स्थानीय तह
आमकास नेपालको सीप विकास तथा प्रविधि हस्तान्तरण कार्यक्रम शुरु
विराटचोकः आमकास नेपाल मोरङको आयोजनामा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ मा सीप विकास तालीम तथा प्रविधि हस्तान्तरणसम्बन्धी २ दिने कार्यक्रम शुरु भएको छ । सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग तथा आमकास (आप्रवासी महिला कामदार समूह) नेपालको आयोजनामा उक्त कार्यक्रम शुरु भएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ रहेकी थिइन् । उपप्रमुख तामाङले कार्यक्रमको उद्घाटन गर्दै नेपाली महिलाले वैदेशिक रोजगारीमा जानु अघि कानुनी प्रक्रिया पूरा नगराई जाँदा पाउने गरेको दुःख भोगाइ तथा बाध्यतावश रोजगारीमा जाँदा महिला बेचिने अवस्था समेत रहेको बताइन् । तामाङले यस्तो प्रकारको समस्या हुन नदिन यस्ता प्रकारका कानुनी परामर्श सीप हस्तान्तरण जस्ता तालीमले महिलालाई थप ऊर्जाशील बनाई सीप सिकेर जान उत्प्रेरणा समेत प्रदान गरेको बताइन् ।

कार्यक्रममा विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चैतन्य सिटौला र वडा नम्बर ८ का अध्यक्ष खेमप्रसाद न्यौपाने रहेका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष सिटौलाले नेपाल सरकारले लगानी गरेका तालीमको प्रतिफल शून्यजस्तै रहेको बताए । तालीम सञ्चालन गर्नु ठूलो कुरा नभएको तर सञ्चालन भएका तालीमबाट आउने प्रतिफललाई उपलब्धिमूलक बनाउन जोड दिनुपर्ने उनको भनाइ थियोे । सकेसम्म नेपालमै काम गर्ने वातावरण बनाउने र सम्भव नभए वैदेशिक रोजगारीमा जानुअघि कानुनी प्रक्रिया पूरा गरेर मात्र जानुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य उर्मिला रिजालले वैदेशिक रोजगारीमा महिला तथा पुरुषहरु लुकीछिपी जाने अवस्थालाई निरुत्साहित गर्नुपर्ने बताउँदै सरकारका तीन ओटै तहले यसमा जोड दिनुपर्ने बताइन् ।

सो तालीममा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७, ८ र ९ का ४० जना महिला सहभागी छन् । सहभागीहरूलाई कानुन व्यवसायी अधिवक्ता देवेन्द्र भण्डारीले सहजीकरण गरेका छन् । उद्घाटन कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका महिला तथा बालबालिका शाखाकी अधिकृत सुशीला अधिकारीको पनि उपस्थिति रहेको थियो ।

संस्थाकी अध्यक्ष उमा सेंढाईले सभापतिको आसनबाट बोल्दै वैदेशिक रोजगारबाट फर्किएका महिलाहरू मात्र सहभागी समूह भएकाले यस्ता महिलालक्षित कार्यक्रम गरिँदै आएको बताइन् । कार्यक्रमको सञ्चालन सचिव इन्दिरा प्रसाईले गरेकी थिइन् ।
Facebook Comment
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login