Connect with us
Advertisement

इटहरीका २५ जना किसानलाई नगरपालिकाले दियो कोरली गाई

Published

on

इटहरीः गाईपालन क्षेत्रको रुपमा घोषित इटहरीको वडा नम्बर २० का २५ जना किसानलाई इटहरी उपमहानगरपालिकाले १\१ ओटा कोरली गाई प्रदान गरेको छ ।

मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले सामाजिक दूरी कायम गरेर ठूलो चौरमा आयोजित कार्यक्रममा कोरली गाई वितरण गरे । शतप्रतिशत अनुदानमा गाई वितरण गरेको नगरपालिकाले जनाएको छ ।

आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई कोरली गाई वितरण गरिएको मेयर चौधरीले बताए । यो कार्यले इटहरीलाई दूधमा आत्मनिर्भर बनाउने उपमहानगरको अभियानलाई सहयोग पुग्ने उपमेयर गौतमले बताइन् ।

इटहरीको वडा नम्बर १, २ र २० लाई गाईपालन क्षेत्र निर्धारण गरिएको छ । यसै क्रममा वडा नम्बर २० मा गाई वितरण गरिएको हो । अब वडा नम्बर १ र २ का ५० जना किसानलाई यसैगरी कोरली गाई वितरण गरिने बताइएको छ ।

सो कार्यक्रमका लागि उपमहानगरको आन्तरिक श्रोतबाट २० लाख बजेट विनियोजन गरिएको बताइएको छ ।

Banner

सुनको मूल्य नयाँ कीर्तिमानमा

Published

on

अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन । सो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलर छ । सो दिन तिहारको बिदाका कारण नेपालमा मूल्य समायोजन हुन पाएको थिएन । अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमाभन्दा छिटो मूल्य तोडिएको महासंघले जनाएको छ । चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।

Continue Reading

Banner

नेप्से स्थिर, कारोबार रकम भने उछालिँदै ४.६८ अर्ब नाघ्यो

Published

on

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से यस दिन भने करिब स्थिर रहेको हो।

बिहीबार नेप्से परिसूचक ०.७९ अंक घटेर २५६०.२९ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंक घटेको छ। नेप्से करिब स्थिर रहेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ६६ हजार ७९ पटकको कारोबारमा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्था, बन्दीपुर केबलकार एण्ड टुरिजम, झापा इनर्जी र सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बुङ्गल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक ९.०५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको करिब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुका गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।

Continue Reading

Banner

नेप्से लगातार उकालो, कारोबार रकममा पनि हल्का वृद्धि

Published

on

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।यस दिन नेप्से परिसूचक १५.७० अंक बढेर २५६६.०७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक बढेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। सोमबार ३ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ५५ हजार २७७ पटकको कारोबारमा ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँबराबरको ९२ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो, झापा इनर्जी र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमस्टार उर्जा कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मिड सोलु हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको साढे १५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने माउन्टेन इनर्जी नेपालको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक