मधेस प्रदेश
जनता आवास कार्यक्रमः सप्तरी र सिरहामा दलितका लागि १ हजार ५ सय घर बन्ने
राजविराज: सप्तरी र सिरहाका करीब साढे एक हजार दलितको पक्की घर निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालु आर्थिक वर्षभित्र सप्तरी र सिरहामा एक हजार ४ सय ३२ पक्की आवास निर्माण हुन लागेको शहरी विकास तथा भवन कार्यालय राजविराजले जनाएको छ ।
सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा सञ्चालित कार्यालयका प्रमुख कृष्णदेव झाले डोम र मुसहरका लागि सप्तरीमा ६ सय ६६ र सिरहामा ७ सय ६६ ओटा पक्की आवास निर्माण हुने बताए ।
बार्दलीसहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर ३ लाख ३२ हजार ५ सय रुपैयाँका दरले बजेट छुट्याएको छ । घरसँगै शौचालय निर्माणका लागि थप १० हजार उपलब्ध गराइने कार्यालय प्रमुख झाले बताए ।
आवास परियोजना अवलोकनः लुमन्तीले विपन्न समुदायलाई बनाइदियो घर
Facebook Comment
Banner
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । हिजो पत्रकार सम्मेलन गर्दै उहाँले आज दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी गराउनुभयो ।
मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भने पनि आफूले परमादेशको पत्र हिजो दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा त्यही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाइसकिएको बताउनुभयो । अदालतको फैसलाअनुसार प्रक्रिया अघि बढ्ने र विश्वासको मत आफूले नै पाउने उहाँको दाबी छ ।
अस्ति सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो । प्रदेशसभा सचिवालयले भने विश्वासको मतका लागि आज विहान ८ बजे नै बैठक तोकेको छ । यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
अन्य दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।
Banner
आज सीता र रामको पूजा गरी विवाह पञ्चमी मनाइँदै
त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो ।
शिवधनुषलाई भाँचेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याइन्छ ।
त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।
Banner
बाराको सिमरामा तनाव बढेपछि फेरि कर्फ्यु
बाराको सिमरामा हिजो भएको झडपको विषयलाई लिएर आज पनि तनाव बढेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले फेरि कर्फ्यु लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जारी गर्नुभएको सूचनामा सिमरा विमानस्थल र आसपासको क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने गरी कर्फ्यु लगाएको उल्लेख छ । अहिले पनि सिमरा क्षेत्र तनावग्रस्त छ ।
हिजो आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरेका बेला कुटपिट गरी झडपको अवस्था निम्ताएको भन्दै जेनजी समूहले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीमा उल्लेख व्यक्तिलाई पक्राउ गर्नुपर्ने माग गर्दै जेनजी समूहले प्रदर्शन थालेपछि प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो ।
जाहेरी दिएकामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का अध्यक्ष कैमुदिन अन्सारीलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । उनीहरू दुवै जना एमालेबाट निर्वाचित हुन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login