Connect with us
Advertisement

नमस्कार र तिरस्कार

Published

on

बाटाे बिराएकै हाे,
प्रकृतिमाथि बलात्कार गरेर,
धर्तीलाई रुवाएकै हाे,
विषाक्त रसायनकाे हाेडबाजीमा,
अणु र परमाणु अस्त्रले तर्साएर
मान्छेकाे संस्कृतिमाथि,
मान्छेकाे सभ्यतामाथि
एकल साम्राज्यकाे कलुषित सपनाले
हिट्लर नयाँनयाँ,
मुसाेलिनी नयाँनयाँ
अवतार अहङ्कारकाे हाे सायद,
परिणाम कहिले सार्स, इबाेला कहिले,
घातक ज्यानमारा काेराेना अहिले
विश्वमानव समुदायकाे भविष्यमाथि
अर्बाैँ मान्छेका जीवनमाथि,
हाबी भएर,
मान्छेकै स्वार्थी प्रवृत्तिमा टेकेर
अट्टहास गरिरहेछ काेराेना,
बुहान त मुहान मात्रै हाे,
चमेराे त सिरान मात्रै हाे,
थाहा भयाे,
तिम्रा खुट्टी देखिए थिगिरी थिगिरी,
नबुझिने भाषाभन्दा
बुझिने दर्दभरि व्यथाले बाेल्याे,
दिनदिनै सगरमाथाझै उचालिएकाे
मृतकका गणनाकाे चुलीले खाेल्याे,
कागजजस्तै रहेछ नि जीवन,
गाेरा र कालाकाे विभेद किन र!
सम्पन्न र विपन्न
चिन्दैन विपदाले,
श्रमिक र शासक भन्दैन व्याधिले,
देखिरहेछ विश्वले,
लाखाैँ प्रयत्न तिम्राे असफल भइरहेछ
लाखाैँ मानिसकाे तिम्रै आँगनमा मृत्यु भइरहेछ,
प्रविधिकाे विकास र राेबाेर्टकाे आविष्कार
आधुनिक समृद्धि र विज्ञानकाे चमत्कार,
महाव्याधिका अगाडि
कागजकाे नाउ बन्याे महाशय!
अझै भनिरहेछाै : पैसा, पैसा र अर्थव्यवस्था
त्यागिदेऊ एकल साम्रज्यमाेह,
कति बनिरहन्छाै भस्मासुर तिमी,
जीवनप्रतिकाे भराेसामा
छाडेर साथ र अँगालाे
सद्भाव अँगाल दूरीसहित,
सम्झ अब,
चाटेर मात्रै गरिन्न माया,
नमस्तेकाे सद्भाव र आदर सिक पूर्वबाट,
प्रकृतिमाथिकाे लुटपाट राेक
पढ हाम्राे हिमाली प्राकृत सभ्यताकाे कथा,
हामी तिम्रालागि जङ्गली र असभ्य
तिम्रा वैज्ञानिक सञ्जाल
हाम्रा अन्धविश्वासका जन्जाल मात्र,
प्रविधिभन्नु डरबाट मुक्तिकाे
जाँताेमाथि डाेकाे घाेप्ट्याएर,
चक्लामा बेल्ना उभ्याएर आश्वस्त आमाकाे
चेतनाले भन्छ हाम्राे जीवन अब सुरक्षित छ,
यत्ति सत्य त बुझेका छाैँ,
कि,
मुखाैटाे नबाेल्नलाई हाेइन,
एकान्तबास सुत्नलाई मात्र हाेइन,
ऋषिमुनिका सन्तान हामी,
माैन माैन साधनामा,
प्राकृतिक उद्बाेधन हाम्राे सेवा र सम्बाेधन,
त्यसैले,
गुन्द्रुक र ढिँडाेले बनेकाे
नेपाली शरीर-घर आज
टाढैबाट भनिरहेछ
प्रकृतिदाेहन नगर्ने शपथ गर,
अप्राकृतिक व्यवहार बन्द गर,
धर्तीलाई विद्रूप नबनाऊ अहङ्कारले,
साझा आँगन बनाेस् धरणी
सारासारा जीवनका लागि
भागेर जितिने याे महासङ्ग्राममा,
डटेर जुट्ने सबैमा सलाम,
टाढाबाट नजिक बनाएर सद्भावकाे मन,
सेवामा खट्ने सबैमा नमस्कार
महाघातक काेराेनालाई तिरस्कार
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोसी साहित्य–कला परिषद्को नयाँ पहल : बौद्धिक श्रमको अनिवार्य मूल्यांकन सुरु

Published

on

मोरङको बेलबारीमा आयोजित पहिलो औपचारिक कार्यक्रममा ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले अबदेखि कुनै पनि बौद्धिक तथा सिर्जनात्मक काम बिनाशुल्क नगर्ने नीति घोषणा गरेको छ। अध्यक्ष केशु विरहीले साहित्य, कला र सिर्जनामा लागेको मेहनतको उचित मूल्यांकन हुनुपर्ने भन्दै संस्थाले गराउने प्रत्येक बौद्धिक कार्यमा न्यूनतम पारिश्रमिक अनिवार्य रूपमा दिने बताएका छन्।

यही अभियानको थालनीस्वरूप कार्यक्रममा सहभागी विमर्शकहरूलाई जनही एक–एक हजार रुपैयाँ र साहित्यिक पुस्तक प्रदान गरिएको थियो। वक्ता, कवि तथा कलाकारलाई पनि साहित्यिक कृतिमार्फत मायाको चिनो दिइयो।

कार्यक्रममा साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि केन्द्रित विशेष विमर्श गरियो, जसमा समीक्षक डा. दीपकप्रसाद न्यौपाने, मिश्र बैजयन्तीलगायतले सुवेदीका साहित्यिक पाटाबारे विशद् प्रस्तुत गरे।

वरिष्ठ साहित्यकार हर्कमान तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा नगर प्रमुख दिलप्रसाद राई, विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि तथा स्थानीय स्रष्टाको व्यापक उपस्थिति थियो। सुवेदीका कविता वाचन तथा उनका गीतहरू प्रस्तुत गरिएकाले कार्यक्रम कला–साहित्य दुवै पक्षबाट जीवन्त बनेको थियो।

संस्थाले आगामी दिनमा अग्रज सम्मान, युवा अभिप्रेरणा, साहित्य–कला ग्रामको अवधारणा, साहित्यको बजारीकरण र अन्तर्राष्ट्रियकरणजस्ता विस्तृत कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Continue Reading

Banner

श्रेष्ठको प्रस्तुति,भट्टराईलाई सम्मान

Published

on

नझरेका फूलहरूको ५६औँ शृङ्खला यही मङ्सिर १३ गते शनिवार बिहान ७ बजे आयोजना गरिने प्रस्तोता केपी घिमिरेले जानकारी दिएका छन् ।

मोरङको सुन्दरहरैँचामा लामो समयदेखि गजल विधामा कलम चलाउने गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहने गरि ‘स्रष्टासँग शनिवार’ कार्यक्रम आयोजना हुने बताइएको छ। उक्त कार्यक्रममा कवि सोम भट्टराईलाई सम्मान गरिनेसमेत घिमिरेले बताएका छन् ।

खोर्साने स्थित सृजना रेष्ट्रो एण्ड क्याफेमा बिहान ७ बजे आयोजना हुने उक्त कार्यक्रममा श्रेष्ठ र भट्टराईसहित अन्य स्रष्टाका रचना समेत प्रस्तुत गरिने तयारी गरिएको छ। इटहरी, बेलबारी, केराबारी,धरान, विराटनगर, पथरी, ग्रामथान, लेटाङ, मिक्लाजुङ, उर्लाबारी लगायतका विभिन्न ठाउँबाट सहभागी स्रष्टाहरूलाई प्रतिनिधिमूलक ढंगले फुटकर रचनावाचनमा सहभागी गराउने आयोजकको भनाइ छ।

साहित्य,कला र सङ्गीतप्रेमी हरेक दर्शक-स्रोताले उपस्थिति जनाउन पाउने र कुनै प्रवेश शुल्क नराखिएको आयोजकले जानकारी दिएको छ।कार्यक्रममा गीतसङ्गीतको समेत प्रस्तुति रहनेछ।

Continue Reading

Banner

कविता कन्सर्टमा अस्मिता विष्ट

Published

on

नझरेका फूलहरूले आफ्नो ५५औँ शृङ्खलामा कविता कन्सर्ट गर्ने भएको छ। पछिल्लो समय चर्चामा रहेकी कवयित्री डा. अस्मिता विष्टलाई कविता कन्सर्ट मार्फत यही मङ्सिर ५ गते नझरेका फूलहरूले प्रस्तुत गर्ने बताइएको छ। कन्सर्ट दिउॅंसो २:१५ बजेदेखि इटहरीको आँपगाछीमा रहेको सङ्गीत साधना प्रतिष्ठान नेपालको हलमा आयोजना हुनेछ।

केही समयअघि मात्र विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ नामक कवितासङ्ग्रह प्रकाशित भएको छ। उनका कवितामा समसामयिक जीवन भोगाइका विभिन्न पाटाहरूका साथै नारी मनका कोमल संवेदनाहरू समेटिएका हुन्छन्।

अंग्रेजी साहित्य प्राध्यापन गर्ने डा. विष्ट कविता, समालोचनाका साथै विचारमूलक लेखरचानहरू पनि लेख्ने गर्छिन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका र जर्नलहरूमा उनका धेरै लेखरचना प्रकाशित भइसकेका छन्।

कविता कन्सर्टको अन्य आकर्षणमा कवि मनु मन्जिल र गायक कृष्णराजा श्रेष्ठ सहित अन्य सर्प्राइज प्रस्तुति समेत रहने नझरेका फूलहरूका परिकल्पनाकार,व्यवस्थापक एवम् संचालक केपी घिमिरेले जानकारी दिएका छन् । कार्यक्रममा दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक