Banner
अस्ट्रेलियाकाे राजनीतिमा पकड बनाउन खोज्दै नेपाली मूलका अस्ट्रेलियाली
अस्ट्रेलिया — आसन्न मे ३ तारिखमा हुने अस्ट्रेलियाको संसदीय निर्वाचनमा अघिल्ला वर्षजस्तै यसपाला पनि नेपाली मूलका अस्ट्रेलियाली उम्मेदवार मैदानमा देखिएका छन् । मताधिकार प्रयोग गर्न पाउने नेपाली मूलका अस्ट्रेलियालीको जनसंख्या बढेसँगै राजनीतिक वृत्तमा पकड जमाउन उनीहरु अग्रसर देखिएका हुन् । यसपालाको केन्द्रीय निर्वाचनमा सिड्नी निवासी नेपाली मूलका युवा विनोद पौडेल प्रमुख प्रतिपक्षी दल लिबरलको तर्फबाट म्याकाथर निर्वाचन क्षेत्रका लागि संसदीय उम्मेदवारका रूपमा मैदानमा देखिएका छन् ।
नेपाली मुलका अस्ट्रेलियालीहरु उम्मेदवारका रुपमा देखा परेको यो पहिलोपटक भने होइन । यसअघि पश्चिम अस्ट्रेलियाबाट भुवन खड्का, सिड्नीबाटै प्रमेज श्रेष्ठले अस्ट्रेलियाका ठूला पार्टीका तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छन् । यसका साथै न्यु साउथ वेल्सस्थित राज्यको संसदीय निर्वाचनमा सिड्नीका एलेक्स कार्की लेबर उम्मेदवारका रुपमा केलिभिल निर्वाचन क्षेत्रबाट, ज्योसना पौडेल क्याम्पेलटाउन क्षेत्रका लागि लिबरल उम्मेदवारका रुपमा उठेका थिए भने स्नेहा केसी क्यानबेराबाट उम्मेदवार बनेकी थिइन् ।
अहिलेसम्म कसैले जित हासिल नगरे पनि अस्ट्रेलियाली राजनीतिमा नेपाली मूलका मानिसको उपस्थिति र पकड पछिल्लो समयमा बाक्लिँदै गएको छ ।
अहिले अस्ट्रेलियामा अनुमानित २ लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन् । जसमध्ये यहाँ नागरिकता लिएका नेपालीको संख्यासमेत उल्लेख्य रुपमा बढिरहेकाले अस्ट्रेलियाका ठूला राजनीतिक दलको रोजाइमा नेपाली पर्न थालेका हुन् ।
अघिल्लोपटक पनि विनोद पौडेल म्याकाथर निर्वाचन क्षेत्रबाटै उम्मेदवार बनेका थिए । त्यतिबेला उनी अघिल्लो दुई कार्यकालदेखि नै निरन्तर विजयी बनिरहेका माइकल फ्रिल्यान्डरसँग करिब १७ हजार भोट अन्तरले पराजित भएका थिए । तर यसपाला अवस्था फेरिएको भन्दै उनी विजयी हुनेमा दाबी गर्छन् ।
अहिलेसम्म कसैले जित हासिल गर्न नसकेको भए पनि नेपाली मूलका व्यक्तिहरुले राजनीतिमा यो अवसर पाउनुलाई नेपालीको पकड बढ्दै गएका रुपमा विश्लेषण गरिएको छ ।
सन् २०१९ को निर्वाचनमा श्रेष्ठले तत्कालीन सत्तारुढ दल लिबरलबाट सिड्नीको बार्टन निर्वाचन क्षेत्रमा टिकट पाएका थिए । तर उनले पनि आदिवासी नेतृ लिन्डा बर्नीसँग करिब १४ हजार मतान्तरले पराजय भोगे । त्यसैगरी नेपाली मूलकै खड्काले समेत तेस्रो ठूलो पार्टी ग्रिनबाट संसदीय निर्वाचन लडेका भए पनि जित हासिल गर्न सकेनन् ।
पीआरपछि यहाँको नागरिकता लिएर मतदानको अधिकार लिने नेपाली मूलका मतदाताको संख्या बढेसँगै यहाँका प्रधानमन्त्री, प्रिमियर, विपक्षी दलका नेताले नेपालीलाई विभिन्न सन्दर्भमा बधाई तथा शुभकामना दिने क्रमसमेत बढ्न थालेको छ । नेपाली नयाँ वर्ष, दसैंतिहार लगायतका नेपाली पर्वको अवसर पारेर शुभकामना दिने क्रम सामान्य बन्न थालिसकेको छ । यसको मुख्य उद्देश्य नेपाली मूलका नागरिकसँग सम्बन्ध स्थापित गर्ने मात्र नभएर मतदातालाई आफूतिर आकर्षित गर्नेसमेत रहेको हुन्छ ।
विपक्षी दलका नेता पिटर डट्टन लगायतका अन्य नेतासँग पौडेल ।
एक दशकअघि यहाँको केन्द्रीय सरकारको सल्लाहकार सुझाव समितिमा रहेर काम गरिसकेका महेन्द्र लम्साल नेपालीको पकड र महत्व यहाँको राजनीतिमा बढ्नु अनौठो नभएको सुनाउँछन् । जनसंख्या बढेसँगै सम्बन्ध विस्तार हुनु र यहाँको राजनीतिक दलको प्राथमिकतामा बिस्तारै पर्नु सामान्य भएको उनको भनाइ छ । अर्कोतिर हरेक दिन बिहानैदेखि मतदातासँग भोट माग्न हिँडिरहेका पौडेल भने यहाँका ठूला राजनीतिक दलले नेपाली मूलका युवालाई विश्वास गर्नु यहाँ रहेका नेपाली मात्र नभएर समग्र नेपालकै लागि गर्वको विषय भएको बताउँछन् । आफूले जिते सबै समुदायका लागि काम गर्ने र नेपाल तथा अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध विस्तारमा पुर्याउन सक्ने सबै योगदानमा दत्तचित्त भएर लाग्ने उनको भनाइ छ ।
नेपाली राजदूत चित्रलेखा यादवसमेत नेपालीको बढ्दो राजनीतिक पकड र उपस्थितिलाई सकारात्मक र उल्लेखनीय भएको बताउँछिन् । उनी त नेपाली मूलका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने विचार व्यक्त गर्छिन् । ‘हाम्रो विचार र आस्था अलग हुन सक्छ तर अस्ट्रेलियाली राजनीतिमा प्रवेश पाउन सक्ने यो अवसरलाई सबैले मनन गरेर उम्मेदवारलाई सहयोग गर्नुपर्छ,’ उनले भनिन् । नेपाली मूलको नागरिकलाई अस्ट्रेलियाको संसद्जस्तो स्थानमा प्रतिनिधित्व गर्ने अवसर आएको र यो नै महत्वपूर्ण भएको उनको भनाइ छ ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र

















You must be logged in to post a comment Login