Connect with us
Advertisement

२०७४ को निर्वाचनमा झिनो मतन्तारले पराजय भोगेका गुरागाईँले यस पटक हारको बदला लिएरै छाडे

Published

on

विराटचोकः बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा नेकपा एमालेले विजयी भएको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केदारप्रसाद गुरागाईले ७२५ मतान्तरले गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार शिवप्रसाद ढकाललाई पराजित गरेका हुन् ।

उनै ढकालले २०७४ को निर्वाचनमा यिनै गुरागाईलाई ९६८ मतान्तरले हराएका थिए । यस पटक भने गुरागाईलाई जनताले जिताएर दोस्रो प्रयासमा मेयर बनाइदिएका छन् ।

को हुन् मेयर गुरागाई ?
बुवा श्रीप्रसाद र आमा सीता गुरागाईको कोखबाट वि. संं २०२४ सालमा खोटाङको साबिक डाँडागाउँमा गुरागाईंको जन्म भएको हो । गुरागाईँले पञ्चायती शासनविरुद्ध आवाज उठाउँदै आएका थिए । शोषित, पीडित, अन्याय र अत्याचारमा परेका जनताको जीवनस्तर कसरी उकास्न सकिन्छ भन्ने उद्देश्यका साथ कम्युनिष्ट पार्टीमा आबद्ध भएका उनले स्कुले जीवनदेखि नै विद्यार्थीको हकहितको आवाज उठाउँदै आएका थिए ।

२०३६ सालमा अनेरास्ववियुमा आबद्ध भएका उनी तत्कालीन नेकपा माले हुँदै हालको एमालेको राजनीतिमा सक्रिय भएका व्यक्ति हुन् । उनले विद्यार्थीकालदेखि नै जुझारु कार्यकर्ताको पहिचान बनाएका थिए । वि. सं. २०३९ सालमा माविमा स्ववियु सभापति बनेका उनले साबिक इन्द्रपुर गाउँ पञ्चायतमा जनपक्षीय उम्मेद्वार चन्द्रबहादुर गुरुङलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

महेन्द्र मोरङ क्याम्पसमा पढ्दा राष्ट्रिय पञ्चायतको निर्वाचनमा मजदुर नेता जनपक्षीय उम्मेद्वार बमबहादुर खड्कालाई विजयी बनाउन पनि महत्वपूर्ण भूूमिका निर्वाह गरेका थिए । शाही शासन कालमा आन्दोलनका क्रममा पक्राउ परी १९ दिन जेल जीवन बिताएका उनी पार्टीको गाउँ कमिटी हुँदै हाल नेकपा एमालेको १ नम्बर प्रदेश कमिटी सदस्य भएका छन् ।

साबिक इन्द्रपुर गाविस हुँदादेखि नै संघ सस्थाहरुको स्थापनामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

सुन्दरहरैंचाका १ दर्जन भन्दा बढी संघसंस्थाहरुमा रहेर काम गरेका उनी सुकुना बहुमुखी क्याम्पसको सञ्चालक समितिका संस्थापक सचिव पनि हुन् । इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष उनी सुन्दरहरैंचाका प्रख्यात सहकारीको सञ्चालक समिति अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचाको मेयर पदमा झिनो मतान्तरले पराजय भोगेका गुरागाईँले यस पटक हारको बदला लिएरै छाडेका छन् ।

यसपटक पनि निवर्तमान नगरप्रमुख परिचित प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालसँग मुख्य प्रतिष्पर्धामा रहेका थिए । जनताको मतले अहिले विजयी भएर गुरागाई नगरको प्रमुख पदको कुर्सीमा बस्न सफल भएका छन् ।

नगरपालिकामा गुरागाईको आगामी यात्रा सहज हुने भएको छ । नेकपा एमालेको एक्लै बहुमत सदस्य चुनिएसँगै काम गर्न सहज हुने आँकलन हुन थालेको छ । निर्वाचित भएपछि गुरागाईले सम्पूर्ण नागरिकको पक्षमा रहेर मेयर साहेव भन्दा पनि जनताको सेवक भएर काम गर्ने बताएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक