कोशी प्रदेश
सीप विकास तालीम तथा प्रविधि हस्तान्तरण कार्यक्रममा सिलाइ मेसिन प्रदान
विराटचोकः आमकास नेपाल मोरङको आयोजनामा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ मा सीप विकास तालीम तथा प्रविधि हस्तान्तरणसम्बन्धी २ दिने तालीम सम्पन्न भएको छ ।
सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग तथा आमकास ९आप्रवासी महिला कामदार समूह० नेपालको आयोजनामा भएको कार्यक्रमको समापनमा २ जना महिलालाई सिलाइ मेसीन प्रदान गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले ती सिलाइ मेसिन हस्तान्तरण गरिन् ।

नेपालमै केही व्यवसाय गर्न खोज्दा पूँजीको अभाव भएको देखेपछि महिलाले सिकेको सीपको आधारमा २ जनालाई सिलाइ मेसिन दिइएको आमकास नेपाल मोरङकी अध्यक्ष उमा सेंढाईले बताइन् । कुबेतमा ३ वर्ष वैदेशिक रोजगारीका क्रममा रहेकी र हाल नेपालमै व्यवसाय गर्न पूँजी अभाव भएकी सुन्दरहरैंचा–९ की कविता नेपाली र २५ महिने शिशु सासूको जिम्मा लगाएर विदेश जान तयार सुन्दरहरैंचा–८ की लोकमाया अधिकारी लुइँटेललाई सिलाइ मेसिन दिइएको सेंढाईले बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले सीप सिकेर मात्रै नहुने त्यसको लागि काम गर्ने इच्छाशक्ति हुनुपर्ने बताइन् । सीप सिकेर आर्थिक रूपमा सबल भए कसैले पनि नहेप्ने उनको भनाइ थियो । गरिबी न्यूनीकरणमा लाग्न सहज होस् भनेर प्रविधि हस्तान्तरण तालीम दिइएको उनको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्थाकी अध्यक्ष उमा सेंढाईँले दिइएको मेसिनको सही उपयोग गर्नुपर्ने बताइन् ।
तालीम र दिइएको उपकरणलाई बालुवामा पानी हालेसरह बनाउन नहुने बताउँदै दूध खाने बच्चाको मुखबाट जबर्जस्ती दूध छुटाएर विदेशमा श्रम गर्न जान बाध्य भएका महिलालाई स्वदेशमै रोक्न तालीमको आयोजना गरिएको बताइन् ।
योे पनि पढ्नुहोस्
आमकास नेपालको सीप विकास तथा प्रविधि हस्तान्तरण कार्यक्रम शुरु
Facebook Comment
Banner
सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण
जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।
आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।
सहयोगी मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।
Banner
मोरङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
मोरङका अलगअलग स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा, ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँस्थित भित्री सडक खण्डमा लाइटिङ बोर्डिङ स्कुलबाट गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्टर आइतबार बिहानका राति आफैं अनियन्त्रित भएर दुर्घटना पर्दा सहचालकको मृत्यु भएको छ ।
ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले शनिबार साँझ ७:३५ बजेतिर पैदलयात्री ग्रामथान–२ का ५२ वर्षीय सुरेशकुमार सरदारलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । मोटरसाइकल चालक ग्रामथान–२ का १८ वर्षीय इशान पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
धनपालथान गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा दुई सातापछि मृत्यु भएको छ । सखरदिनाबाट कर्सियातर्फ जाँदै गरेको को २३ प ८४०६ नम्बरको मोटरसाइकलले गत मंसिर १२ गते साँझ ठक्कर दिँदा पैदलयात्री धनपालथान–३ सोराभागका ५२ वर्षीय शिवचरण माझी घाइते भएका थिए ।
नोबेल शिक्षण अस्पतालमा माझीको आइतबार बिहान ३:१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक धनपालथान–४ का ३१ वर्षीय धर्मेन्द्र परियारलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
Banner
लुम्बिनीले जित्याे एनपीएल उपाधि,
सुदूरपश्चिम राेयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधि जितेकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज भएकाे फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायाे । सुदूरपश्चिमले दिएकाे ८६ रनकाे लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायाे । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३/३ विकेट लिए ।
पहिलाे संस्करणमा तालिकाकाे पुछारमा रहेर लिग चरणबाटै बाहिरिएकाे लुम्बिनीले यस पटक उपाधि जित्याे । सुदूरपश्चिम भने लगातार दाेस्राे पटक उपविजेता बन्याे । सुदूरपश्चिम पहिलाे संस्करणकाे फाइनलमा जनकपुर बाेल्ट्ससँग पराजित भएकाे थियाे ।
लुम्बिनीले एनपीएलकाे उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ । यस्तै उपविजेता बनेकाे सुदूरपश्चिमले ५१ लाख रुपैयाँ, तेस्राे भएकाे विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएकाे काठमान्डु गाेर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेकाे छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login