Connect with us
Advertisement
Advertisement

मोरङका सरोज नेपालको संयोजकत्वमा साझा पार्टीको युवा संगठन प्रदेश १ समिति गठन

Published

on

विराटनगरः मोरङका सरोज नेपालको संयोजकत्वमा साझा युवा संगठन प्रदेश १ घोषणा भएको छ । शनिबार भर्चुअल कार्यक्रममार्फत् सार्वजनिक गरिएको समिति ३७ सदस्यीय रहेको छ । युवाहरूको जोशिलो तागतलाइ सही दिशामा लगाएर असल समाज निर्माण गर्ने काममा लाग्ने संयोजक नेपालले बताए ।

साझा युवा संगठनका केन्द्रीय संयोजक अब्दुल मियाले नयाँ पार्टीलाई हेर्ने दृष्टिकोण फरक रहेपनि समाज रूपान्तरणमा पुराना पार्टीले खेलेको भूमिकाप्रति जनताको असन्तुष्टि रहेको बताए । साझा युवा संगठनले सिर्जनशील काम गर्नुपर्ने उनको धारणा थियो ।

साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले समावेशिताले समाजको हित हुने बताए । जात, क्षेत्र, धर्म र लिङ्गको आधारमा गरिने राजनीतिले समाजलाई सही दिशानिर्देश नगर्ने उनले बताए । आगामी स्थानीय तहको चुनावका लागि तयार रहन युवालाई उनले आग्रह गर्दै भ्रष्टाचारको विरुद्धमा युवा लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा स्वतन्त्र वक्ताको रूपमा बोल्दै रमेश प्रसाईंले साझा पार्टी जनभावना अनुसार नचलेको अरोप लगाए । जनताको अपेक्षाअनुसारको काम गर्न साझा पार्टीले नसकेको भन्दै उनले आगामी दिनमा उत्कृष्ट काम गरी अन्य पार्टीभन्दा फरक तरिकाले अघि बढ्न सुझाव दिए ।

Continue Reading

Facebook Comment

Advertisement
1 Comment

Banner

माइतबाट फर्कँदै गर्दा खोलाले बगाएर मृत्यु

Published

on

उदयपुरः उदयपुरको रौतामाई–२ बस्ने ५५ वर्षीया मैयाँ लुङ्गेली मगरलाई खोलाले बगाउँदा मृत्यु भएको छ । हिजो राती ८ बजे माइतीघरबाट फर्कने क्रममा उनलाई रसुवा खोलाले बगाएको थियो ।

झण्डै दुई सय मिटरसम्म खोलाले बगाएपछि अड्केको अवस्थामा मैयाँको शव फेला परेको भनी स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली खटिई गई कनुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Continue Reading

Banner

पत्रकार, अधिकृत र इञ्जिनियर, डाक्टर र नर्ससहित धरानमा १३ जना संक्रमित थप

Published

on

धरानः धरानमा पत्रकार, नगरपालिकाका अधिकृतस्तरका कर्मचारी र इञ्जिनियर, डाक्टर र नर्ससहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरानमा पहिलो पटक पत्रकार संक्रमित भएका हुन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा नं १६ का एक इञ्जिनियरलाई पनि संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाका एक अधिकृतलाई पनि संक्रमण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा धरान–१५ का एक सामुदायिक विद्यालयका प्रध्यानाध्यापकलाई पनि संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका अनुसार संक्रमितमध्ये एक जना नर्स र एक डाक्टर पनि छन् ।

Continue Reading

Banner

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख

Published

on

विराटचोकः कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । विगत २४ घण्टामा ३ हजार ८ सय ७३ जना संक्रमितको मृत्यु भएसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख २ हजार १ सय ५८ जना पुगेको हो ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार सबैभन्दा धेरै अमेरिकामा २ लाख ९ हजार ४ सय ५३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ब्राजिलमा १ लख ४१ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ भने भारतमा ९५ हजार ५ सय ७४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

मेक्सिकोमा ७६ हजार २ सय ४३, बेलायतमा ४१ हजार ९ सय ८८, इटलीमा ३५ हजार ८ सय ३५, पेरुमा ३२ हजार २ सय ६२, फ्रान्समा ३१ हजार ७ सय २७ र स्पेनमा ३१ हजार २ सय ३२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । अन्य देशमा ३० हजारभन्दा कम संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरुः

कोरोना संक्रमणका कारण विश्वमा ९ लाखको मृत्यु

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख २ हजार

विश्वमा ६ लाख ४ हजार कोरोना संक्रमितको मृत्यु, ५९ हजार ९ सयको अवस्था गम्भीर

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड, मृतकको संख्या ५ लाख

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक