स्थानीय तह
सुन्दरहरैंचाका दल महिला सहभागितामा अनुदार, प्रमुखमा शून्य उम्मेद्वारी, वडाध्यक्षमा न्यून
विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचाका राजनीतिक दलले महिला सहभागितालाई चासो देखाएका छैनन् ।
जनसङ्ख्याको आधारमा मोरङको दोस्रो ठूलो नगरपालिका सुन्दरहरैंचामा ७१ हजार ७ सय ५६ जना मतदाता रहेका छन् । जसमध्ये महिला मतदाता ३७ हजार २९ जना रहेका छन् भने पुरुष मतदाता ३४ हजार ७ सय २६ जना रहेका छन् । १ जना अन्य लिंगी रहेका छन् । पुरुषभन्दा २ हजार ३ सय भन्दा बढी महिला मतदाता भएको सुन्दरहरैंचामा महिला उम्मेद्वारी भने न्यून छ ।
महिला सदस्य र दलित महिला सदस्यबाहेक अन्य पदमा उल्लेख्य उम्मेद्वारी परेको छैन । प्रमुख र उपप्रमुखमध्ये १ पदमा महिला अनिवार्य उम्मेद्वार उठाउनुपर्ने बाध्यताले उपप्रमुखमा ५० प्रतिशतभन्दा बढी उम्मेद्वारी परे पनि वडाध्यक्ष र खुला सदस्य पदमा न्यून उम्मेद्वारी परेको छ । प्रमुख पदमा त महिलाको शून्य उम्मेद्वारी छ ।

वडाध्यक्षमा माओवादीबाट २० प्रतिशत महिला उम्मेद्वारी
सुन्दरहरैंचामा १२ जना वडाध्यक्ष मतदानबाट चुनिनेछन् । जसको लागि ७१ जनाले उम्मेद्वारी दिएका छन् । तीमध्ये ४ जनामात्रै महिला छन् । नेकपा माओवादी केन्द्रले जम्मा १० जना वडाध्यक्षका उम्मेद्वार खडा गरेको छ । वडा नम्बर ५ र ६ मा माओवादी केन्द्रले वडाध्यक्ष पदमा उम्मेद्वारी दिएको छैन । १० जना उम्मेद्वारमध्ये वडा नम्बर १ र ११ मा गरी २ जना महिला उम्मेद्वार माओवादीले खडा गरेको छ । वडा नम्बर १ मा गोमा अधिकारी र वडा नम्बर ११ मा सुरतकुमारी चौधरी थारुले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीले वडा नम्बर ७ को अध्यक्षमा लीलादेवी लुइँटेल र नेपाली कांग्रेसले वडा नम्बर १२ को अध्यक्षमा सुजू थापालाई अघि सारेको छ ।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा, जनता समाजवादी र मंगोल नेशनल अर्गनाइजेसनले वडाध्यक्षमा पुरुष उम्मेद्वार मात्रै खडा गरेका छन् । वडाध्यक्षमा महिलाको स्वतन्त्र उम्मेद्वारी पनि परेको छैन ।
गठबन्धनका कारण उम्मेद्वारी फिर्ता लिनुपर्ने अवस्था आयो भने महिला उम्मेद्वारको सङ्ख्या अझै घट्न सक्छ ।
यी हुन् सुन्दरहरैंचामा वडाध्यक्ष पदका उम्मेद्वारहरु
सुन्दरहरैंचामा ३१३ जनाले दिए उम्मेद्वारी, सबैभन्दा धेरै वडा नम्बर ३ मा २८ जना उम्मेद्वार
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login