Connect with us
Advertisement

नेपाली सडकमा हाइड्रोजनबाट चल्ने गाडी गुडाउने बाटो खोल्दै सरकार

Published

on

सरकारले हाइड्रोजनबाट चल्ने सवारी साधनका लागि कानुनी बाटो खोल्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्ता सवारी साधन आयात र दर्ता गर्न अनुमति दिनेगरी कानुन बनाउने भएको हो । यसअघि मन्त्रालयले राय सल्लाह माग्दै सार्वजनिक गरेको राष्ट्रिय यातायात नीति २०८१ मा यो विषय समेटिएको छ । मन्त्रालयले सो नीतिका लागि प्राप्त राय सुझाव सङ्कलन गरेर मस्यौदालाई परिमार्जन गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका निर्माण तथा यातायात महाशाखाका सहसचिव कृष्णराज पन्तले हाइड्रोजन इन्धनयुक्त सवारी साधनको प्रयोगसम्बन्धी कुनै राय सुझाव प्राप्त नभएको जानकारी दिए ।

“मस्यौदा वेबसाइटमा राय सुझावका लागि राखेका थियौँ । हाइड्रोजन इन्धनबाट चल्ने गाडीको विषयमा सकारात्मक वा नकारात्मक कुनै पनि राय सुझाव आएनन्,” पन्तले भने, “हामीले राय सुझाव सङ्कलन गरेर मस्यौदा परिमार्जन गरी कानुन मन्त्रालयमा पठाएका थियौँ । त्यहाँबाट केही परिमार्जन गर्नु भनेर हामीलाई पठाएको छ । अहिले त्यसैको काम हुँदैछ ।”

सहसचिव पन्तले अगाडि भने, “हामीले प्रस्ताव गरेको मस्यौदा पारित भएको अवस्थामा नेपालमा हाइड्रोजनबाट चल्ने सवारीसाधनहरू पनि आयात वा बिक्रीका लागि बाटो खुल्नेछ ।”

उनका अनुसार सो नीतिको मस्यौदाका बारेमा अझै पनि मन्त्रालयको वेबसाइटबाट राय सुझाव पठाउन सकिन्छ । काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका एसोसिएट प्रोफेसर डा. विराजसिंह थापा सरकारको यो कदमलाई सकारात्मक रूपमा लिन्छन् । उनका अनुसार ऊर्जा मन्त्रालयले पनि हाइड्रोजनलाई यातायातको साधनमा प्रयोग गर्न आवश्यक नीति, नियम र निर्देशिका बनाउने तयारी गरिरहेको छ ।

यसका लागि मन्त्रालयले हाइड्रोजन सम्बन्धी आधिकारिक संस्थागत संरचना निर्माण गर्न एउटा समिति गठन गरेको छ, जसमा डा. थापा विज्ञ सदस्यको रूपमा रहेका छन् । “नेपाल सरकारले भोलि हाइड्रोजन सम्बन्धी कुनै कानुन, निर्देशिका वा वैदेशिक सहयोग तथा प्रविधिमा सहकार्य गर्नुपरेमा एउटा छुट्‍टै संस्थागत संरचना आवश्यक पर्छ,” उनी भन्छन्, “अहिले पेट्रोलियम पदार्थका लागि नेपाल आयल निगम, विद्युत्‌का लागि नेपाल विद्युत् प्राधिकरण र लगानी बोर्ड जस्ता संस्थाहरू भए जस्तै हाइड्रोजनको लागि पनि एउटा छुट्‍टै निकाय जरुरी हुन्छ ।”

उक्त समितिले नेपाल सरकारको पोर्टफोलियोभित्र हाइड्रोजन सम्बन्धी संस्थाको संरचना कहाँ राख्ने र यसको कार्यविधि कस्तो बनाउने भन्ने विषयमा काम गरिरहेको उनले जानकारी दिए । थापाका अनुसार यस संरचनाले हाइड्रोजन सम्बन्धी सम्पूर्ण काम एउटै निकायबाट हुने व्यवस्था मिलाउनेछ, जसले गर्दा विभिन्न मन्त्रालयबिच समन्वय गर्न सहज हुनेछ ।

नेपालमा हाइड्रोइजनलाई विभिन्न तवरबाट प्रयोग गर्नका लागि नेपालका सरकारी निकायहरूले आपसमा सहकार्य गरिरहेको उनले सुनाए । तर, हाइड्रोजनसँग सम्बन्धित नीतिको मस्यौदा आए पनि त्यसलाई अगाडि बढाई कार्यान्वयनमा ल्याउन ढिलाइ भइरहेको थापाको भनाइ छ ।

“नीतिलाई कार्यान्वयन गर्न आवश्यक ऐन, नियम र निर्देशिका बन्न नसक्दा नीति आएर पनि कार्यान्वयन हुन सकेको छैन,” उनले अगाडि भने , “तर, अब संस्थागत संरचना निर्माण भएपछि नीति कार्यान्वयनमा आउनेछ ।”

उद्योग मन्त्रालयले पनि हाइड्रोजनबाट मल कारखाना खोल्ने, फलाम खानीलाई प्रशोधन गर्ने र अन्य औद्योगिक प्रयोगका सम्बन्धमा छलफल गरिरहेको छ । यातायात मन्त्रालयले हाइड्रोजनबाट चल्ने गाडीको नम्बर प्लेट, कर र अन्य सुविधाका बारेमा छलफल गरिरहेको छ । त्यस्तै ऊर्जा मन्त्रालयले हाइड्रोजन सम्बन्धी संस्थाको संरचना र विद्युत्‌को दरभाउ निर्धारण गर्ने विषयमा काम गरिरहेको छ ।

त्यसका साथै अर्थ मन्त्रालयले हाइड्रोजन व्यवसायमा कर छुट र बजेट व्यवस्थापनका विषयमा छलफल गरिरहेको छ । डा. थापाका अनुसार काठमाडौँ विश्वविद्यालयले हाइड्रोजन सम्बन्धी सुरक्षा मापदण्डको अध्ययन गरिरहेको छ र यस सम्बन्धी प्रतिवेदन पनि तयार पारिएको छ ।

“हामीले नेपालमा हाइड्रोजन सम्बन्धी सुरक्षाको मापदण्ड कस्तो हुनुपर्छ भनेर अध्ययन गरेका छौँ,” उनले भने, “अन्तर्राष्ट्रिय स्तरमा भएका मापदण्डलाई पनि विश्लेषण गरी नेपालमा सुरक्षित रूपमा हाइड्रोजन कसरी प्रयोग गर्ने भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ ।”

ऊर्जा मन्त्रालय अन्तर्गतको समितिले संस्थागत संरचनालाई चाँडै टुङ्ग्याउने र त्यसपछि हाइड्रोजन सम्बन्धी मापदण्ड लागु गर्ने अपेक्षा गरिएको छ । डा. थापाका अनुसार यदि सरकारले चाहेमा अहिले नै काठमाडौँ विश्वविद्यालयले अनुसन्धानका लागि ल्याएको हाइड्रोजन गाडी चलाउन अनुमति दिन सकिन्छ ।

तर, व्यावसायिक रूपमा हाइड्रोजन गाडी चलाउन र यसको व्यवसाय विस्तार गर्नका लागि संस्थागत संरचना आवश्यक पर्छ । डा. थापाले आगामी दुई-तीन महिनाभित्र संस्थागत संरचना तयार हुने र त्यसपछि हाइड्रोजन इन्धनको प्रयोगले गति लिने विश्वास व्यक्त गरे ।

डा. थापाको नेतृत्वमा काठमाडौँ विश्वविद्यालयले १८ कात्तिक २०८० मा पहिलो हाइड्रोजन फ्युल सेल कार नेपाल भित्र्याएको थियो । विश्वविद्यालयले दक्षिण कोरियाबाट हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन कार नेपाल ल्याएको छ । झन्डै ८० लाख रुपैयाँ खर्च गरेर ल्याइएको उक्त हाइड्रोजन कार अझैसम्म पनि निर्वाध रूपमा चल्न भने सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २०७९ मा एक कार्यक्रममा बोल्दै हाइड्रोजन गाडीमा चढ्ने नेपालको पहिलो प्रधानमन्त्री बन्ने धोको भएको आशय राखेका थिए । तर, प्रधानमन्त्रीका रूपमा उनले हाइड्रोजनयुक्त कार चढ्ने मौका भने पाएनन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने भदौ २०८१ मा नेपालमै उत्पादित हाइड्रोजन इन्धनबाट चल्ने उक्त कार चढ्ने अवसर पाएका थिए ।

 त्यससँगै उनी नेपालमै उत्पादित हाइड्रोजन इन्धनबाट चल्ने गाडी चढ्ने नेपालको पहिलो प्रधानमन्त्री बनेका छन् । काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको दोस्रो चरणमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले हाइड्रोजन गाडी चढ्नुका साथै हाइड्रोजन रिफिलिङ स्टेसनको उद्घाटन समेत गरेका थिए ।

त्यस क्रममा बोल्दै उनले सरकारले आवश्यक पर्ने नीति नियम तर्जुमा गर्दै ग्रीन हाइड्रोजन प्रविधिलाई व्यावसायिक प्रयोजनमा सकेसम्म चाँडो लैजाने प्रतिबद्धता जनाएका थिए

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक