Connect with us
Advertisement

इलन मस्कले घोषणा गरे नयाँ दल ‘द अमेरिका पार्टी’

Published

on

अर्बपति इलन मस्कले अमेरिकामा तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उनले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मित्रता टुटेपछि मस्कले आफ्नै नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।

‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन हामी एक दलीय प्रणालीमा हुन्छौँ,’ मस्कले एक्समा लेखेका छन्, ‘आज, तपाईंहरूलाई आफ्नो स्वतन्त्रा फिर्ता दिन अमेरिका पार्टी गठन गरिएको छ ।’

उनले जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवसमा ‘के तपाईं दुई दलीय प्रणालीबाट मुक्ति चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा एक्समा पोलसमेत गरेका थिए । सो सर्वेक्षणमा नयाँ दलका पक्षमा तेब्बर बढी समर्थन आएको उनको दाबी छ ।

शुक्रबार ट्रम्पले कर कटौती र खर्च वृद्धिसम्बन्धी ‘बिग ब्युटिफुल बिल’ मा हस्ताक्षर गरेको पृष्ठभूमिमा मस्कले नयाँ दलसम्बन्धी घोषणा गरेका हुन् । उनले सो विधेयकको कडा आलोचना गर्दै आएका छन् । यसैलाई लिएर ट्रम्पसँग उनको सम्बन्धमा फाटो आएको थियो । उक्त विधेयकले अमेरिकी बजेट घाटा २ ट्रिलियनबाट बढाएर २.५ ट्रिलियन पुर्‍याउने भन्दै मस्कले ‘देशलाई चुर्लुम्मै ऋणमा डुबाउने’ खतरनाक निर्णय भनेका छन् ।

सन् २०२४ को निर्वाचनमा ट्रम्पका लागि अर्बौं डलर खर्च गरेका मस्कले ट्रम्प प्रशासनमा ‘सरकारी दक्षता विभाग’ (डज) को प्रमुख भएर काम गरेका थिए । त्यसको उद्देश्य नै खर्च कटौती थियो । तर, ‘बिग ब्युटिफुल बिल’ मा खर्च वृद्धिका व्यवस्था भएपछि उनी र ट्रम्पबीच विवाद बढेको बताइन्छ ।

मस्कले सामाजिक सञ्जालको मत सर्वेक्षणका आधारमा अमेरिकामा नयाँ राजनीतिक दलको आवश्यकता रहेको जनाउँदै भनेका छन्, ‘२:१ को अनुपातमा तपाईंहरूले नयाँ दल चाहनुभएको छ र तपाईंहरूलाई अब त्यो उपलब्ध हुनेछ ।’ आफ्नो राजनीतिक पार्टीको नीति मुख्यतः खर्च नियन्त्रण र आर्थिक अनुशासनमा केन्द्रित हुने मस्कले जनाएका छन् । यद्यपि, पार्टीको पूर्ण घोषणापत्र भने उनले सार्वजनिक गरिसकेका छैनन् ।

मस्कले सन् २०२६ को मध्यावधि निर्वाचनमा केही सीमित कंग्रेस र सिनेट सिटहरूमा उम्मेदवार खडा गरेर सक्रिय राजनीतिक हस्तक्षेप गर्ने योजना बनाएका छन् । ट्रम्प पक्षबाट भने अहिलेसम्म मस्कको घोषणामा औपचारिक प्रतिक्रिया आएको छैन । तर, केही दिनअघि राष्ट्रपति ट्रम्पले मस्कका कम्पनीहरूलाई दिइएको संघीय अनुदान पुनरावलोकन गरिने चेतावनी दिएका थिए ।

कतिपय राजनीतिक विश्लेषकहरूले अमेरिकामा दुई दलीय प्रणाली विरुद्धको संघर्ष कठिन हुने औंल्याएका छन् । विगतमा रस पेरोटजस्ता अर्बपतिहरूले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका भए पनि खासै ठूलो प्रभाव कायम गर्न नसकेको सीएनएनको समाचारमा उल्लेख छ । तथापि, मस्कजस्ता प्रभावशाली व्यक्ति र प्रविधि क्षेत्रमा भएको उनको पकडले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने सम्भावनालाई नजरअन्दाज गर्न नमिल्ने विश्लेषण पनि भइरहेका छन् ।
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

Published

on

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुनेछ ।

एनपीएलका अघिल्ला दुई संस्करणमा पोखराले सुदूरपश्चिमसँग दुवै खेल गुमाएको थियो । आजको खेलमा पोखरा इतिहास बदल्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम भने पोखरालाई हराएर आफ्नो यात्रा अघि बढाउने योजनामा छ ।

सुदूरपश्चिमको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । अन्य खेलाडीहरुमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दिपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल रहेका छन् ।

यस्तै विदेशी खेलाडीहरुमाशेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन छन् ।

यसैगरी, पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेलले सम्काल्ने छन् । अन्य खेलाडीहरुमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य छन् ।

यस्तै, शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनन्जय लक्षण रहेका छन् ।

आठ टोली सहभागि प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Continue Reading

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक