीँ न कहीँ स्थान पाउँछन् । यहाँका मानिसहरू अझै पनि पाहुनालाई भगवान मान्ने हुनुहुँदो रहेछ । आफ्नो ठाउँको प्रचार गर्नका लागि स्थानीयहरूको सामूहिकता देखेँ, जसले खुसी दिलायो ।
राजेश घतानी, चलचित्र निर्माता, गायक तथा उद्घोषक
स्पार्कको यस किसिमको कार्यक्रममा म पहिलो पटक आएको थिएँ । धुलिखेलदेखि नै स्वागत सम्मानमा रमाउँदै आउन पाइयो । रैथाने परिकारको स्वादले हामीलाई निकै नै रोमाञ्चित बनायो । मलाई रामेछाप भन्नेवित्तिकै एकखाले आत्मीयता आउँछ । मलाई रामेछापको मन्थली जान मन छ । लामो यात्राको करिअरमा यो दुई दिने बसाइले मनमा अमिट छाप पार्यो । अविस्मरणीय बन्यो । स्पार्क टिमलाई म मुरमुरी धन्यवाद दिन चाहन्छु ।
गरिमा शर्मा, मोडेल
मेरो लागि यो ठाउँ निकै महत्वपूर्ण रह्यो । धेरै जनासँग चिनजान भयो, साथीहरू बनाइयो । मैले शैलुङ आउनका लागि भनेर ड्रोन किनेको थिएँ, यहाँ आएर सिक्न पाएँ । टेन्टमा सुत्नु पनि मेरो लागि नयाँ नै थियो । मलाई एकदमै मज्जा लाग्यो । स्टे वाइल्ड विथ चौँरी नामअनुसार नै हामीले अनुभव संगाल्यौँ । म घुम्न रुचाउने व्यक्ति हुँ, स्पार्कले आगामी दिनमा पनि घुम्ने काममा सम्झिन्छ भन्ने विश्वास छ ।
रिना थापा मगर, कलाकार
म एक दिन ढिला यस एड्भेञ्चरमा आएको थिएँ । प्रेमराजा महत दाइसँगै आएको थिएँ । सोचेभन्दा धेरै रमाइलो भयो कार्यक्रम । एकदमै अविस्मरणीय रह्यो कार्यक्रम । धेरै प्रतिष्ठित व्यक्तिहरूसँग एकै पटक भेट्ने तथा चिन्ने अवसर मिल्यो, जुन काठमाडौँमा सम्भव थिएन । यहाँ यति धेरै संस्कृतिहरू स्थानीयहरूले बचाएर राख्नुभएको देखेँ, यसले मलाई निकै आनन्दित बनायो । हामी घुम्न जाँदा दुबई, कतार, बाली घुम्न जान्छौँ । म उहाँहरूलाई आह्वान गर्न चाहन्छु, नेपालभित्रका ठाउँहरू घुमौँ, यहाँको हावापानीको आत्मीयता अन्य ठाउँमा पाइँदैन ।
कैलाश कार्की, कमेडियन
स्पार्कको पहिलो एडभेञ्चर कार्यक्रममा जान पनि मैले भ्याएको थिएँ । यसपालि पनि निकै रमाइलो भयो । आशा छ, अर्को पटक पनि म सहभागी हुन पाउँछु । एकदमै विशिष्ट मानिससँग भेट भयो, उहाँहरूले तीस, चालीस वर्षमा भोग्नुभएको कुरालाई तीन दिनमै पढ्न र बुझ्न पायौँ । यो मेरा लागि निकै महत्वपूर्ण रह्यो । मलाई यहाँ मेरो जन्मठाउँ सोलुखुम्बुकै याद आयो । हिउँ पर्ने ठाउँमा अहिले चिसो छ तर हिउँ परेको छैन । मलाई यसले निकै कनेक्ट गरायो, बालापन सम्झिएँ ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login