Connect with us
Advertisement

४ निर्वाचन क्षेत्रको नतिजा : कहाँ कसको जीत ?

Published

on

प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रमा मतगणना भइरहेको छ । यसमध्ये ३४ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २५ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ र एमालेले १ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् । मतगणना भैरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरु अगाडि छन् । रास्वपा ९३, कांग्रेस १०, एमाले १०, नेकपा ११, श्रम संस्कृति पार्टी ५ र राप्रपा १ क्षेत्रमा अगाडि छन् ।

रास्वपा
१. बुद्धिप्रसाद पन्त – पर्सा १ बाट २७ हजार २७४ मत ल्याएर विजयी हुँदा एमालेका प्रदिप यादवले १३ हजार ३० मत ल्याउनुभयो ।

२. सागर भुसाल – पर्वतबाट २६ हजार ५६१ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसका अर्जुनप्रसाद जोशीको १५ हजार ९५४ र एमालेका पदम गिरीको १५ हजार ७५ मत आएको छ ।

३. अरबिन्द साह – बारा ३ बाट ४० हजार ६९७ मत ल्याएर विजयी हुँदा कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत ल्याउनुभयो र

४. रवि लामिछाने – चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी हुनुभएको छ । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ र एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत ल्याउनुभयो ।

५. रुकेश रन्जित – भक्तपुर १ बाट ३३ हजार ४३६ मत ल्याएर विजयी हुँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत ल्याउनुभयो ।

६. सुनिल केसी – काठमाण्डौ २ बाट ३४ हजार २३८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी कांग्रेसका कविर शर्माले ८ हजार ८७४ मत ल्याउनुभयो ।

७. प्रमोद कुमार महतो – महोत्तरी १ बाट ३४ हजार ६३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत ल्याउनुभयो ।

८. धनञ्जय रेग्मी – स्याङ्जा १ बाट २९ हजार ७१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत ल्याउनुभयो ।

९. सुरेशकुमार चौधरी – बाँके १ बाट ५२ हजार ७९२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत ल्याउनुभयो ।

१०. खगेन्द्र सुनार – बाँके ३ बाट २९ हजार ५५१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटमत प्रतिष्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६१५ मत ल्याउनुभयो ।

११. कन्हैया बनिया– रुपन्देही ४ बाट २८ हजार ६६ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी एमालेका प्रमोदकुमार यादवको २० हजार २६२ मत आएको छ ।

१२. रुविना आचार्य– मोरङ ६ मा विजयी हुँदा कांग्रेसका डा. शेखर कोइराला पराजित हुनुभएको छ । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मतमात्रै ल्याउनुभएको छ ।

१३. डीपी अर्याल– काठमाण्डौ ९ मा ३५ हजार ९३ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसकी नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याउनुभयो ।

१४. मनिष झा– धनुषा ३ मा विजयी हुँदा कांग्रेसका विमलेन्द्र निधि पराजित हुनुभएको छ । झाले ४३ हजार १४२ र निधिले १५ हजार ९९२ मत ल्याउनुभयो ।

१५. सन्तोष राजवंशी– मोरङ ४ मा विजयी हुँदा कांग्रेसका गुरुराज घिमिरे पराजित हुनुभयो । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत ल्याउनुभयो ।

१६. बिना गुरुङ – कास्की ३ मा विजयी हुँदा कांग्रेसका मनोज गुरुङ पराजित हुनभयो । बिनाले ३७ हजार ७५० मत ल्याउँदा मनोजले १२ हजार ७८० मत ल्याउनुभयो ।

१७. प्रदीप बिष्ट – काठमाण्डौ १०मा विजयी हुँदा कांग्रेसका हिमाल कार्की पराजित हुनुभएको छ । बिष्टले ३७ हजार ४६९ र कार्कीले ८ हजार १०० मत ल्याउनुभयो ।

१८. उत्तम प्रसाद पौडेल – कास्की २ मा विजयी हुँदा एमालेका रश्मि आचार्य पराजित हुनुभयो । पौडेलले ३१ हजार ९११ र आचार्यले ७ हजार ४९३ मत ल्याउनुभयो ।

१९. सस्मित पोखरेल – काठमाण्डौ ५ मा विजयी हुँदा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल पराजित हुनुभयो । पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ र पोखरेलले ४ हजार ७०१ मतल्याउनुभयो ।

२०. पुकार बम – काठमाण्डौ ४ मा विजयी हुँदा कांग्रेसका सचिन तिमल्सिेना र एमालेका राजन भट्टराई पराजित हुनुभयो । पुकारले २९ हजार २४२, सचिनले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत ल्याउनुभयो ।

२१. गणेश पराजुली – काठमाण्डौ ७ मा २७ हजार ८०५ मत ल्याएर विजयी हुनुभएको छ ।

२२. राजुनाथ पाण्डे– काठमाडौ ३ मा विजयी हुँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित हुनुभयो । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत र घिसिङले ११ हजार १७१ मत ल्याउनुभयो ।

२३. विराजभक्त श्रेष्ठ– काठमाण्डौ ८ बाट विजयी हुनुभएको छ । उहाँले २४ हजार ५९२ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत ल्याउनुभयो ।

२४. शिशिर खनाल– काठमाण्डौ ६ बाट विजयी हुनुभएको छ । खनालले २७ हजार ७१९ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाउनुभयो ।

२५. रञ्जु न्यौपाने (दर्शना)– काठमाण्डौ १ बाट १५ हजार ४ सय ५५ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गर्नुभयो ।

कांग्रेस
१. तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत ल्याउनुभयो ।

२. दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी हुनुभएको छ । निकटम प्रतिष्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याउनुभयो ।

३. रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर विजयी हुनुभएको छ । निकटम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मतल्याउनुभयो ।

४. मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टले एक हजार ८०३ मत प्राप्त गर्नुभयो ।

५. मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ (सुवेदी)ले ४५४ मत ल्याउनुभयो ।

नेकपा 
१. कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ल्याउनुभयो ।

२. रुकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । उहाँले १० हजार २४० र एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभयो ।

एमाले 

१. बाँके २ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याउनुभयो ।

स्वतन्त्र 

१. म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको छ । उहाँले २२ हजार ८५० मत ल्याएर विजयी हुँदा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत ल्याउनुभयो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक