समाचार
उत्तरी मोरङमा विकासको ढोका खोल्ने खड्ग बस्नेत को हुन्
लेटाङ : नेकपा एमाले प्रदेश नम्बर १ कमिटीका सचिवालय सदस्य तथा मोरङ क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ख का उम्मेदवार खड्गबहादुर बस्नेत २०१२ सालमा जन्मनुभएको हो । धनकुटाको राजारानीमा बुवा कृष्णबहादुर बस्नेत र आमा स्वर्गीय पदममाया बस्नेतका जेष्ठ सन्तानको रुपमा जन्मनुभएका बस्नेतको बाल्यकाल धनकुटामा नै बित्यो । प्रारम्भिक शिक्षा बुवा–आमा र घरबाट नै प्रारम्भ गर्नुभएका बस्नेतले कक्षा–५ सम्मको प्राथमिक शिक्षा पुण्य प्रा।वि। राजारानी धनकुटाबाट लिनुभयो । श्री भानु जनप्रिय मावि डाँडाबजार धनकुटाबाट कक्षा ८ सम्मको अध्ययन पूरा गर्नुभएका उहाँले कक्षा १० सम्मको अध्ययन भने श्री शिक्षा निकेतन मावि धरानबाट पूरा गर्नुभयो । महेन्द्र क्याम्पस धरानबाट आइ।ए। पूरा गर्नुभएका बस्नेतले वीएड भने धनकुटा बहुमखी क्याम्पसबाट गर्नुभयो । एमएड अध्ययनका लागि भने उहाँ सुकुना बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । निडर र हक्कि स्वभावका बस्नेत बाल्य अवस्थादेखि नै क्रान्तिकारी हुनुहुन्थ्यो ।
परिवारभित्रकै विभेदको पनि कडा प्रतिवाद गर्ने बस्नेतलाई घरको कुलपूजामा महिलालाई प्रवेश गर्न नदिने र महिलाले प्रसाद समेत खान नहुने नियमले विद्रोह गर्न उत्प्रेरित गरेको थियो । कुल देउता सबैका लागि उत्तिकै हुन्छन् भन्दै उहाँले आमालाई पनि पूजामा सरिक हुनका लागि विद्रोह गर्नुपरेको सम्झनुहुन्छ । २०४० सालमा बबिता निरौलासँग वैवाहिक बन्धनमा बाँधिनुभएका बस्नेत २ छोरा र एक छोरीको पिता हुनुहुन्छ । गाउँघरमा ठूले भनेर परिचित बस्नेत छरछिमेकीका प्रिय पात्र हुनुहुन्थ्यो । जो सुकैलाई जस्तोसुकै सहयोग गर्न पछि नपर्ने उहाँ थिचोमिचो भने सहन हुँदैन भन्ने स्वभावको हुनुहुन्थ्यो । भौगोलिक अवस्था र शैक्षिक वातावरणका कारण उहाँले पढ्नका लागि पनि निकै दुःख गर्नुप¥यो । डाँडाबजारको स्कुलसम्म पढ्न डेढ घण्टाको उकालो ओरालो गर्नुपर्ने उहाँका लागि मावि पढ्न भने धरान नै झर्नुपर्ने बाध्यता थियो । जब मावि अध्ययनका लागि धरान झर्नुभयो पढाईका साथसाथै उहाँको रस क्रमशः राजनीतितर्फ पनि भिज्दै गयो । चित्र निरौलाहरुको संगत, जेबी टुहुरे, मन्जुल नेपालहरुका क्रान्तिकारी गितले उत्प्रेरित हुनुभएका बस्नेत २०३० सालमा एसएलसी दिए लगत्तै साँस्कृतिक अभियानमा होमिनु भयो ।
अनेरास्ववियु, युनियन कमिटीमा आवद्ध भइ धनकुटा चौबिसे क्षेत्र र उत्तरी मोरङमा साँस्कृति अभियान सञ्चालन गर्दै हिड्नुभएका बस्नेत २०३२ सालदेखि मोरङको केराबारी गाउँ पार्टी सकृय दल संस्थापक संगठक हुँदै केहि समयपछि पार्टी प्रमुख नै हुनुभयो । २०३२ सालमा नै सामन्तिका विरुद्ध जनवादी सांस्कृतिक आन्दोलनमा सहभागि हुँदा धनकुटाको राजारानी र ओख्रेबाट पक्राउ पर्नुभयो । राजनीति सँगसँगै २०३५ सालमा आईए उत्तिर्ण गरेसँगै उहाँले सावित्री माविमा शिक्षण पेशा समेत आरम्भ गर्नुभयो । १० वर्षे लामो शिक्षण पेशामा रहँदा उहाँले शिक्षक आन्दोलनको नेतृत्व र विद्यार्थी आन्दोलनको कमाण्ड समेत सम्हाल्दै आउनुभयो । २०३८ सालको विद्यार्थी आन्दोलनको कमाण्ड गर्दा अग्र मोर्चामा रहनुभएका उहाँ प्रहरीको कुटाईबाट घाइते हुनुभयो ।
पार्टीमा २०४० सालदेखि उत्तरी क्षेत्र इलाका कमिटी सदस्यको जिम्मेवारी सम्हाल्नुभएका बस्नेत २०४२ सालको शिक्षक आन्दोलनमा अग्रमोर्चामा रहेर नेतृत्व गर्नुभयो । २०४३ सालमा मालेको भूमिगत जिल्ला अधिवेशनको प्रतिनिधि हुनुहुन्थ्यो भने अधिवेशन व्यवस्थापन समेतको जिम्मेवारी पूरा गर्नुभयो । २०४६ सालको आन्दोलनमा पनि अग्रमोर्चामा रहनुभएका उहाँ पार्टी सचिव हुँदै २०४८ सालदेखि पार्टी जिल्ला कमिटी मोरङको सदस्य हँुदै सचिवालय सदस्यको जिम्मेवारीमा रहनुभयो । ३ कार्यकाल मोरङको सहसचिवको जिम्मेवारी पूरा गर्नुभएका बस्नेतले १ वर्ष स्वास्थ्य क्षेत्रमा समेत सेवा गर्नुभयो । २०४९ देखि–२०५४ सम्म केराबारी गाविसको उपाध्यक्ष बन्नुभएका बस्नेत २०५४ देखि २०५९ सम्म मोरङको जिविस सभापति बन्नुभयो । उहाँ २०५७–२०५९ सम्म पूर्वाञ्चल विश्वविद्यालयको सिनेट सदस्य समेत बन्नुभयो । २०६२÷०६३ को जनआन्दोलनका क्रममा पटक पटक पक्राउ पर्नुभएका बस्नेतले २० दिन कारागार र १२ दिन प्रहरी हिरासतमा बिताउनुप¥यो ।
पार्टीमा स्थानीय निकाय केन्द्रीय विभाग सदस्य हुँदै हाल १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य तथा मोरङ १ नम्बर संघीय निर्वाचन क्षेत्रको इन्चार्जको भूमिकामा रहनुभएको छ । मोरङ पत्रकार महासंघ लगायतका १ दर्ज संघ–संस्थाबाट अभिनन्दित हुनुभएका बस्नेतले नेपाल सरकारबाट २०५८ सालमा पदक प्राप्त गर्नुभएको थियो । तीन दशक भन्दा बढीदेखि मोरङको केराबारीको स्थायी बसोबास गर्दै आउनुभएका बस्नेत यस पटकको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ को ख बाट उम्मेदवार बन्नुभएको हो ।
२०५४ सालदेखि २०५९ सालसम्म नेकपा एमालेबाट जिल्ला विकास समिति मोरङको सभापतिमा निर्वाचित हुनु भएका बस्नेतलाई मोरङको उत्तरी क्षेत्र र भारतिय सिमा क्षेत्रमा विकासको सुरुवाती जग बनाउने व्यक्तित्वको रुपमा चिनिन्छ । मोरङ जिल्लामा विराटनगर र राजमार्ग क्षेत्रमा केहि विकासका काम भएपनि उत्तरी मोरङ र दक्षिणि भारतीय सिमा क्षेत्र विकासमा धेरै पछि परेको अवस्थामा उहाँ जिल्ला सभापति हुँदै ति क्षेत्रलाई प्राथमिकतामा राख्दै विकासको काम सुरुवात गर्नु भएको थियो । उहाँले खासगरि भारतीय सिमा क्षेत्रमा सडक निर्माण र उत्तरी मोरङमा सडक र कल्वट निर्माण, सिंचाई, विद्यालय भवन निर्माण, झोलुंगे पुल निर्माण, एलजीपी कार्यक्रम मार्फत संगठन, बचत र शीपको कार्यक्रम सञ्चालन, व्यवसायीक तरकारी खेतिको सूरुवात गराउने लगायतका काम गर्दै विकासको जग बसाउनु भएको थियो । उहाँले जिविस सभापति हुँदा जिविस मार्फत र त्यसपश्चात समेत आरआरएन, प्लान नेपाल, युएनडिपि, हडन जस्ता संस्थामार्फत ठूलो लगानी उत्तरी मोरङमा भित्र्याउनु भएको थियो ।
Facebook Comment
Banner
नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ
२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।
२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।
‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।
यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।
यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’
यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।
६ दिनको अटो शोमा कति भयो बिजनेस ?
नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।
यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login