Banner
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन
कालीकोटको गाल्जेमा पहिरोले सडक मुनिको पर्खाल भत्काउँदा अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड अझै खुल्न सकेको छैन । साना गाडीलाई पास दिने साँघुरो ट्य्राक बने पनि ठूला यात्रुवाहक बस, निर्माण सामग्री र खाद्यान्न बोकेका ट्रक ३ दिनदेखि बाटोमै रोकिएका छन् ।
तीन साताअघि पनि सोही ठाउँमा पहिरो गएपछि सडक डिभिजन कार्यालय जुम्लाले पर्खाल बनाएर सञ्चालनमा ल्याएको सडक पुनः भत्किएपछि ठूला गाडी रोकिएका कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए। ‘भित्तातिर पूरै चट्टान छ,’ उनले भने, ‘बाटोमुनिबाट उठाएको पर्खाल पूरै भत्किएको छ।’ उनका अनुसार चट्टान फुटाउने क्रममा जेसीभी मेसिनको हाइड्रोलिक पाइप फुटेका कारण शनिबारदेखि काम रोकिएको हो ।
ठूलो मेसिन सुर्खेतबाट आउँदै गरेको जानकारी दिँदै उनले मेसिन पुगेपछि माथिल्लो चट्टान फुटाएपछि मात्र सडक खुल्ने बताए । ‘काम कहिले सकिएर सडक खुल्छ भन्ने निश्चित छैन,’ उनले भने, ‘साना गाडी मात्र एकतर्फी पास हुने गरेका छन्।’
आर्थिक वर्ष सकिन लाग्दा जुम्ला र मुगुका लागि निर्माण सामग्री बोकेका ट्रक कालीकोटको ताडी, बालीलगायत ठाउँमा रोकिएको व्यवसायी रतन महताराले बताए । ‘सामान छिटो चाहियो भनेर निर्माण साइटबाट फोन आएको आयै छ,’ उनले भने, ‘सडक बन्द छ, कसरी जाने?’
जुम्ला र मुगुका लागि खाद्यान्न बोकेका ट्रक पनि बाटोमै रोकिएको ट्रक चालक नवीन विश्वकर्माले जानकारी दिए । वर्षाको पानीसहित जुविथा जिउलोको पानीले गाल्जेनजिकैको भिरमा पहिरो गएको हो । साँघुरो सडकमा पर्खाल खसेकाले सयौं मालवाहक गाडी रोकिएका छ न्। साना गाडी भने पास भइरहेका छन् ।
बिहीबारदेखि गाडी रोकिएकाले मालवाहक ट्रकका चालक, सहचालक र यात्रुले कच्ची पर्खाल लगाउने प्रयास गरेका थिए, तर सम्भव नभएपछि चट्टान फुटाउन ब्रेकर झिकिएको अस्थायी ट्राफिक पोस्ट खल्लागाडका प्रहरी हवल्दार चन्द्रबहादुर घर्तीले बताए । ‘साना गाडी त पठाइरहेका छौं,’ उनले भने, ‘बस र मालवाहक गाडी भने रोकिएका छन् ।’ सडक अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला, मुगु जाने तथा जुम्ला, मुगुबाट कालीकोट, दैलेख हुँदै सुर्खेत फर्कने गाडी रोकिएको प्रहरीले जनाएको छ ।
कुल २३३ किलोमिटर लम्बाइ भएको कर्णाली राजमार्गको नाग्मा–जुम्ला खण्डमा सडक राम्रो भए पनि त्यसभन्दा तलको कालीकोट र दैलेख खण्डमा हिलो र धूलोको समस्या हुने गरेको छ ।
Facebook Comment
Banner
एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
एनपीएलका अघिल्ला दुई संस्करणमा पोखराले सुदूरपश्चिमसँग दुवै खेल गुमाएको थियो । आजको खेलमा पोखरा इतिहास बदल्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम भने पोखरालाई हराएर आफ्नो यात्रा अघि बढाउने योजनामा छ ।
सुदूरपश्चिमको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । अन्य खेलाडीहरुमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दिपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल रहेका छन् ।
यस्तै विदेशी खेलाडीहरुमाशेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन छन् ।
यसैगरी, पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेलले सम्काल्ने छन् । अन्य खेलाडीहरुमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य छन् ।
यस्तै, शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनन्जय लक्षण रहेका छन् ।
आठ टोली सहभागि प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login