Connect with us
Advertisement

भोलि टेलिस्कोपमार्फत् सर्वसाधारणलाई सूर्यग्रहणको अवलोकन गराइने

Published

on

फाइल तस्बिर

काठमाडौंः बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले प्रत्यक्ष रूपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ ।

समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माका अनुसार समितिको कार्यालय कीर्तिपुरमा टेलिस्कोपमा सोलार फिल्टर जडान गरी सुरक्षित तरिकाबाट अवलोकनको व्यवस्था गरिएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट सूर्यग्रहण अवलोकनको व्यवस्था मिलाएको अध्यक्ष सुरेश भट्टराईले बताए ।

समितिका अनुसार पश्चिमको महेन्द्रनगरमा बिहान ०८ः३८ मा ग्रहण शुरु हुनेछ । काठमाडौँमा ०८ः४३ र भद्रपुरमा ०८ः४८ मा ग्रहण शुरु हुने बताइएको छ । ग्रहणको अन्त्य काठमाडौँमा ११ः३३, महेन्द्रनगरमा ११ः१९ र भद्रपुरमा ११ः२७ मा हुने समितिले जनाएको छ ।

सूर्यग्रहण कतार, युएइ, ओमान, दक्षिण भारत, उत्तरी श्रीलङ्का, बङ्गालको खाडी, मलेसिया, इण्डोनेसिया, सिङ्गापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ । बिरल छायाँ भने पूर्वी युरोपको केही भाग, एशियाको अधिकांश भाग र अष्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिने समितिले जनाएको छ ।

सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त नभएको समितिले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने ग्रहणको समयमा धेरै कुरा गर्न नहुने उल्लेख गरेको छ ।

Continue Reading

Facebook Comment

24 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज भदौ १५ गते सोमबारको राशिफल

Published

on

२०८३ साल भदौ १५ गते सोमबार सन् २०२६ अगष्ट ३१ तारिख। भदौ कृष्ण पक्षको तृतिया तिथि। राष्ट्रिय पुस्तकालय दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ। तपाईंका विरोधी साथी सक्रिय छन्। आफन्तबाट अपमानित भएको महसुस हुनेछ। :वा:थ्य र शिक्षामा गरेको मिहिनतले सन्तुष्टि मिल्नेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ।

सिंह : दिन सामान्य छ। बढी तर्क नगर्नु उचित हुन्छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा ढिलासु:ती बढ्नेछ। :वा:थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुनेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। दाजुभाइबाट साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासु:ती भए पनि तपाईंको बढुवा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। राजनीतिक क्षेत्रमा पहुँच वि:तार हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु राम्रो हुनेछ। मूल्यंकन क्षमता बढ्नेछ।

कर्कट : दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र :वा:थ्यमा सुधारका संकेत फेला पर्नेछन्। विपक्षीमाथि विजय प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ।

कन्या : सचेत भएर अघि बढ्नुपर्ने दिनछ । अग्रजको माया प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट सफलता मिल्नेछ। परिवारमा भने विवाद हुनेछ।

तुला : दिन राम्रो छ। कृषिको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सहयात्री साथीले तपाईंको प्रशंसा गर्नेछन्। पारिवारिक मेलमिलाप हुनेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिलनेछ।

वृश्चिक : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । :वा:थ्यमा सुधार आउनेछ । सामाजिक काममा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको मर्यादा बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। आजको दिन थोरै बोलेर गरेको काममा प्रगति हुनेछ । तपाईंले लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि मिहिनेत गरेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

मकर : दिन राम्रो छ। आम्दानी बढ्नेछ। स्वास्थ्य र शिक्षाको सुधारले दैनिक काम सहज बन्नेछ। राज्यको सेवामा भए बढुवा मिल्नेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

कुम्भ : दिन सामान्य छ। पुराना मानिसँगको भेटले नयाँ योजना बन्नेछन्। गुरुको साथ पाएमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्मा भने संकट आइपर्ने देखिन्छ।

मीन : दिन राम्रो छ। आज गरेको परिश्रमको फल प्राप्त हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

Continue Reading

Banner

आज २०८३ साल असार ३० गतेको राशिफल

Published

on

२०८३ साल असार ३० गते मंगलबार सन् २०२६ जुलाई १४ तारिख। असार कृष्ण पक्षको औंसी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने दिन छ । व्यापार व्यवसायमा गरेको तपाईंको लगानीको फल अरुले लिनसक्ने भएकाले ख्याल गर्नुपर्नेछ । धार्मिक क्षेत्रमा मन जानेछ । राज्यको तर्फबाट तपाईंलाई सेवाका अवसर मिल्ने योग छ ।

वृष : आज तपाईंले शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ । व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढे लाभ मिल्नेछ । शत्रुबाट पनि प्रसंसा हुने दिन छ । धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ ।

मिथुन : दिन राम्रो रहेको छ । आज मानसम्मान प्राप्त हुनेछ । परिवारभित्रबाट विरोधको आवाज उठ्नेछ । सम्पत्तिको पछि लागेर स्वास्थ्यको ख्याल नगर्दा समस्या आउनसक्छ । धार्मिक क्षेत्रमा मन जानेछ । धार्मिक कार्यमा सहभागी भएर दिनकाे सुरुवात गर्नु उचित हुन्छ ।

कर्कट : दिन धेरै राम्रो रहेको छ । शिक्षामा सुधार हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् । गोपनीयता कायम गर्नुपर्ने देखिन्छ । व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ । अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ ।

सिंह : दिन राम्रो रहेको छ । गरेको कामबाट नाफा हुनेछ  । बोलीको प्रभाव राम्रो हुनेछ । परोपकारका भाव मनमा आउनेछ । हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिँदा मनमा खुसी मिल्नेछ । पारिवारिक प्रेममा भने कर्तव्य पूरा गर्नुपर्ने दिन छ ।

कन्या : सहकार्य गरेर अगाडि बढ्नु उचित हुन्छ । सम्पत्तिको जोहो गर्नुहोला । पारिवारिक भेटघाट हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यले साथ दिँदा मन प्रफुल्ल हुनेछ ।  सामाजिक काममा आज मानसम्मान प्राप्त हुनेछ ।

तुला : आज तपाईंको दिन ‍‍‍‍ राम्रो  छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । समाजमा मानसम्मान बढ्ने दिन छ ।  मित्र बढ्नेछन् । शत्रुको पनि सहयोग मिल्नेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

वृश्चिक : दिन सामान्य छ । थोरै बोल्न सके आयआर्जन बढ्नेछ । आफन्तबाट धोका मिल्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा समस्या आउने भएकाले सावधानी अपनाउनुपर्नेछ  ।

धनु : आज आम्दानी बढ्नेछ । स्वास्थ्यमा समस्यामा सुधार हुने देखिन्छ । काममा सफलता मिल्नेछ । शत्रु बढ्ने भएकाले सचेत भएर अघि बढ्नुपर्ने देखिन्छ । काममा भने मिहिनेतको खाँचो देखिन्छ ।

मकर : दिन राम्रो रहेको छ ।  शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ । श्रमको फल प्राप्त हुनेछ । दाजुभाइसँग सहकार्य गरेर गरेको कामबाट फाइदा मिल्नेछ । प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । यात्रा गर्दा भने सचेत हुनुपर्ने छ ।

कुम्भ : दिन ‍‍‍‍ राम्रो  छ । धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ । बिहान उठेर शिवभजन सुन्नुहोला। व्यापार व्यवसायमा आशिक फाइदा हुनेछ । साना कुरामा पनि रिस उठ्ने भएकाले संयमित भएर अघि बढ्नसपर्नेछ । परिवारको साथ भने मिल्नेछ ।

मीन : आजको दिन ‍‍‍‍ राम्रो  छ । काम गर्दा जोगिन सकेन हरेक क्षेत्रमा आम्दानी  बढ्ने छ । मनमा भएका कुरा अरुसँग साट्नु उचित हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ । अध्ययनमा रुची बढ्नेछ ।

Continue Reading

Banner

आज को राशिफल

Published

on

२०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि। सन् २०२६ जुन १२ तारिख।  विश्व बालश्रमविरुद्धको दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। तपाईं आफ्नै बोलीको कारण अप्ठेरोमा पर्ने भएकाले सचेत बन्नुपर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

वृष : दिन सामान्य छ । व्यापारबाट फाइदा हुने दिन छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछन्। आफूभन्दा ठुला व्यक्तिले सम्मान गर्नेछन्। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।

मिथुन :दिन राम्रो छ। आम्दानीका स्रोत बलिया छन्। विदेशमा गरेको लगानी भन्दा स्वदेशको लगानीबाट नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। आफन्तले भन्दा बाहिरका साथीले हरेक क्षेत्रमा सहयोग गर्नेछन्।

कर्कट : शुभ दिन छ । भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। शेयर कारोबारमा सहभागी भए नाफा आर्जन हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानी वृद्धि हुनेछ।

सिंह : परिवारसँग रमाइलो घुमघाम हुनेछ। खुशीयाली प्राप्त हुनेछ।  स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाका क्षेत्रमा भने मिहिनेतको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। हरेक क्षेत्रमा काम गर्दा सचेत बन्नुपर्नेछ। विरोधी सक्रिय भएकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्नेछ। परिवारको साथ र सहयोगमा अगाडि बढ्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : यात्रा गर्दा सचेत बन्नुपर्ने छ । दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको दुरुपयोग हुने जोखिम छ। विरोधी साथीसँग सचेत बन्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक :  स्वास्थ्यमा अचानक समस्या आइपर्ने जोखिम रहेको छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। अग्रजसँग नम्र भएर प्रस्तुत भएमा काम सहजै बन्नेछ। थोरै बोल्नु उचित हुन्छ ।

धनु : दिन राम्रो छ।  स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। गुरुबाट असहयोग हुनाले हरेक क्षेत्रमा अप्ठेरो पर्नसक्ने जोखिम छ। परिवारभित्रबाट भन्दा बारिहका साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। खर्च गर्दा भने सचेत हुनुपर्ने छ ।

मकर : सहकार्य गरेर लगानी गरेमा फाइदा हुनेछ। एकल निर्णय व्यापारमा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।  स्वास्थ्यले साथ दिँदा मनमा सन्तोष मिले पनि मनमा खटपटी बढ्ने जोखिम छ।

कुम्भ : सम्पत्ति कमाउने योग छ। व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्ने समय छ। गुरुबाट असहयोग हुँदा मन अशान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने छ । धार्मिक भेटघाट बढ्नेछ ।

मीन : शुभ दिन छ । व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी हुनेछ। उपचारमा भए  स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रयास गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारभित्र तपाईको कामको सम्मान हुनेछ । सेवा गर्न पाउँदा मन शान्त बनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक