Connect with us
Advertisement

थप ७५ जना किसानलाई दियो इटहरी उपमहानगरले कोरली गाई

Published

on

इटहरीः यसअघि ५० जना किसानलाई कोरली गाई वितरण गरेको इटहरी उपमहानगरले थप ७५ जना किसानलाई कोरली गाई वितरण गरेको छ । गाईपालन जोनका रुपमा निर्धारित १, २ र २० नम्वर वडाका थप ७५ जना किसानलाई कोरली गाई वितरण गरिएको हो ।

शनिबार इटहरी–२ का २५ जना किसानलाई नगरप्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गरेका हुन् ।

इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत कोरली गाई वितरण गरिएको प्रमुख चौधरीले बताए । कोरली गाई वितरण गरिएका ७५ जना कृषकलाई गाईपालक कृषक वनाउने र यो अभियानलाई निरन्तरता दिएर इटहरीलाई दूधमा आत्मनिर्भर बनाउने उपमेयर गौतमको भनाइ छ ।

इटहरीका २५ जना किसानलाई नगरपालिकाले दियो कोरली गाई

इटहरीको वडा नम्बर १ का किसानालाई पनि कोरली गाई वितरण

Continue Reading

Facebook Comment

1 Comment

अर्थ

स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन : अर्थमन्त्री

Published

on

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयको पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी गर्न नसकिने बताएका छन् ।

सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर केही मानिसले राजनीतिको रोटी सेकाउन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन ।’

Continue Reading

Banner

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

Published

on

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Continue Reading

Banner

यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत

Published

on

सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।

कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।

यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत  शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व  रहेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक