Connect with us
Advertisement

यी हुन् सुन्दरहरैंचामा वडाध्यक्ष पदका उम्मेद्वारहरु

Published

on

विराटचोकः यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सुन्दरहरैंचाका १२ वटा वडामा ७१ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । विभिन्न दल र स्वतन्त्र गरी सो सङ्ख्यामा उम्मेद्वारी परेको हो ।
सबैभन्दा कम उम्मेद्वारी वडा नम्बर २ र ६ मा ४ – ४ जनाले दिएका छन् । वडा नम्बर ४, ५ र १२ मा ५–५ जनाले उम्मेद्वारी दिएका छन् । वडा नम्बर ९ मा ६ जनाले र बाँकी वडामा ७ जनाको दरले उम्मेद्वारी दिएका छन् ।
वडाध्यक्षमा उम्मेद्वारी दिनेमा जना महिला उम्मेद्वार रहेका छन् ।

यी हुन् सुन्दरहरैंचाका १२ वडामा उम्मेद्वारी दिने ७१ जना उम्मेद्वारहरुः

वडा नम्बर १ (वर्णानुक्रमअनुसार)
१. इन्द्रप्रसाद भट्टराई नेकपा एमाले
२. गोमा अधिकारी नेकपा माओवादी केन्द्र
३. नवराज मास्के राष्ट्रिय प्रजातन्त्र पार्टी
४. राम विश्वास खवास नेपाली कांग्रेस
५. रेवतीकुमार तिम्सिना स्वतन्त्र
६. विन्देश्वर साह स्वतन्त्र
७. सुरेशकुमार श्रेष्ठ नेकपा एकीकृत समाजवादी

वडा नम्बर २ (वर्णानुक्रमअनुसार)
१. झरीलाल थारु नेकपा एमाले
२. विवश प्रधान नेपाली कांग्रेस
३. महेशलाल माझी नेकपा माओवादी केन्द्र
४. विनोदकुमार ढकाल राप्रपा

वडा नम्बर ३ (वर्णानुक्रमअनुसार)
१. किरणबहादुर राई नेकपा माओवादी केन्द्र
२. केन्द्रदीप पोखरेल नेपाली कांग्रेस
३. टीकाराम शर्मा राष्ट्रिय प्रजातन्त्र पार्टी
४. तिलक परियार नेकपा एकीकृत समाजवादी
५. मुकेशकुमार उराउ जनता समाजवादी पार्टी
६. विदुरप्रसाद ढुङ्गाना नेकपा एमाले
७. शंकरप्रसाद दाहाल स्वतन्त्र

वडा नम्बर ४ (वर्णानुक्रमअनुसार)
१. कैलाश बस्नेत नेपाली कांग्रेस
२. टीकाराम दाहाल नेकपा माओवादी केन्द्र
३. नरेन्द्रकुमार चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी
४. नारायण श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी एमाले
५. भवानीप्रसाद पौडेल विवेकशील साझा

वडा नम्बर ५ (वर्णानुक्रमअनुसार)
१. उदय फुयल राष्ट्रिय प्रजातन्त्र पार्टी
२. गणेश चौधरी नेकपा एमाले
३. नेत्रकुमार विश्वकर्मा जनता समाजवादी पार्टी
४. रामप्रसाद रिजाल नेपाली कांग्रेस
५. श्यामबहादुर कार्की विवेकशील साझा

वडा नम्बर ६ (वर्णानुक्रमअनुसार)
१. जीवनकुमार राई नेकपा एमाले
२. मानबहादुर श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी
३. शंकर देवान जनता समाजवादी पार्टी
४. सन्तोष लिङ्देन नेपाली कांग्रेस

वडा नम्बर ७ (वर्णानुक्रमअनुसार)
१. चैतन्यप्रसाद सिटौला नेपाली कांग्रेस
२. पोष्टकुमार श्रेष्ठ नेकपा एमाले
३. भुवन सिंह मगर स्वतन्त्र
४. मिलन लुइँटेल नेकपा माओवादी केन्द्र
५. लीलादेवी लुइँटेल नेकपा एकीकृत समाजवादी
६. लीलाप्रसाद पोखरेल विवेकशील साझा
७. हीरा भट्टराई राप्रपा

वडा नम्बर ८ (वर्णानुक्रमअनुसार)
१. खेमप्रसाद न्यौपाने नेकपा एमाले
२. गजेन्द्र भट्टराई नेपाली कांग्रेस
३. गणेशबहादुर महत राप्रपा
४. चन्द्रलाल ढकाल नेकपा एकीकृत समाजवादी
५. जनक खत्री स्वतन्त्र
६. पीताम्बर दाहाल स्वतन्त्र
७. रोहित चौधरी नेकपा माओवादी केन्द्र

वडा नम्बर ९ (वर्णानुक्रमअनुसार)
१. जयप्रसाद सिटौला स्वतन्त्र
२. पुष्पबहादुर भुजेल नेकपा एमाले
३. प्रकाश श्रेष्ठ नेपाली कांग्रेस
४. बमबहादुर विश्वकर्मा राष्ट्रिय प्रजातन्त्र पार्टी
५. महेन्द्रकुमार राई नेकपा एकीकृत समाजवादी
६. लीलाबहादुर कार्की नेकपा माओवादी केन्द्र

वडा नम्बर १० (वर्णानुक्रमअनुसार)
१. गीतबहादुर सोडारी नेपाली कांग्रेस
२. गीतामणि दाहाल राष्ट्रिय प्रजातन्त्र पार्टी
३. जीतबहादुर थापा स्वतन्त्र
४. टेकबहादुर सार्की नेकपा माओवादी केन्द्र
५. बलबहादुर राई मंगोल नेशनल अर्गनाइजेशन
६. राजकुमार राई नेकपा एमाले
७. विजय राई नेकपा एकीकृत समाजवादी

वडा नम्बर ११ (वर्णानुक्रमअनुसार)
१. विकास बजगाईँ स्वतन्त्र
२. महेन्द्र लिम्बू नेकपा एकीकृत समाजवादी
३. राजेन्द्र राय राष्ट्रिय प्रजातन्त्र पार्टी
४. वासुदेव घिमिरे विवेकशील साझा
५. बिसनलाल चौधरी माझी नेकपा एमाले
६. सुरतकुमारी चौधरी थारु नेकपा माओवादी केन्द्र
७. हरिबहादुर बस्नेत नेपाली कांग्रेस

वडा नम्बर १२ (वर्णानुक्रमअनुसार)
१. इन्द्रबहादुर तामाङ नेकपा एकीकृत समाजवादी
२. भोलानाथ खतिवडा नेकपा माओवादी केन्द्र
३. मनिष मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी
४. रोशनप्रसाद ढकाल नेकपा एमाले
५. सुजु थापा नेपाली कांग्रेस

८ जनाले उपमेयरमा उम्मेद्वारी दिँदा ३ जना पुरुष, मेयरमा महिलाले दिएनन् उम्मेद्वारी, अधिकारीको उम्मेद्वारी दर्ता नै भएन

सुन्दरहरैंचामा ३१३ जनाले दिए उम्मेद्वारी, सबैभन्दा धेरै वडा नम्बर ३ मा २८ जना उम्मेद्वार

यी हुन् सुन्दरहरैंचाको मेयरमा उम्मेद्वारी दिने ११ जना

सुन्दरहरैंचाको प्रमुख पदमा पुराना ६ दलले दिएनन् उम्मेद्वारी, ३ नयाँ दल थपिए

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ

Published

on

२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।

२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।

‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।

यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।

यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्‍यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’

यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।

६ दिनको अटो शोमा कति भयो बिजनेस ?

नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।

यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।

Continue Reading

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक