Connect with us
Advertisement

अर्बपति चौधरी र पूर्व गभर्नर पनि चुनाव लड्दै, यी हुन् वित्तीय क्षेत्रको विकासमा योगदान दिनेहरु जो चुनाव लड्दैछन्

Published

on

विराटचोकः मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेद्वार सिफारिश गर्न थालेका छन् । दशैंलगत्तै सबै पार्टीले उम्मेद्वार सिफारिश गरिसक्ने भएका छन् । केही पाटीले उम्मेद्वार सिफारिश गरिसके पनि त्यसलाई सार्वजनिक भने गरेका छैनन् ।

यसैबीच प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि लामो समयदेखि नेपालको आर्थिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरु पनि सिफारिश भएका छन् । तीमध्ये केही नामहरु यसप्रकार रहेका छन्ः

पूर्व गर्भनर डा. चिरञ्जीवी नेपाल (नेपाली कांग्रेस)
वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल पाल्पाको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । उनी नेपाली कांग्रेसबाट चुनाव लड्न लागेका हुन् ।

राष्ट्र बैंकको गभर्नर हुँदा उनले वित्तीय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पाल्पाको कृषि क्षेत्रको उद्यमशीलताको विकासका लागि पनि उनको महत्वपूर्ण योगदान रहेको बताइन्छ । केही समय पाल्पाको तानसेनमा प्राध्यापन पेशामा समेत उनी संलग्न थिए ।

वि.सं. २०१९ सालमा पाल्पामा जन्मिएका उनले औपचारिक शिक्षा काठमाडौंमा लिएका थिए । सन् १९९४ मा बनारस हिन्दू विश्वविद्यालयबाट श्रम र अर्थतन्त्रको सम्बन्धमा विद्यावारिधी गरेका उनी २८ वर्ष प्राध्यापनमा संलग्न रहेका थिए । काठमाडौं विश्वविद्यालयको भिजिटिङ प्रोफेसर भएर ६ वर्ष बिताएका उनी नेपाली कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार रहेका थिए । पछि उनी नेपाल राष्ट्र बैंकको १६ औँ गभर्नर नियुक्त भएका थिए ।

गभर्नर भएपछि उनले बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धिका लागि ‘बिग मर्जर’को आरम्भ गरेका थिए । सोही नीतिअनुरुप अहिले पनि बैंक तथा वित्तीय संस्थाहरुमा मर्जको अभियान चलिरहेको छ ।

अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, अर्थ शास्त्रीहरूको सङ्गठन नेपाल आर्थिक संघका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार, आइटी पार्कको पहिलो प्रमुख, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष र विश्व बैंकको स्कुल सपोर्ट कार्यक्रमको संयोजकका रुपमा पनि उनले काम गरेका छन् ।

मिलेनियम च्यालेन्ज कोअपरेसनका प्रमुख अर्थशास्त्रीको रुपमा रहेका उनी २०३६ सालमा पाल्पा जिल्लामा नेविसंघको संस्थापक अध्यक्षका रुपमा रहेका थिए ।

नेपालका एकमात्र अर्बपति विनोद चौधरी (नेपाली कांग्रेस)
नवलपरासीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा अर्बपति विनोद चौधरीको नाम सिफारिश भएको छ । नेपालका एक मात्र अर्बपति चौधरी विश्वकै १९२९ औं धनी व्यक्ति हुन् । प्रख्यात पत्रिका फोब्र्सले सार्वजनिक गरेको वल्र्ड ¥याङ्किङ अनुसार चौधरीको सम्पत्ति १.५ अर्ब अमेरिकी डलर रहेको छ । १ अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने नेपालको एक्लो व्यक्ति चौधरी हुन् । अर्थात् उनी नेपालकै सबैभन्दा धनी व्यक्ति हुन् ।

वि.सं. २०१२ वैशाखमा काठमाडौंमा जन्मिएका उनका हजुरबुबा भुरामल दास चौधरी र उनका बुबा लुनकरणदास चौधरी पनि उद्योगी र व्यवसायी थिए । नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवीका रुपमा परिचित उनी चौधरी ग्रुपको अध्यक्ष तथा कार्यकारी प्रमुख हुन् ।

वि. सं. २०६४ सालमा उनी नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै पहिलो संविधानसभाको समानुपातिक सभासद भएका थिए । अघिल्लो स्थानीय तहको निर्वाचन अघि २०७४ मा उनी एमाले छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेपछि वि.सं. २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले उनलाई समानुपातिक उम्मेद्वार सिफारिश गरेको थियो । यसपटक भने उनी प्रत्यक्षतर्फबाट चुनाव लड्ने भएका छन् ।

नेपालको आर्थिक विकासमा उनको महत्वपूर्ण योगदान रहेको छ । बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपका उत्पादनमध्येको एक वाइवाइ चाउचाउ विश्वप्रख्यात छ ।

नयाँनयाँ व्यवसायमा हात हाल्ने चौधरी कतिमा सफल भए भने कतिमा असफल भए । केही समय अघि उनले नेपालमै सिजी ब्राण्डको मोबाइल टेलिभिजनलगायतका इलेक्ट्रिक सामान बनाए । भान्सामा प्रयोग हुने सिजी ब्राण्डका धेरै सामग्री अहिले पनि उनले उत्पादन गरिरहेका छन् । चलचित्र वासुदेव बनाएर उनले नेपाली चलचित्र क्षेत्रमा पनि लगानी गरेका थिए ।

देशले आर्थिक उदारीकरणको नीति लिएपछि उनले बैंक, होटल, फाइनान्स कम्पनी, हाउजिङ, जलविद्युत, स्वास्थ्य, उत्पादनलगायत उद्योगमा लगानी गरेका थिए ।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन (नेपाली कांग्रेस)
प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नं २ बाट प्रतिनिधि सभाको लागि उम्मेद्वार सिफारिश गरेको छ । २०७४ सालको निर्वाचनमा पनि उनी समानुपातिक कोटामा जनजातितर्फको सूचीमा समावेश थिए । २०७७ सालमा नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाएका उनी व्यवसायिक समूह प्रभु ग्रुपका अध्यक्ष हुन् ।

प्रभु ग्रुपले प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु मनि ट्रान्सफर, प्रभु हेलिकप्टरलगायतका व्यवसायमा हात हालेको छ । प्रभु कोअपरेटिभ नामक सहकारी पनि सो समूहले सञ्चालन गरेको छ । पछिल्लो समय प्रभु पे नामक डिजिटल वालेट पनि सो समूहले सञ्चालन गरेको छ ।

लघुवित्त सञ्चालक भगवती चौधरी (नेकपा एमाले)

वित्तीय क्षेत्रमा ख्यातिप्राप्त अर्काे नाम हो भगवती चौधरी । नेकपा एमालेले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा चौधरीको एकल नाम सिफारिश गरेको छ । उनी यसअघि २ पटकसम्म सोही क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् । ओली निकट मानिने चौधरी २०६४ सालको संविधान सभा निर्वाचनमा भने विजयी भएकी थिइन् । त्यसबेला उनी वन तथा भू–संरक्षण राज्यमन्त्री भएकी थिइन् ।

वि.सं. २०२८ वैशाख २ गते जन्मिएकी उनले महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत हुँदा ०४६ सालको जनआन्दोलनमा भाग लिएकी थिइन् भने ०४८ सालमा पार्टीको सदस्यता लिएकी थिइन् ।

चौधरी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) सुनसरीकी अध्यक्ष हुन् । सोही संस्थामार्फत् सञ्चालित फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाकी अध्यक्ष उनी फरवार्ड बचत तथा ऋण सहकारी संस्थाकी संस्थापक अध्यक्ष र फरवार्ड इन्टरप्राइजेजकी प्रबन्ध निर्देशक हुन् ।

संविधानसभा सदस्य पदक, २०६५ पाएकी उनले लघुवित्त क्षेत्रबाट हजारौं महिलालाई उद्यमशील बनाएकी छिन् । फरवार्ड माइक्रोफाइनान्समार्फत् ग्रामीण अर्थतन्त्रलाई परिचालन गर्न उनी सफल भएकी छिन् ।

जोगी सर अर्थात् योगेन्द्र मण्डल (नेकपा एमाले)

जीवन विकास समाज लघुवित्तका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल पनि राजनीतिमा आएका छन् । २५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका मण्डल नेकपा एमालेसँग जोडिएर मंसिर ४ गते हुने निर्वाचनमा मोरङको क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बन्ने भएका छन् ।

मण्डलले २०५४ सालमा जीवन विकास समाज शुरु गरेका थिए । संस्था शुरु गर्नुअघि उनले दुई वर्ष गाउँमा निःशुल्क ट्युसन पढाएका थिए । ग्रामीण नागरिकको जीवनस्तर उकास्नका लागि सहयोग गरौं भन्ने उद्देश्यले शुरु भएको जीवन विकास समाजले लघुवित्तसँगै स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गरिरहेको छ ।

२ वर्षभित्र तीन सय बेडको सर्वसुलभ अस्पताल सञ्चालनको तयारी गरेको समाजले हाल भने जीवन विकास समाजको कार्यालयमा चार वर्षयता विराटनगरको कोशी अस्पतालको भन्दा सुलभ शुल्कमा पोलिक्लिनिक सञ्चालन गरिरहेको छ ।

गुणस्तरीय शिक्षाका लागि राम्रो काम गरेबापत जीवन विकास समाज द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्ट ले ‘क्वालिटी एजुकेशन फर अल’ पुरस्कारबाट सम्मानित भएको छ । पुरस्कारको राशी ३ लाख अमेरिकी डलर रहेको थियो ।

जीवन विकास समाजले करीब दुई लाख विपन्न परिवारलाई लघुवित्तका साथै शिक्षा, स्वास्थ्य, कृषि, आवास, ऊर्जालगायतका सामाजिक सेवा प्रदान गरिरहेको छ ।

चार्टर्ड एकाउन्टेन्ट निल सारु मगर (नेकपा एमाले)

नेकपा एमाले पाल्पाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु मगरलाई पाल्पा जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको लागि सिफारिश गरेको छ ।

विद्यार्थी कालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनीतिमा सक्रिय उनी हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य र नेकपा एमाले, पाल्पा काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्ष छन् । नेपाल धितोपत्र बोर्डको विज्ञ सञ्चालकको रुपमा ३ वर्ष काम गरेको अनुभव भएका उनी आर्थिक नीतिमा पिएचडी गरिरहेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ

Published

on

२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।

२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।

‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।

यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।

यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्‍यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’

यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।

६ दिनको अटो शोमा कति भयो बिजनेस ?

नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।

यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।

Continue Reading

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक