Connect with us
Advertisement

सम्बन्धविच्छेद भएको १० वर्षपछि पूर्वपतिद्वारा घरमा बोलाएर हत्या

Published

on

बुटवल उपमहानगरपालिका-११ मिलीजुली पथस्थित सुजन कोइरालाको घर। यही घरभित्र ३ जनाको शव फेला परेको थियो। 
  • ३४ वर्षीया दीपा बस्याल, उनका छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी बस्यालको हत्या
  • हत्यामा संलग्न दीपाका पूर्वपति ३५ वर्षीय सुजन कोइराला पक्राउ

लुम्बिनी — बुटवल उपमहानगरपालिका-११, मिलीजुली पथमा बुधबार बिहानै भएको आमा र २ छोरीको सामूहिक हत्या भयो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ३४ वर्षीया दीपा बस्याल, उनका छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको हो।

उनीहरूलाई आफ्नै घरमा बोलाएर दीपाका पूर्वपति ३५ वर्षीय सुजन कोइरालाले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए। कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दीपा र सुजनबीच ०६९ सालमा विवाह भएको थियो। तर त्यही वर्ष आफ्नै माइला दाजु सुदीप कोइरालाको हत्यामा सुजन जेल परे। त्यसपछि सुजन र दीपाको सम्बन्ध चिसियो।०७२ सालमा दीपाले सुजनसँग सम्बन्धविच्छेद गरेकी थिइन्।

सम्बन्धविच्छेदपछि दीपाले पूर्वी नवलपरासीको कावासोतीका शंकर ढकालसँग विवाह गरिन्। दुई छोरीहरू ढकालपट्टिका हुन्। ढकाल भने अहिले वैदेशिक रोजगारीका लागि दुबईमा छन्।

पाल्पामा स्वास्थ्यकर्मीका रुपमा काम गर्ने दीपा एक आफन्तको विवाहका लागि मंगलबार बुटवल आएकी थिइन्। त्यही बेला पूर्वपति सुजनले उनलाई घर बोलाएका थिए। बुटवल उपमहानगरपालिका-११, मिलीजुली पथमा रहेको कोइरालाको घरमा मंगलबार राति सुजनसँगै दीपा र उनका दुई छोरीहरू बसेका थिए।

प्रहरीका अनुसार बुधवार बिहान ४ बजेतिर सुजनले दीपा र छोरीहरूको धारिलो हतियार चक्कु र हतौडाको प्रयोग गरी हत्या गरेका थिए। कोइरालाले बिहान ६ बजेतिर आफ्नो घरको भान्सा कोठा मर्मतका लागि भन्दै एक जना व्यक्तिलाई काम गर्न घरमा बोलाएका थिए। त्यसपछि त्यहाँ हत्या भएको विषय बाहिर आएको थियो। प्रहरीले सुजनलाई घरैबाट हिरासतमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए।

छिमेकीका अनुसार दाजुको हत्यामा जेल परेका कोइराला ८/९ वर्ष जेल बसेपछि संविधान दिवसमा राष्ट्रपतिबाट माफी पाएर बाहिर आएका थिए। त्यसयता उनी कारागारमा निर्मित सामाग्रीहरूको व्यापार गर्दै आएका थिए। प्रहरीले उनको जेल बसाइ र माफीबारे पाल्पा प्रहरीसँग बुझिरहेको जनाएको छ । सुजनको घरभित्र जहाँ कहीं कारागारमा बनेका सामग्री भण्डारण गरिएको छ।

प्रहरीले तीन वटै शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेको छ। दीपा र सुजन विगत १ वर्षदेखि एक आपसमा भेटघाट गर्ने गरेको खुलेको छ। मानसिकरूपमा पनि सामान्य अवस्थाका देखिने सुजनले हत्या किन गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दीपाका आफन्तले भने दीपा बुटवलमा भान्जीको विवाहमा आउने कुरा बताएको भएपनि मंगलबार नै आएकोबारे थाहा नपाएको बताएका छन्। उनी पाल्पाको तानसेनमा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। उनी बुटवल आइसकेको र यस्तो घटना घटेको भन्नेबारे बुधबार बिहान थाहा पाएर घटनास्थलमा आएको आफन्तको भनाइ छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक