Banner
एनभिडिया बन्यो विश्वकै पहिलो ४ ट्रिलियन डलरको कम्पनी
अमेरिकी चिप निर्माता कम्पनी, एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान कम्पनी मात्रै नभएर, बजार पूँजीकरण ४० खर्ब अमेरिकी डलर पुग्ने विश्वकै पहिलो कम्पनीसमेत बनेको छ ।
एनभिडियाको शेयर बुधबार २ प्रतिशतले उकालो लागेसँगै बजार पूँजीकरण ४ ट्रिलियन डलर नाघेको थियो । कुन कम्पनीले पहिला चार ट्रिलियनको सीमा छुन्छन् भन्नेमा उत्सुकता रहँदै आएको थियो ।
जेनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेन एआई) मा आएको उछालमा त्यसलाई आवश्यक हार्डवेयर (जीपीयू, चिप लगायत) निर्माण गरिरहेको एनभिडियाको सेयर किन्न लगानीकर्ताहरू हौसिएका छन् । सार्वजनिक रूपमा कारोबार हुने विश्वका कम्पनीहरूमध्ये एनभिडियाको बजार पूँजीकरणले इतिहासमै पहिलोपटक यस्तो कीर्तिमानी बनाएको हो ।
यसले माइक्रोसफ्ट, एप्पल, अमेजन, अल्फाबेट (गुगल), मेटा, साउदी आराम्को सबैलाई दुवैलाई उछिनेको छ । सन् २०२३ मा पहिलोपल्ट १ ट्रिलियन डलरको कम्पनी बनेको एनभिडियाले एआईमा आधारित प्रविधि विकास गर्ने होड बढेसँगै निरन्तर नाफा कमाइरहेको छ । कम्पनीले निर्माण गर्ने चिपहरूलाई अहिलेको सयमा सुन र इन्धनजत्तिकै बहुमूल्य मानिन्छ ।
सन् १९९३ मा क्यालिफोर्नियामा स्थापना भएको एनभिडियाले सन् २०२४ को फेब्रुअरीमा २ ट्रिलियन डलरको स्तर पार गरेको थियो र जुन महिनामा ३ ट्रिलियन डलर नाघेको थियो । सन् २०२२ को नोभेम्बरमा च्याटजीपीटी सार्वजनिक भएयता एआई हार्डवेयर र चिपको बजार ह्वात्तै बढेको छ । यसबाट एनभिडियाले ठूलो मुनाफा आर्जन गरिरहेको छ । कम्पनीले लार्ज ल्यांग्वेज मोडल (एलएलएम) का आवश्यक ग्राफिक्स प्रोसेसिङ युनिट (जपीयू) निर्माण गर्दै आएको छ ।
वर्तमान भू-राजनीतिक तनाव र चीनमा चिप निर्यातमा प्रतिबन्धका बीचमा एनभिडियाको बजार भने बढिरहेकै छ । यसै वर्ष सार्वजनिक भएको चीनको डिपसिक एआई मोडल निकै सस्तो मूल्यमा निर्माण भएको हल्लापछि चिप निर्माताहरूको बजारमा चिन्ता छाएको थियो । तर त्यसबाट पनि कम्पनी पुनः उकासिएको छ । सीएनएनका अनुसार कम्पनीले चीनका लागि बनाएको एच२० चिपमा निर्यात प्रतिबन्ध लागेपछि एनिभिडियाले ८ अर्ब डलरको बिक्री गुम्ने जनाएको थियो ।
कम्पनीको चामत्कारिक उन्नतीसँगै एनभिडियाका प्रमुख हुआङको प्रोफाइल पनि ह्वात्तै बढेको छ । मेटाका प्रमुख मार्क जकरबर्ग हुआङलाई ‘प्रविधि क्षेत्रका टेलर स्विफ्ट’ को संज्ञा दिन्छन् । हुआङ विशेषगरी ताइवानमा यति लोकप्रिय छन्, उनलाई प्रसंशकहरूले रक स्टारजस्तो व्यवहार गर्ने बीबीसीमा सार्लट एडबार्डसले लेखेकी छन् ।
Facebook Comment
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
Banner
सेयरबजारमा गिरावट, १७ अंकले घटेर साढे १४ अर्बको कारोबार
बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज साताको अन्तिम दिन समग्र बजार दोहोरो अंकले घटे पनि हाइड्रोपावर समूहका शेयरमा भने लगानीकर्ताको उत्साह देखिएको छ ।
बिहीबार नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ३२० स्टकको १ लाख ३८ हजार ८८३ पटकको कारोबारमा १४ अर्ब ५६ करोड रुपैयाँबराबरको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर खरिदबिक्री भएको छ। गत बुधबार ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको छ।
कुल कारोबारमा जलविद्युत समूहका कम्पनीको कारोबार ८ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन कुल कारोबारमा ५८ प्रतिशत हुन आउँछ । टप गेनरमा हाइड्रोपावर कम्पनी आए पनि नेप्से परिसूचकलाई सकारात्मकतातिर डोर्याउन सकेन ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपाल लिमिटेडको कारोबार रकम ५२ करोड २९ लाख रुपैयाँ नाघेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ भने लगानी समूह ०.०८ प्रतिशत र म्युचुएल फन्ड समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको छ । विकास बैंक समूह सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह २.१२ प्रतिशत, अन्य समूह १.१२ प्रतिशत, वित्त समूह १.७५ प्रतिशत र होटल तथा पर्यटन समूह १.२९ प्रतिशतले घटेको छ ।
Banner
पुसमा गाडी दुर्घटनाः २ सय ३८ जनाले ज्यान गुमाए
गएको पुस महिनामा गाडी दुर्घटनामा परेर देशभर २ सय ३८ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुसमा ४ हजार ५ सय ४९ वटा गाडी दुर्घटना हुँदा २ सय ३८ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ सय ९२ जना पुरुष, ३१ जना महिला, १५ जना बालबालिका छन् ।
पुसमा गाडी दुर्घटनामा ६ सय ६३ जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ५३ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
पुस महिनामा सबैभन्दा धेरै २ हजार ३ सय ८२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ७ सय ३६, बस १ सय ८०, टेम्पो २ सय ४७ वटा दुर्घटनामा परेका छन् । २ सय ८८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।
सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।
गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, अनावश्यक ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु, चालकको असक्षमता, यात्रुले हतारमा बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले पुस महिनामा ८८ हजार ९ सय ६९ जना चालकलाई कारबाही गरेर ८ करोड ४ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login