Connect with us
Advertisement

अधिक तरलता हुँदा अन्तरबैंक दर घट्यो, बढाउन ८० अर्ब निक्षेप संकलन

Published

on

१४ जेठ, काठमाडौं । आर्थिक गतिविधि वृद्धि हुन नसक्दा सुस्त भएको कर्जा मागले वित्तीय प्रणालीमा अधिक तरलता समस्या झनै बढ्दै गएको छ ।

केन्द्रीय बैंकले प्रणालीको अधिक तरलता अल्पकालीन व्यवस्थापन गर्न आज बुधबार ८० अर्ब खिच्ने भएको छ ।

अर्थतन्त्रमा देखिएको सुस्तताले कर्जा माग बढ्न नसक्दा वित्तीय प्रणालीमा तरलता बढेको हो । कर्जा माग नबढ्नु, रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार र निर्यात समेत बढेपछि वित्तीय प्रणालीमा तरलता बढेको हो ।

साथै, आर्थिक वर्षको अन्तिम समयमा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउने भन्दा पनि असुलीमा ध्यान केन्द्रित गर्ने भएकाले प्रणालीमा अधिक तरलता भएको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता निरन्तर कायम भएपछि केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत अनिवार्य नगद मौज्दात सम्बन्धी व्यवस्था खुकुलो बनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले दैनिक राख्नुपर्ने अनिवार्य नगद मौज्दात ४ प्रतिशतको ७० प्रतिशतलाई बढाइ ९० पुर्‍याएको छ । त्यस अनुसार बैंकहरूले तरलता व्यवस्थापन गर्दासमेत अधिक तरलता हुने अवस्था आएपछि अन्तरबैंक दर बढाउन बुधबार ८० अर्ब रुपैयाँ बराबर निक्षेप संकलन उपकरण जारी गरेको हो ।

बुधबार वित्तीय प्रणालीबाट केन्द्रीय बैंकमा रहेको १ खर्ब ७९ अर्ब रुपैयाँ स्थायी निक्षेप सुविधा परिपक्व भएको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी आजै ३१ अर्ब ६५ करोड बराबर निक्षेप संकलन उपकरण परिपक्व भएको छ ।

त्यो पैसा प्रणालीमा आउँदा अधिक तरलता झनै जटिल भई अन्तरबैंक ब्याजदर घट्न सक्ने भएकाले ८० अर्ब निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

‘अन्तरबैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा थोरै हुन दिन नखोजेको हो,’ ती अधिकारीले भने, ‘बुधबार विभिन्न उपकरण मार्फत खिचिएको तरलता बजारमा फिर्ता जाँदा अन्तरबैंक दरमा दबाब पर्न सक्ने भएकाले निक्षेप संकलन उपकरण प्रयोग भएको हो ।’

मौद्रिक नीतिको नयाँ व्यवस्थाले पनि अधिक तरलता व्यवस्थापनमा केही मद्दत गर्ने भएकाले आगामी दिनमा ब्याजदर तल्लो सीमाभन्दा केही माथि राख्न खोजिएको उनको बुझाइ छ ।

केन्द्रीय बैंकका अनुसार वित्तीय प्रणालीमा मंगलबार ८४ अर्ब ५३ करोड छ । यो तरलता खिच्नभन्दा पनि अन्तरबैंक दर बढाएर ब्याजदर करिडोरको तल्लो सीमा बढाउन खोजेको स्पष्ट हुन्छ । ब्याजदर करिडोरको तल्लो सीमा बढे बैंक तथा वित्तीय संस्थाका बचतकर्ताले पाउने ब्याज पनि बढ्न जान्छ ।

स्थायी निक्षेप मार्फत तरलता केन्द्रीय बैंकमा जाँदा २ दिनसम्म मात्र होल्ड हुन्छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले पाउने ब्याजदर पनि करिडोरको तल्लो सीमा हो । तर, निक्षेप संकलन मार्फत तरलता खिच्दा ब्याजदर बोलकबोल मार्फत निर्धारण हुने भएकाले करिडोरको तल्लो सीमा नै बढाउने वा घटाउने अवस्था रहन्छ ।

यसअघि केन्द्रीय बैंकले यसै साता आइतबार ३० अर्ब बराबर निक्षेप संकलन गरेको थियो । उक्त परिमाण निक्षेप संकलन गर्न बैंक तथा वित्तीय संस्थाले ६६ अर्ब दिन खोजेका थिए । केन्द्रीय बैंकले यही सातामा बुधबार पुन ८० अर्ब निक्षेप संकलन आह्वान गरेको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक