Connect with us
Advertisement

इजरायलबाट उद्धारका लागि ४८५ नेपालीको निवेदन

Published

on

इजरायलमा रहेका करिब पाँच सय नेपालीले उद्धारको सहयोग माग्दै सरकारसमक्ष निवेदन दिएका छन् । इजरायल–इरान युद्ध चर्किएपछि त्यहाँबाट उद्धार चाहने नेपालीका लागि परराष्ट्र मन्त्रालयले वेबसाइटमा मंगलबार राखेको फाराम उनीहरूले भरेका छन् ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार बिहीबार साँझसम्म ४ सय ८५ जनाले व्यक्तिगत विवरणसहित फाराम भरेका छन् । उनीहरू सबै इजरायलमा रहेका नेपाली हुन् । इजरायलमा करिब ७ हजार नेपाली छन् । इरानमा भने १७ जना नेपाली रहेको तथ्यांक छ । जोखिममा रहेका नेपालीको उद्धार प्रयोजनका लागि तथ्यांक संकलन भइरहेको प्रवक्ता क्षेत्रीले बताए । ‘त्यहाँ रहेका नेपालीको चाहना बुझ्दै छौं । उद्धार चाहनेलाई कसरी सुरक्षित तरिकाले ल्याउनेबारे पनि छलफल भइरहेको छ,’ उनले भने, ‘आफ्ना नागरिकको सुरक्षाका लागि नेपाल सरकराले सम्भव भएसम्म प्रयास गर्नेछ ।’

युद्धग्रस्त इजरायल र इरानमा हवाई सेवा बन्द छ । स्थलमार्गबाट बाहिर निस्किन पनि कठिन छ । कतिपय मुलुकले भने आफ्ना नागरिकको उद्धार थालिसकेका छन् । परराष्ट्रका प्रवक्ता क्षेत्रीले नेपाली नागरिकको उद्धारका लागि विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय भइरहेको जानकारी दिए ।

इरानको कारागारमा ५ नेपाली रहेका छन् । अन्य १२ नेपाली भने विभिन्न दूतावास र अन्यत्र कार्यरत रहेको तथ्यांक छ । इरानसमेत हेर्दै आएका कतारस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेलले उद्धारको माग गर्दै कसैले पनि सम्पर्क नगरेको बताए । उनका अनुसार अहिलेसम्म नेपाली सबै सुरक्षित रहेको सूचना छ । ‘भोलि–पर्सि इरानबाट निकाल्नुपर्ने स्थितिमा के गर्ने भनेर हामी छलफल गरिरहेका छौं,’ उनले भने, ‘हवाई सेवा बन्द छ । अजरबैजान र पाकिस्तानले आफ्नो सीमा बन्द गरेका छन् ।’

इरानबाट नेपालीको उद्धार गर्ने विषयमा कतारस्थित इरानी दूतावाससँग छलफल गरेको राजदूत पौडेलले जानकारी दिए । ‘इरानबाट यूएईसम्म फेरी चल्छ । तर फेरी चल्ने स्थानमै पुग्न १५ घण्टा लाग्ने रहेछ । त्यहाँबाट निकाल्न सकिन्छ कि भन्नेबारेमा कुराकानी भएको छ,’ उनले भने, ‘यूएईसँग पनि छलफल गर्छौं । सुरक्षित बाटो पहिचान भएपछि इरानमा रहेका नेपालीलाई खबर गर्छौं ।’

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार त्यहाँ रहेका केही नेपालले नेपाल फर्किन इच्छा राखेका छन् । ‘यहाँको परिस्थितिमा अभ्यस्त भइसकेका र रोजगारीमा जमेका धेरैजसो नेपालीले उद्धार खोजेका छैनन् । तर भर्खर आएकाहरूले सुरक्षित रूपमा फर्किने उपाय खोजिरहेका छन्,’ उनले भने, ‘तर यहाँबाट निकाल्न कठिनाइ छ । एक नेपाली डाक्टरलाई जोर्डनको स्थल मार्गबाट निकाल्न अनलाइनबाट भिसाको आवेदन दिएको दुई दिन भइसक्दा पनि सकिएको छैन ।’ इजरायल सरकारकै निमन्त्रणामा पुगेका विराटनगरका मेयर नागेश कोइरालालाई फर्काउन भने समस्या नभएको राजदूत पण्डितले बताए । उनले थपे, ‘उहाँसँग रातो पासपोर्ट पनि थियो ।’

नेपाल सरकारले इजिप्टस्थित आफ्नो दूतावासमार्फत जोर्डन सरकारलाई त्यहाँको बाटो हुँदै नेपालीलाई बाहिरिन सहजीकरण गरिदिन आग्रह गरेको छ । जोर्डनले भने होटल र विमानको टिकट रहेको अवस्थामा सहज गरिदिने भनेको छ । इजिप्टपट्टि गाजाको सिमाना हुँदै जानुपर्ने भएकाले जोर्डनको बाटो नै सहज हुने राजदूत पण्डितले बताए । ‘नेपाली समुदायसँग सम्पर्कमै छौं,’ उनले भने, ‘फर्किन चाहनेहरूको संख्या हेरी आवश्यक योजना बनाउँछौं । यहाँ काम गरिरहेकाहरू व्यक्तिगत रूपमै विमानको टिकट काट्न सक्षम छन् ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

Published

on

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुनेछ ।

एनपीएलका अघिल्ला दुई संस्करणमा पोखराले सुदूरपश्चिमसँग दुवै खेल गुमाएको थियो । आजको खेलमा पोखरा इतिहास बदल्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम भने पोखरालाई हराएर आफ्नो यात्रा अघि बढाउने योजनामा छ ।

सुदूरपश्चिमको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । अन्य खेलाडीहरुमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दिपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल रहेका छन् ।

यस्तै विदेशी खेलाडीहरुमाशेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन छन् ।

यसैगरी, पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेलले सम्काल्ने छन् । अन्य खेलाडीहरुमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य छन् ।

यस्तै, शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनन्जय लक्षण रहेका छन् ।

आठ टोली सहभागि प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Continue Reading

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक