Connect with us
Advertisement

साझा युवा संगठन सुदूर पश्चिम प्रदेश समिति घोषणा

Published

on

कैलालीः साझा युवा संगठनले कञ्चनपुरका रोहित चन्दको संयोजकत्वमा सुदूर पश्चिम प्रदेश अन्तर्गत २७ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ ।

सोमबार भर्चुअल सम्मेलनमार्फत घोषणा गरिएको प्रदेश समिति सदस्यहरुमा दार्चुलाका पदमराज जोशी र हीराबल्लभ ओझा, कैलालीकी करिश्मा चन्द, मञ्जु के.सी र दुर्गा सेवा तथा कैलालीका सनिजा नाथ, सुरेन्द्र बुढा, राम भट्ट, भास्कर जोशी सदस्य रहेका छन् ।

त्यस्तै, कञ्चनपुरका हरिस धामी, रबिन भट्ट, प्रमोद पन्त, हरि चौधौरी, अनिता चौधरी र रमा शाही, बझाङका दीपक सिंह र आनन्द सिंह, अछामका बलबहादुर बोहरा, बाजुराका गणेश सिंह र लक्ष्मण सिंह, डोटीका आभास उपाध्याय र शंकर बोगटी, बैतडीका अमर भट्ट, अम्बादत्त भट्ट र जीवन पन्त तथा डडेलधुराका तारणी पन्त सदस्य रहेका छन् ।

साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको बताएको छ ।

प्रदेश समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको संगठनका केन्द्रीय अध्यक्ष अब्दुस मियाँले बताए ।

सम्बन्धित थप समाचार

साझा युवा संगठन गण्डकीको संयोजकमा राजन पन्थी

मोरङका सरोज नेपालको संयोजकत्वमा साझा पार्टीको युवा संगठन प्रदेश १ समिति गठन

Continue Reading

Facebook Comment

1 Comment

Banner

रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान हुने

Published

on

रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो । यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ ।आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । प्रवक्ता झाका अनुसार, साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन पार्टीको रहेको झाले बताए ।

Continue Reading

Banner

रास्वपा महाधिवेशन: प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ ।

 परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न नौ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ ।

रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार सात प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि बनेकाहरूको अलगअलग ठाउँमा वितरण भइरहेको छ । प्रतिनिधिको टुङ्गो लागेपछि स्वचालित प्रणालीबाट परिचयपत्र छपाइ गर्ने भएकाले केही ढिलो भएको स्पष्ट गर्दै महाधिवेशन आयोजक जिल्लाका सभापति खनालले परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ ।

बन्दसत्र भरतपुरको उद्योग संघ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुनेछ ।

Continue Reading

Banner

रास्वपा महाधिवेशन : सभापतिका लागि ५१ हजार, केन्द्रीय सदस्यमा उठ्न २१ हजार रुपैयाँ

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधि र उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टीका अनुसार प्रतिप्रतिनिधि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यस्तै पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले समान शुल्क ४१ हजार रुपैयाँ बुझाउनुपर्छ । केन्द्रीय सदस्यहरूका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ ।

रास्वपाको विधान अनुसार उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री हुने व्यवस्था छ । यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक/एक जना र सहप्रवक्ता ३ जना मनोनीत गर्ने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।

रास्वपाले आउँदो सोमवारदेखि बुधवारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ । रास्वपाको  निर्वाचन आयोगका अनुसार प्रतिनिधिको सङ्ख्या झन्डै ३ हजार जना रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक